मैले सहयोगको लागि आवेदन दिएँ। अब के?

alert - info

यस पृष्ठको जानकारीले मार्च 22, 2024 मा वा त्यसपछि घोषणा गरिएको प्रकोपहरूको लागि व्यक्तिगत सहायता अद्यावधिकहरू प्रतिबिम्बित गर्दैन।

अहिले के उपलब्ध छ भन्नेबारे थप जान्नुहोस्।

आफ्नो आवेदन समीक्षा गर्नुहोस

बसाई को प्रमाण

पहिचान प्रमाणीकरण

कागजात पेश गर्नुहोस

घर निरीक्षण

यदि तपाइँसँग बीमा छ भने, तपाइँले (फेमा) FEMA सहायताको लागि आवेदन गर्दा तपाइँको बीमा कम्पनीमा दावी फाइल गर्नुपर्छ। FEMA ले पहिले नै बीमा द्वारा बेहोरिएको नोक्सानमा सहायता गर्न सक्दैन। यदि तपाइँको बीमाले तपाइँको सबै घाटाहरू बेहोरेन वा ढिलाइ भएको छ भने, तपाइँ तपाइँको नबेहोरिएको  आवश्यकताहरु को लागी (फेमा )FEMA सहायता को लागी योग्य हुन सक्नुहुन्छ।

यदि तपाईंको प्राथमिक निवास प्रकोपबाट क्षतिग्रस्त भएको थियो र बस्न योग्य, सफा र सुरक्षित छैन भने, तपाईंले क्षति प्रमाणित गर्न घर निरीक्षणको लागि समय निर्धारण गर्न सक्नुहुन्छ। तपाईंको आवेदनको समयमा संकेत गरिएको तपाईंको प्राथमिकताको आधारमा, तपाईंले या त एउटा पत्र वा बिधुतिय पत्राचार प्राप्त गर्नुहुनेछ। पत्रले तपाई सहयोगको लागि योग्य हुनुहुन्छ वा छैन, तपाईले कति सहयोग प्राप्त गर्नुहुनेछ, सहायता कसरी प्रयोग गर्नुपर्छ, र यदि तपाई यसमा सहमत हुनुहुन्न भने फेमाको निर्णयलाई कसरी अपील गर्ने भनेर व्याख्या गर्नेछ।

फेमा FEMA कार्यक्रमहरू र सेवाहरू भित्र उपलब्ध सहायताका प्रकारहरूसँग तपाईंको दर्ता गरिएका आवश्यक क्षतिहरू र गम्भीर आवश्यकताहरू तुलना गरेर तपाईंको सहायता निर्धारण गरिनेछ।फेमा FEMA सहायता बीमा जस्तै होइन न त यसले जीवित व्यक्तिलाई पूर्ण बनाउन सक्छ। FEMA को संघीय सहायताले घरलाई सुरक्षित, सफा र बस्न योग्य बनाउन आधारभूत मर्मतका लागि मात्र रकम उपलब्ध गराउँछ। तपाइँलाई तपाइँको पुनर्स्थापनमा थप सहयोग गर्न को लागी कम ब्याज विपद ऋण को लागी अमेरिकी साना ब्यबसायी प्रशासन (SBA) मा पनि पठाउन सकिन्छ।.

DisasterAssistance.gov मा आफ्नो निबेदन समिक्षा गर्ने

तपाईंले DisasterAssistance.gov मा अनलाइन FEMA डिजास्टर असिस्टेन्स सेन्टर (DAC) खाता बनाउन सक्नुहुन्छ। तपाइँलाई तपाइँको विपद सहायता आवेदन जानकारीमा सुरक्षित पहुँचको लागि एक अद्वितीय व्यक्तिगत पहिचान नम्बर (PIN) सिर्जना गर्न निर्देशन दिइनेछ।

तपाइले आफ्नो अनलाइन खातामा निम्न कुरा गर्न सक्नुहुन्छ:

  • तपाइँको प्रकोप सहायता आवेदन जानकारी को समीक्षा
  • तपाइँको व्यक्तिगत जानकारी र आवश्यकताहरु संग सम्बन्धित अद्यावधिक गर्ने  
  • फेमा FEMA द्वारा तपाईलाई पठाइएको पत्र र सन्देश हेर्ने
  • फेमा FEMA ले तपाईंको सहयोगलाई प्रशोधन गर्न आवश्यक पर्ने थप कागजातहरूको विवरण प्राप्त गर्ने
  • आफ्नो खातामा आवस्यक कागजपत्र दाखिला गर्ने
  • फेमा FEMA ले तपाईबाट प्राप्त गरेको जानकारीको समीक्षा गर्ने

तपाईंको खाता सिर्जना गर्न वा पहुँच गर्न मद्दतको लागि, इन्टरनेट सहयोग डेस्कमा कल गर्नुहोस्, जुन बिहान ७ बजे (पुर्बी समय) देखि १ बजेसम्म सञ्चालन हुन्छ । (पुर्बी समय) , हप्ताको ७ दिन: ८०० -७४५ -०२४३ .

घरको स्वामित्व/बसाई प्रमाणीकरण

फेमा FEMA ले कानुन अनुसार आवेदकको घरको बसाई प्रमाणित गर्न र यदि तपाइँ निश्चित प्रकारको आवास सहायताको लागि आवेदन गर्दै हुनुहुन्छ भने घरको स्वामित्व प्रमाणित गर्नु पर्ने हुन्छ।

स्वीकृत कागजात हेर्नुस

पहिचान प्रमाणीकरण

यदि फेमाले FEMA  आवेदन प्रक्रियाको क्रममा तपाईंको पहिचान प्रमाणित गर्न असमर्थ छ भने, तपाईंले पहिचान समर्थन गर्ने कागजातहरू पेश गर्न आवश्यक हुनेछ।.

पहिचान प्रमाणीकरणका लागि सहायक कागजातहरू

तपाईंकोपहिचानप्रमाणितगर्नेकागजात *

  • तपाईंको सामाजिक सुरक्षा नम्बर (SSN) को पूरा वा अन्तिम चार अंकहरू समावेश गरी सामाजिक सुरक्षा प्रशासन वा अन्य संघीय निकायबाट जारि कागजातहरू
  • सामाजिक सुरक्षा कार्ड यदी संघीय वा राज्य द्वारा जारी गरिएको परिचय पत्र सहित पठाइयो भने
  • तपाईंको SSN को पूरा वा अन्तिम चार अंकहरू समावेश गर्ने रोजगारदाता बाट तलब लिएको पुर्जी
  • सैनिक परिचय पत्र
  •  विवाह अगाडिको थर पुष्टि गर्ने बिबाहको लाइसेन्स
  • अमेरिकी राहदानी

*केसको आधारमा फेमा FEMA ले अमेरिकी क्षेत्रहरूमा बसोबास गर्ने आवेदकहरूलाई मतदाता दर्ता कार्डहरू, जस्ता विशिष्ट पहिचान प्रमाणिकरण कागजातहरू पेश गर्न अनुमति दिन सक्छ।

यदितपाईंलेआफ्नोपरिवारकोलागिअमेरिकीनाबालिग (बाल) नागरिककोतर्फबाटसहायताकोलागिआवेदनगर्नुभयोभने, तपाईंलेफेमा FEMA लाईनिम्नपठाउनुपर्छ

बायाँ तिर सूचीकृत कागजातहरू मध्ये कुनै पनि, यदि बच्चाको नाममा वा:

बच्चाको जन्म प्रमाणपत्र र बच्चाको सामाजिक सुरक्षा कार्डको प्रतिलिपि वा सामाजिक सुरक्षा प्रशासन, वा अन्य संघीय निकायबाट कागजात, बच्चाको SSN को पुरा  वा अन्तिम चार अंकहरू समावेश भएको।

कागजात पेश गर्ने

तपाइले  DisasterAssistance.gov मा गएर कागजात पेश गर्नुहोस र अनलाइन आफ्नो आवेदन स्थिति जाँच गर्नुहोस।

अनलाईन प्रणाली एक्लैले बाँचेकाहरूको आवश्यकता पुरा नहुन सक्छ भन्ने महसुस गर्दै,फेमा FEMA ले  कागजात बुझाउने केन्द्रहरू  पनि स्थापना गरेको छ जहाँ बाँचेकाहरूले सहायताको लागि आवेदन दिन सक्छन्, प्रश्नहरू सोध्न सक्छन्, उनीहरूका कागजातहरू उनीहरूको केस फाइलमा स्क्यान गर्न सक्छन र उनीहरूलाई दर्ता केन्द्रमा फर्काउन सक्छन।.

प्रकोप पुनर्स्थापना केन्द्र र कागजात बुझाउने केन्द्रहरु खोज्नुहोस

External Link Arrow

घर निरीक्षण

तपाईंले फेमा  FEMA मा आवेदन गरिसकेपछि, तपाईंको घर र व्यक्तिगत सम्पत्तिमा प्रकोप-सम्बन्धित क्षति प्रमाणित गर्न निरीक्षण आवश्यक छ कि छैन भनेर निर्धारण गर्न सहायताको लागि तपाईंको अनुरोधको समीक्षा गरिन्छ।

फेमा FEMA गृह निरीक्षणहरू अब व्यक्तिगत रूपमा सञ्चालन भइरहेका छन्। प्रकोपबाट बचेकाहरूको स्वास्थ्य र सुरक्षा फेमा FEMA को प्राथमिकतामा रहन्छ त्यसैले एजेन्सीले कोविड़-१९  अनिश्चितताका कारण बाँचेकाहरू त्रसित हुँदा घरमा प्रवेश नगरी बाहिरी प्रमाणीकरण मार्फत निरीक्षण गर्ने क्षमता कायम राख्नेछ।

घर निरीक्षणको बारेमा थप जानकारीको लागि

पछिल्लो अपडेट