आवास र अन्य आवश्यकताहरूको लागि सहयोग

alert - info

यस पृष्ठको जानकारीले मार्च 22, 2024 मा वा त्यसपछि घोषणा गरिएको प्रकोपहरूको लागि व्यक्तिगत सहायता अद्यावधिकहरू प्रतिबिम्बित गर्दैन।

अहिले के उपलब्ध छ भन्नेबारे थप जान्नुहोस्।

फेमा FEMA ले राष्ट्रपतिद्वारा घोषित प्रकोपको परिणाम स्वरूप विपदबाट  आफ्नो घरमा क्षति पुर्‍याएका व्यक्ति र परिवारहरूलाई सहायता गर्छ। हामी अन्य सहायता आवश्यकताहरूमा मद्दत गर्न सक्छौं, जस्तै प्रकोपले गर्दा बाल हेरचाह आवश्यकताहरू, प्रकोप चिकित्सा खर्च वा आवश्यक सरसफाई समानहरु।

फेमा FEMA ले प्रकोपबाट प्रभावित साना व्यवसायहरूको लागि सहायता प्रदान गर्दैन।हाम्रो साझेदार अमेरिकी साना ब्यबसायी प्रशासन , ले  व्यापार क्षतिको लागि कम ब्याज ऋण प्रदान गर्दछ। साथै, हामी केवल तपाईंको प्राथमिक निवासको लागि सहयोग गर्छौ।  अन्य अतिरिक्त  घरहरूको लागि आवास सहायता प्रदान गर्दैनौ।

फेमा FEMA सहायताले के बेहोर्छ

घरपरिबारहरु

अन्य आवश्यक सहयोग

फेमा FEMA ले घरमालिक र भाडामा लिनेहरूका लागि बीमाले नबेहोरेको  वस्तुहरूको लागि सहायता प्रदान गर्न सक्छ।

तपाईले आफ्नो बीमा कम्पनी र फेमा FEMA दुबैबाट समान क्षतिको लागि सहायता प्राप्त गर्न सक्नुहुन्न। त्यसो गर्नु लाभको दोहोरो दुरुपयोग  र अवैध बीमा धोखाधडी हो।

DisasterAssistance.gov मा फेमा FEMA सहयोगको लागि आवेदन दिनुहोस

External Link Arrow

घरपरिबारहरु

निम्न प्रकारका सहायताहरू फेमा FEMA को व्यक्ति र घरपरिवार कार्यक्रमद्वारा प्रदान गर्न सकिन्छ

  • अस्थायीआवाससहायता:यदी  तपाईंको घर प्रकोपको कारणले बस्न नसक्ने छ भने, र तपाईंसँग अस्थायी आवासको लागि कुनै बीमा सुबिधा छैन भने बस्नको लागि अस्थायी ठाउँ भाडामा लिन घर मालिक वा भाडामा लिनेहरूलाई आर्थिक सहायता। यदि त्यहाँ कुनै भाडाको सम्पत्ति उपलब्ध छैन भने, अन्तिम उपायको रूपमा, केही क्षेत्रमा सरकारी आवास इकाई उपलब्ध गराउन सकिन्छ।
  • आवास खर्च प्रतिपूर्ति: दुर्गमता वा पानी/बिजुली/बतानुकुलिनता  अनुपलब्ध भएको  कारणले छोटो अवधिको लागि घर मालिक वा भाडामा लिनेहरूका लागि होटल खर्चको प्रतिपूर्ति, यदि बीमा वा अन्य कुनै कार्यक्रमले नबेहोरेको  खण्डमा।
  • घर मर्मत: घरमालिकहरूलाई उनीहरूको प्राथमिक निवासमा प्रकोपबाट पुगेको क्षति मर्मत लागि आर्थिक सहायता, जब क्षति बीमालेबेहोरेको छैन, घरलाई सुरक्षित, सफा , र बस्नको लागि उपयुक्त बनाउन। यस सहायताले भविष्यका प्रकोपहरूबाट घरमा हुने क्षतिलाई कम गर्न मद्दत गर्न छत, फर्नेस, वाटर हिटर, वा मुख्य विद्युतीय प्यानल न्यूनीकरण जस्ता जोखिम न्यूनीकरण उपायहरूको लागि रकम समावेश गर्न सक्छ, यदि यस्ता  वस्तुहरू विपदबाट  क्षतिग्रस्त भएमा।.

    हेर्नुहोस  व्यक्तिगत  घरपरिवार कार्यक्रम तथ्यपत्र अन्तर्गत जोखिम न्यूनीकरण.
  • घर प्रतिस्थापन: घरधनीहरूलाई विपदमा ध्वस्त भएको घर प्रतिस्थापन गर्न मद्दत गर्नको लागि आर्थिक सहायता, उक्त  क्षति बीमाले बेहोरेको छैन भने 
  • स्थायी आवास निर्माण: घर निर्माण वा मर्मतका लागि प्रत्यक्ष वा आर्थिक सहायता। यस प्रकारको मद्दत केवल केहि विशिष्ट अवस्थामा मात्र हुन्छ जहाँ कुनै अन्य प्रकारको आवास सहायता सम्भव छैन।

अन्य आवश्यक सहयोग

प्रकोपबाट प्रत्यक्ष रूपमा उत्पन्न हुने गम्भीर आवश्यकताहरूको लागि वित्तीय सहायता उपलब्ध छ, जसमा:

  • बाल हेरचाह खर्च
  • चिकित्सा र दाँत उपचार  खर्च
    • आवेदकले उपयुक्त सहयोगी कागजातहरू उपलब्ध गराएमा FEMA ले स्तनपान सहयोग र उपकरणहरूको लागि चिकित्सा र दन्त उपचार  सहायता अन्तर्गत सहायता प्रदान गर्न सक्छ (विपद अघि  चिकित्सा उपकरणको आवश्यकता प्रमाणित गर्ने चिकित्सा प्रदायकबाट लिखित र हस्ताक्षर गरिएको दस्ताबेज उपलब्ध हुन पर्छ )
  • दाहसंस्कार खर्च
  • अत्यावश्यक घरायसी वस्तुहरू (कोठाका सामानहरू, उपकरणहरू) को क्षति; कपडा; तपाईंको कामको लागि आवश्यक उपकरणहरू (विशेष वा सुरक्षात्मक कपडा र उपकरणहरू); आवश्यक शैक्षिक सामाग्री (कम्प्यूटर, विद्यालय पुस्तक, स्टेसनरी )
  • प्राथमिक ताप स्रोतको लागि इन्धन (तताउने तेल, ग्याँस)
  • सफा गर्ने वस्तुहरू (भिजेको/सुक्खा भ्याकुम, डिह्युमिडिफायर)
  • अत्यावश्यक सवारी साधनको क्षति
  • प्रकोपको कारणले सर्ने र भण्डारण खर्च। यो स्थानान्तरण गर्ने, मर्मत, र आवेदकको प्राथमिक निवासमा सम्पत्ति फिर्ता गर्ने जस्ता थप क्षतिलाई रोक्न आवश्यक घरायसी सामानहरू सार्ने र भण्डारण गर्ने हो।
  •  फेमा FEMA द्वारा निर्धारित अन्य आवश्यक खर्च वा गम्भीर आवश्यकताहरू
alert - info

अन्य आवश्यकता सहायताको बारेमा थप जानकारीको लागि, कृपया अध्याय ३, खण्ड VI मा जानुहोस   व्यक्तिगत सहायता कार्यक्रम र नीति गाइड (IAPPG)।.

अत्याबश्यक सहयोग

यदी अत्याबश्यक सहयोग (CNA) घोषणा गरिएको प्रकोपको लागि अनुरोध गरिएको छ  र  छ र आवेदकले योग्यता आवश्यकताहरू पूरा गर्दछ भने , तिनीहरूले आफ्नो प्राथमिक निवासबाट अस्थायी रूपमा विस्थापित हुँदा तिनीहरूको तत्काल र महत्वपूर्ण आवश्यकताहरूको लागि आर्थिक सहायता प्राप्त गर्न सक्छन।

जीवन बचाउने र जीवन जोगाउने वस्तुहरू तल  समावेश छन्, तर एसमैसीमितछैनन:

  • पानी
  • खाना 
  • प्राथमिक उपचार
  • प्रिस्क्रिप्शनहरू
  • शिशुले खाने दुध
  • स्तनपान सहयोगी  उपकरण
  • डाइपर
  • व्यक्तिगत सरसफाईका वस्तुहरू
  • ढुवानीका लागि इन्धन
पछिल्लो अपडेट