फिमा तथा राज्य, क्षेत्र या जनजातीय सरकारले अमेरिकी नागरिक, एवम अरु योग्य ब्यक्तिहरुलाइ प्रत्यक्ष अनि वित्तीय आपतकालीन सहायता प्रदान गर्न सक्छ।
विपद सहायताले अस्थायी भाडा सहायता, घर मर्मत, व्यक्तिगत सम्पत्ति नोक्सान, चिकित्सा खर्च, अन्त्येष्टि खर्च, र अन्य गम्भीर प्रकोप-सम्बन्धित आवश्यकताहरू वा बीमा वा अन्य माध्यमहरूले समावेश नगर्ने खर्चहरू समावेश गर्न सक्छन्।
सिमित अवस्थामा , नागरिकता र अध्यागमन स्थितिको परवाह नगरी विपद पीडितहरूका लागि आश्रय, खाना र पानी, संकट परामर्श, विपद व्यवस्थापन, प्रकोप पुरक पोषण सहायता कार्यक्रम र विपद कानुनी सेवाहरू जस्ता अति आवश्यक स्रोतहरू उपलब्ध हुन्छन्।
परिभाषाहरू
अमेरिकी नागरिक
अमेरिकामा जन्मेको जो कोही;अमेरिका बाहिर जन्मेको व्यक्तिको हकमा कम्तिमा एक अभिभावक संयुक्त राज्य अमेरिकी नागरिक ; वा अंगीकृत नागरिक.
अमेरिकी नेशनल
कुनै ब्यक्ति जो अमेरिका भन्दा बाहिर तर अमेरिकाले नियन्त्रण गरे पछि उक्त भुभाग (जस्तै, अमेरिकी समोआ वा स्वैन द्वीप) मा जन्मेको छ, या उक्त व्यक्तिका माता-पिता अमेरिकी नागरिक हुन भने उ स्वतः अमेरिकि नागरिक हुन्छ। सबै अमेरिकी नागरिक अमेरिकी नेशनल हुन; तर सबै अमेरिकी नेशनल अमेरिकी नागरिक नहुन सक्छन।
योग्य ब्यक्तिमा समावेश हुने कुरा
- कानूनी स्थायी निवासी (“ग्रीनकार्ड धारक)
- शरण दिईएको ब्यक्ति
- शरणार्थी
- ब्यक्ति जसको निर्वासन को स्थितिलाइ कम से कम एक वर्ष को लागि रोकिएको छ
- अत्यावश्यक मानवीय उद्देश्य या महत्वपूर्ण सार्वजनिक फाइदाको लागि कम से कम एक वर्ष सम्म अमेरिका मा परोल लिएको ब्यक्ति।
- क्यूबा/हाईटिका प्रवेशकर्ता
- केहि संकट्ग्रस्त ब्यक्ति वा उनका जीवनसाथी वा सन्तान
- मानव तस्करी बाट गंभीर रूपमा पीड़ित केहि मानिस जसमा “T” या “U” वीसा भएका व्यक्ति पनि समावेस छन
- कम्पैक्ट्स अफ फ्री एसोसिएशन का अनुसार फ़ेडरेटेड स्टेट्स अफ़ माइक्रोनेशिया, रिपब्लिक अफ़ द मार्शल द्विप अनि रिपब्लिक अफ़ पलाउ अनुसार परिभाषित कानूनी निवासी
यदी एक आवेदकले आवेदनको समयमा नागरिकता वा योग्य अध्यागमन स्थिति पेस गर्दैन भने, परिवारले अझै पनि संघीय सहायताका निश्चित रूपहरूको लागि आवेदन दिन सक्छ यदि:
एक नाबालिग बच्चाको माता-पिता वा कानूनी अभिभावक, जो अमेरिकी नागरिक वा योग्य विदेशी छ, उसले नाबालकको तर्फबाट तव सम्म सहायताको लागि आवेदन पेश गर्न सक्छन जब सम्म उनिहरु एउटै घरमा बस्छन। माता-पिता या कानूनी अभिभावकले सह-आवेदकको रूपमा निवेदन पेश गर्न सक्छन। तर आपतकालीन समयमा नाबालिग बच्चाको उमेर १८ वर्ष भन्दा कम हुनु पर्नेछ।
सबै व्यक्तिहरू, नागरिकता र अध्यागमन स्थितिको पर्वाह नगरी, एक प्रमुख प्रकोपबाट प्रभावित संकट परामर्श सहायता, विपद कानुनी सेवाहरू, विपद् अवस्था व्यवस्थापन, विपद पूरक पोषण सहायता कार्यक्रम र अन्य गैर-मौद्रिक, प्रकारको आपतकालीन विपद-राहत कार्यक्रमहरूको लागि योग्य हुन सक्छन्। यसमा चिकित्सा हेरचाह, आश्रय, खाना र पानी समावेश छ।
सहायता लागि स्रोतहरू
व्यक्तिहरूले फेमा FEMA प्रकोप सहायताको लागि आप्रवासन स्थिति आवश्यकताहरू पुरा गरे वा छैनन् भनी प्रमाणित गर्न अध्यागमन विशेषज्ञसँग परामर्श गर्नुपर्छ।
थप रूपमा, स्वयंसेवक एजेन्सीहरूले नागरिकता वा अध्यागमन स्थितिको पर्वाह नगरी मद्दत प्रदान गर्छन्।
सबै व्यक्तिहरू, नागरिकता र अध्यागमन स्थितिको पर्वाह नगरी, एक प्रमुख प्रकोपबाट प्रभावित संकट परामर्श सहायता, विपद् कानुनी सेवाहरू, विपद् अवस्था व्यवस्थापन, विपद् पूरक पोषण सहायता कार्यक्रम र अन्य गैर-मौद्रिक, प्रकारको आपतकालीन विपद्-राहत कार्यक्रमहरूको लागि योग्य हुन सक्छन्। यसमा चिकित्सा हेरचाह, आश्रय, खाना र पानी समावेश छ।
जानुहोस स्वयंसेवक संस्थाहरुको पेज मा थप जानकारीको लागि ।