This page has not been translated into Nepali. Visit the Nepali page for resources in that language.
Fact Sheets
भर्मन्टको भर्खरको आँधीहरुले बाढीले कति क्षति पुर्याउन सक्छ भनेर देखाउँछ। राष्ट्रिय बाढी बीमा कार्यक्रमको नीति लिएर तपाईंको घर वा व्यवसायको बीमा गर्दा तपाईंलाई अर्को बाढीको लागि तयारी गर्न र त्यसबाट पुनर्स्थापन गर्न मद्दत गर्न सक्छ।
क्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम र विन्डसोर काउन्टीका प्रकोप पीडितहरूले जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र माटोपहिरोको लागि फेमा FEMA बाट सहयोगको लागि आवेदन दिएकाहरूले चिठी वा इमेल मार्फत फेमा FEMA बाट योग्यता निर्धारण पत्र प्राप्त गर्नेछन।
विपद सहायता प्रक्रियाको एक भागको रूपमा,फेमा FEMA ले क्षतिग्रस्त प्राथमिक आवासहरूको स्वामित्व र बसोबास निर्धारण गर्नुपर्छ। फेमा FEMA ले क्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम वा विन्डसोर काउन्टीहरूमा प्रकोपबाट बच्नेहरूलाई जसले जुलाईको चरम आँधी, बाढी, पहिरो र माटोपहिरोहरूबाट क्षति भोगेका थिए उनीहरुलाई स्वामित्व र बसाई प्रमाणित गर्न सजिलो बनाएको छ।
तपाईंले फेमा FEMA सहायताको लागि आवेदन दिएपछि, सुरुमा यदि गर्नुभएको छैन भने तपाईंले बीमा दाबी दर्ता गर्नुपर्छ।फेमा FEMA ले तपाईंलाई जानकारी प्रमाणित गर्न वा घर निरीक्षण पुरा गर्न सम्पर्क गर्न सक्छ, र तपाईंलाई अमेरिकी साना ब्यबसाय प्रशासनमा पठाउन सक्छ। जब फेमा FEMA ले तपाइँको आवेदन प्रशोधन गर्छ, तपाइँले एक फैसला पत्र प्राप्त गर्नुहुनेछ, जुन तपाइँले पुनरावेदन गर्न सक्नुहुन्छ।
जब तपाइँ विपद सहायताको लागि आवेदन गर्नुहुन्छ, तपाइँ सहायता प्राप्त गर्न योग्य हुनुहुन्छ भन्ने सुनिश्चित गर्न फेमा FEMA ले तपाइँको पहिचान प्रमाणित गर्नुपर्दछ। यदी FEMA ले सार्वजनिक रेकर्डहरू मार्फत तपाईंको पहिचान प्रमाणित गर्न असमर्थ छ भने, तपाईंले थप कागजातहरू पेश गर्न आवश्यक हुन सक्छ।
फेमा FEMA ले प्रायः कम ब्याजको विपद ऋणको लागि आवेदन दिनको लागि अमेरिकी साना व्यवसाय प्रशासन(SBA) लाई प्रकोपबाट बचेकाहरूलाई बुझाउँछ। विपद ऋणहरू संघीय सहायताको एक महत्त्वपूर्ण भाग हो, र यसले घर मालिकहरू, भाडामा लिनेहरू, सबै आकारका व्यवसायहरू र केही गैर-नाफामुखीहरूलाई पुन: प्राप्ति गर्न मद्दत गर्न सक्छ।
क्यालेडोनिया,चिटेनडेन,लामोइले,अरेन्ज,ओर्लेंस, रुटल्याण्ड, वाशिंगटन, विन्डह्याम र विन्डसोर काउन्टीहरूमा बस्ने भर्मन्ट राज्यका घरधनीहरू र भाडामा लिनेहरू जो ७ जुलाई, २०२३ देखि सुरु भएको गम्भीर आँधी, बाढी, पहिरो र माटोको पहिरोबाट प्रभावित भएका थिए र भइराखेका छन फेमा FEMA सहायताको लागि योग्य हुन सक्छन। FEMA ले व्यक्तिगत सम्पत्ति हानि र अन्य योग्य खर्चहरूको लागि अनुदान दिन्छ।
फेमा FEMA बाट प्रकोप सहायताको लागि दर्ता गर्दा अन्य सरकारी सुबिधाहरूको लागि तपाईंको योग्यतालाई असर गर्दैन।
राष्ट्रपतिको प्रकोप घोषणा पछि फेमा FEMA ले दुई प्रकारको सहायता प्रदान गर्न सक्छ: व्यक्तिगत सहायता र सार्वजनिक सहायता। दुई कार्यक्रमहरू एकअर्काबाट स्वतन्त्र र फरक फरक कोषबाट संचालित छन र विभिन्न तरिकामा व्यक्ति र समुदायलाई फाइदा पुर्याउने उद्देश्यका छन।
क्यालेडोनिया,चिटेनडेन, लामोइले , अरेन्ज, ओर्लेंस, रुटल्याण्ड,वाशिंगटन, विन्डहाम र विन्डसोर काउन्टीमा भाडाम बस्नेहरु जसको घर र सम्पत्ति जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र माटोको कारणले क्षतिग्रस्त भएको थियो, उनीहरूको लागि संघिय कोष मार्फत सहयोग उपलब्ध छ। फेमा FEMA समुदायमा छ, जसले बाँचेकाहरूलाई सहयोगको लागि आवेदन दिन र उनीहरूको मामलाको बारेमा फेमा FEMA प्रतिनिधिसँग काम गर्ने धेरै तरिकाहरू प्रदान गर्दछ।