मलाई अमेरिकी साना ब्यबसायी प्रशासन मा रिफर गरियो

alert - info

यस पृष्ठको जानकारीले मार्च 22, 2024 मा वा त्यसपछि घोषणा गरिएको प्रकोपहरूको लागि व्यक्तिगत सहायता अद्यावधिकहरू प्रतिबिम्बित गर्दैन।

अहिले के उपलब्ध छ भन्नेबारे थप जान्नुहोस्।

प्रकोपबाट बचेकाहरूको आवश्यकताहरू पूरा गर्न, फेमा FEMA अन्य एजेन्सीहरूसँग साझेदारहरू गर्दछ।फेमा FEMA ले   अमेरिकी साना ब्यबसायी प्रशासन (SBA) सँग मिलेर घोषणा गरेको प्रमुख प्रकोप क्षेत्रमा घर मालिक र भाडामा लिनेहरूलाई कम ब्याजमा विपद ऋण प्रदान गर्न काम गर्दछ। यी ऋणहरूले भविष्यको आँधीको क्षतिलाई रोक्न मद्दतको लागि प्रकोपले गर्दा हुने क्षति वा न्यूनीकरण गर्न मद्दत गर्दछ। प्रकोप ऋणको लागि आवेदन दिनको लागि तपाईलाई व्यवसायको स्वामित्व आवश्यक छैन। सुरुमा फेमा FEMA विपद् सहायताको लागि आवेदन दिएपछि तपाईंलाई  अमेरिकी साना ब्यबसायी प्रशासन SBA मा पठाइएको हुन सक्छ।

यदि तपाईंलाई अमेरिकी साना ब्यबसायी SBA मा रेफर गरिएको छ भने, तपाईंले अमेरिकी साना ब्यबसायी  SBA विपद ऋण आवेदन पुरा गर्नुपर्छ  यसमा   अमेरिकी साना ब्यबसायी प्रशासन SBA  को वेबपेज  वा  विपद पुनर्स्थापना केन्द्र.गएर

यदी तपाइँ ऋणको लागि स्वीकृत हुनुहुन्छ भने, तपाइँ यसलाई स्वीकार गर्न बाध्य हुनुहुन्न। यदि तपाईंले आवेदन दिनुभयो र कम ब्याजको आपदा ऋणको लागि योग्य हुनुहुन्न भने, यसले फेमा FEMA बाट थप अनुदानको ढोका खोल्न सक्छ।

यदि साना ब्यबसायी प्रशासन SBA ले तपाईंलाई ऋण प्रस्ताव गर्दैन वा आंशिक ऋण मात्र प्रदान गर्दछ भने,साना ब्यबसायी प्रशासन  SBA ले फेमा FEMA लाई सुचीत गर्नेछ। हामी व्यक्तिगत सम्पत्ति सहायता, यातायात सहायता र/वा समुह बाढी बीमा नीति (GFIP) जस्ता अतिरिक्त प्रकोप सहायताको लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भनी हेर्नको लागि तपाईंको आवेदन समीक्षा गर्न सक्छौं।

तपाईंले साना ब्यबसायी प्रशासन SBA बाट ऋणको लागि आवेदन नगरे पनि फेमा  FEMA ले निम्न कुराहरूमा मद्दत गर्न सक्छ:

  • घर मर्मत वा प्रतिस्थापन
  • भाडा सहायता
  • मेडिकल
  • दन्त चिकिस्ता 
  • अत्याबश्यक सामाग्रीहरु
  • बाल हेरचाह
  • दाहसंस्कार
  • सरसफाई
  • सर्ने र भण्डारण
  • अन्य विविध वस्तुहरू

फेमा FEMA व्यक्तिगत  र घरपरिवार कार्यक्रमले प्राथमिक निवासको रूपमा मालिकले ओगटेका व्यवसायहरूलाई वा भाडामा लिने सम्पत्तिहरूका लागि अनुदान सहायता प्रदान नगरेको हुनाले, यस प्रकारका FEMA आवेदनहरू विपद ऋण विचारका लागि स्वत:अमेरिकी साना ब्यबसायी प्रशासन SBA मा पठाइन्छ।

अमेरिकी साना ब्यबसायी SBA विपद ऋण कार्यक्रम बारे प्रश्नहरूको लागि, कृपया अमेरिकी साना ब्यबसायी  SBA लाई ८०० -६५९ -२९५५  (TTY: ८०० -८७७ -८३३९ ) मा कल गर्नुहोस। . अमेरिकी साना ब्यबसायी SBA को विवरण  www.SBA.gov/disaster  मा उपलब्ध छ वा इमेल गर्नुहोस t disastercustomerservice@sba.gov.

प्रकोपबाट बचेकाहरुलाई फेमा FEMA समन्धी कुनै प्रश्न छ अथवा थप विवरण अव्यासक छ भने हाम्रो वेबपेज www.DisasterAssistance.gov oजानुस अथवा फेमा FEMA सहयोग लाइन मा फोन गर्नुस ८०० -६२१ -३३६२

पछिल्लो अपडेट