घरको स्वामित्व वा बसाई प्रमाणित गर्ने

बसाई को प्रमाण

स्वामित्व को प्रमाण

विस्तारित लचिलोपन

धेरै प्रकारका IHP सहायता प्रदान गर्नु अघि फेमा FEMA ले तपाइँ तपाइँको प्राथमिक निवासको रूपमा तपाइँको आवेदनमा रहेको ठेगानामा बस्नुभएको प्रमाणित गर्न आवश्यक छ। FEMA ले घर मर्मत वा प्रतिस्थापन सहायता प्रदान गर्नु अघि आफ्नो घरको स्वामित्व प्रमाणित गर्न पनि आवश्यक छ।

प्रकोप सहायता प्रक्रियालाई छिटो बनाउन र आवेदकहरूमा बोझ कम गर्ने हाम्रो प्रयासको एक भागको रूपमा, हामी स्वचालित सार्वजनिक रेकर्ड खोज प्रयोग गरेर बसाई र स्वामित्व प्रमाणित गर्ने प्रयास गर्छौं।

यदि हामीले तपाईंले आफ्नो आवेदनमा सूचीबद्ध गर्नुभएको घरमा तपाईं बस्नु भएको वा स्वामित्व भएको प्रमाणित गर्न सक्दैनौं भने, हामी तपाईंलाई सहयोगको लागि योग्य हुनुहुन्छ वा छैन भनी निर्धारण गर्न मद्दत गर्नको लागि बसाई  र/वा स्वामित्व प्रमाणित गर्न कागजातहरू उपलब्ध गराउन अनुरोध गर्नेछौं।

FEATURED
Graphic
A red house with a white roof and a road

हामी बुझ्छौं कि प्रकोपको अनुभव गरेपछि कागजातहरू उपलब्ध गराउन चुनौतीपूर्ण हुन सक्छ। हामीले भर्खरै सेवा नपुगेका मानिसहरूले अनुभव गर्ने पहुँच अवरोधहरू कम गर्न नयाँ नीतिहरू लागू गरेका छौं।

फेमा FEMA ले अब स्वामित्व र बसाई  प्रमाणित गर्न थप प्रकारका कागजातहरू स्वीकार गर्दछ, र हामीले विगतमा स्वीकार गरेका फराकिलो दायराका मितिहरूको  कागजातहरू पनि स्वीकार गर्दछौ।

हालको व्यक्तिगत सहायता नीति परिवर्तनहरूको बारेमा थप पढ्नुहोस्।.

बसाई को प्रमाण

फेमा FEMA ले निम्न कागजातहरूलाई प्रमाणको रूपमा स्वीकार गर्दछ जुन तपाईं घोषित प्रकोप अघि आफ्नो घरमा बस्नुभएको थियो भन्ने साबित गर्न । तपाईंले तल सूचीबद्ध कागजातहरू मध्ये एउटा मात्र प्रदान गर्न आवश्यक छ।

  • भाडा वा आवास सम्झौता।
  • भाडा रसिदहरू.
  • उपयोगिता बिल (बिजुली, पानी / ढल, आदि)।
  • तलब भुक्तान रसिद
  • बैंक अथवा क्रेडिट कार्ड विवरण.
  • सवारी चालक अनुमतिपत्र, राज्यले जारी गरेको परिचय पत्र, वा मतदाता दर्ता कार्ड।
  • सार्वजनिक अधिकारीको बयान।
  • मेडिकल प्रदायकको बिल।
  • सामाजिक सेवा संगठनका  कागजात ( उदाहरणको लागि मिल्स अन व्हिल्स ).
  • मोटर वाहन दर्ता।
  • बसाई सम्बन्धि  शपथपत्र वा अन्य अदालती कागजातहरू 
  • रोजगारदाता, सार्वजनिक अधिकारी, सामाजिक सेवा संस्था, स्थानीय विद्यालय वा विद्यालय जिल्ला, मोबाइल होम पार्क मालिक वा प्रबन्धकबाट तपाईंको ठेगानामा पठाइएको पत्र वा मेल.

प्राय कागजातहरू विपद अघिको 1 वर्ष भित्र र/वा सहायताको १८-महिनाको अवधि भित्र मिति दिन सकिन्छ। यद्यपि, तपाईंको चालक इजाजतपत्र, राज्यद्वारा जारी गरिएको परिचय पत्र, वा मतदाता दर्ता कार्डको मिति विपद हुनु अघि नै भएको हुनुपर्छ र तपाईंले फेमा FEMA लाई प्रतिलिपि पठाउँदा म्याद समाप्त भएको हुनुहुन्न।

स्वामित्व को प्रमाण

फेमा FEMA ले निम्न कागजातहरूलाई प्रमाणको रूपमा स्वीकार गर्दछ जुन तपाईंले घोषित प्रकोप अघि आफ्नो घरको स्वामित्वमा  पाउनुभएको थियो। तपाईंले तल सूचीबद्ध कागजातहरू मध्ये एउटा मात्र प्रदान गर्न आवश्यक छ।

  • घरको स्वामित्व प्रमाण गर्ने टाइटल वा लालपुर्जा
  • धितो कागजात।
  • घरमालिक बीमा दस्तावेज।
  • सम्पत्ति कर रसिद वा बिल।
  • गृह प्रमाणपत्र
  • घर खरिद सम्झौता।
  • अन्तिम इच्छा र वसीयतनामा  (मृत्यु प्रमाणपत्र सहित) तपाईंलाई सम्पत्तिको उत्तराधिकारी करार गरेको।
  • ठूला मर्मत वा मर्मतसम्भारका लागि विपद् अघि ५ वर्ष भित्रको रसिद।
  • फेमा FEMA सर्तहरु पुरा गर्ने मोबाइल होम पार्क मालिक वा प्रबन्धक वा सार्वजनिक अधिकारीबाट प्रकोप पछि तयार गरिएको पत्र।

धेरै जसो कागजातहरू विपद अघिको 1 वर्ष भित्र वा सहायताको 18-महिना अवधि भित्र जारि भएका  हुन सक्छन।

alert - info

फेमा FEMA लाई आफ्नो पेशा वा स्वामित्व प्रमाणित गर्नका लागि कागजातहरू पठाउने सबैभन्दा छिटो र सजिलो तरिका भनेको तिनीहरूलाई अनलाइनमा अपलोड गर्नु हो DisasterAssistance.gov

विस्तारित लचिलोपन

प्रकोप सहायता प्रक्रियालाई सजिलो बनाउन हामीले थप प्रकारका कागजातहरू स्वीकार गर्न हालैका परिवर्तनहरू अपेक्षा गरेका छौं, फेमा FEMA ले बुझ्छ कि केही परिस्थितिहरूमा विपदबाट  बचेकाहरूले विशेष कागजातहरू सङ्कलन गर्न थप कठिनाइ अनुभव गर्न सक्छन्। फलस्वरूप ,फेमा  FEMA ले विशेष परिस्थितिहरूमा जहाँ कुनै कागजातहरु पेस गर्ने कुनै अवस्था छैन तेस्तो अवस्थामा अन्तिम उपायको रूपमा लिखित आत्म-घोषणात्मक बयानहरू प्रदान गर्न अनुमति सहित थप लचिलोपन प्रदान गर्न हालै नीति परिवर्तनहरू गरेको छ।

बसाईको प्रमाण

यदि तपाईंको प्रकोप पुर्बको  निवास एक मोबाइल घर वा  ट्रेलर थियो र तपाईंसँग कुनै पनि स्वीकार्य हुने प्रमाण छैन भने,फेमा  FEMA ले अन्तिम उपायको रूपमा लिखित आत्म-घोषणात्मक कथन स्वीकार गर्न सक्छ, यस्ता प्रकारका घरहरूको लागि  परम्परागत कागजात  प्राप्त गर्ने चुनौतीहरूको कारणले।

फेमा FEMA ले इन्सुलर क्षेत्रहरू, टापुहरू र आदिवासी भूमिहरूमा बसोबास गर्ने आवेदकहरूबाट लिखित आत्म-घोषणात्मक कथन पनि स्वीकार गर्न सक्छ, तर बयान फेमा FEMA लाई लिखित रूपमा उपलब्ध गराउनु पर्छ र एक निरीक्षकद्वारा मात्र हेर्न मिल्दैन।

बसाईकोप्रमाणकोलागिस्व-घोषणात्मककथनमातलकासबैवस्तुहरूसमावेशहुनुपर्छ:

  1. प्रकोपबाट क्षतिग्रस्त घरको ठेगाना.
  2. राष्ट्रपतिको प्रकोप घोषणा हुनुभन्दा पहिले, तपाइँको प्राथमिक निवासको रूपमा, प्रकोपले क्षतिग्रस्त घरमा बस्नुभएको समय अवधि।
  3. तपाईंको वा तपाईंको सह-आवेदकको नाम र हस्ताक्षर।
  4. निम्न कथन र थप स्पष्टीकरणका प्रमुख तत्वहरू:

"मैले फेमा FEMA सँगको समन्वयमा, बसाई स्वीकार्य कागजातको प्रतिलिपि प्राप्त गर्न र उपलब्ध गराउनको लागि धेरै प्रयास गरेको छु तर मैले यो कागजातहरू प्राप्त गर्न सकेन किनभने [आवेदकलाई बसाई प्रमाणीकरणलाई अन्य कागजात प्रकारहरू किन उपलब्ध भएनन् वा कसरी उपलब्ध कागजातहरूले यहाँ फेमा FEMA अन्तर्गत आवश्यक पर्ने सर्तहरु पुरा गर्दैनन] झुटो ठहरेमा दण्ड सजाय भुगतान गर्नेगरी उक्त कुरा सत्य र सही छ भनेर सपथ गर्दछु ।”

घरको स्वामित्व प्रमाण

यदी तपाईंसंग घरको स्वामित्व छ र इन्सुलर क्षेत्र, टापु, वा आदिवासी भूमिमा वा यात्रा ट्रेलर वा मोबाइल घरमा बस्नुहुन्छ, र स्वामित्वको कुनै स्वीकार्य कागजात छैन भने, फेमा FEMA,ले  अन्तिम उपायको रूपमा, स्वामित्वको प्रमाणको रूपमा लिखित आत्म-घोषणात्मक कथन स्वीकार गर्नेछ।

स्वामित्वकोप्रमाणकोलागिस्व-घोषणात्मककथनमातलकासबैवस्तुहरूसमावेशगर्नुपर्छ:

  1. प्रकोपबाट क्षतिग्रस्त घरको ठेगाना.
  2. राष्ट्रपतिको प्रकोप घोषणा हुनुभन्दा पहिले, तपाइँको प्राथमिक निवासको रूपमा, प्रकोपले क्षतिग्रस्त घरमा बस्नुभएको समयाबधि।
  3. तपाईंको वा तपाईंको सह-आवेदकको नाम र हस्ताक्षर।
  4. निम्न कथनको प्रमुख तत्वहरू र थप स्पष्टीकरणका :

मैले फेमा FEMA को समन्वयमा, स्वीकार्य स्वामित्व कागजातको प्रतिलिपि प्राप्त गर्न र उपलब्ध गराउनको लागि अथक प्रयास गरेको छु। म मालिक-बसाईको फेमा परिभाषा अनुसार योग्य छु किनभने म या त (A) घरको कानुनी मालिक हुँ। (B) कुनै भाडा तिर्नु पर्दैन, तर निवासको लागि कर वा मर्मतसम्भारको लागि जिम्मेवार छु, वा (C) यहाँ जिबनभर बस्ने अधिकार मलाई छ। मेरो अथक प्रयास को बाबजुत मैले स्वामित्वको प्रमाण जुटाउन सकिन[आवेदकलाई बसाई प्रमाणीकरणलाई अन्य कागजात प्रकारहरू किन उपलब्ध भएनन् वा कसरी उपलब्ध कागजातहरूले यहाँ फेमा FEMA अन्तर्गत आवश्यक पर्ने सर्तहरु पुरा गर्दैनन भन्ने प्रमाण पनि पेस गर्नु पर्छ ] झुटो ठहरेमा दण्ड सजाय भुगतान गर्नेगरी उक्त कुरा सत्य र सही छ भनेर सपथ गर्दछु ।”

यदी तपाइँ उत्तराधिकार मार्फत हस्तान्तरण गरिएको घरको मालिक हुनुहुन्छ र बस्नुहुन्छ र स्वामित्वको कुनै स्वीकार्य कागजात छैनन् भने, फेमा FEMA ले  अन्तिम उपायको रूपमा, स्वामित्वको प्रमाणको रूपमा लिखित आत्म-घोषणात्मक कथन स्वीकार गर्नेछ।.

उत्तराधिकारमार्फतहस्तान्तरणगरिएकोघरकोमालिकस्व-घोषणात्मककथनमातलकासबैवस्तुहरूसमावेशगर्नुपर्छ:

  1. प्रकोपबाट क्षतिग्रस्त घरको ठेगाना
  2. राष्ट्रपतिको प्रकोप घोषणा हुनुभन्दा पहिले, तपाइँको प्राथमिक निवासको रूपमा, प्रकोपले क्षतिग्रस्त घरमा बस्नुभएको समयाबधि।
  3. तपाईंको वा तपाईंको सह-आवेदकको नाम र हस्ताक्षर।
  4. मृतकको मृत्यु प्रमाणपत्रको प्रतिलिपि।
  5. निम्न कथनको प्रमुख तत्वहरू र थप स्पष्टीकरणका

“मेरो अथक प्रयास को बाबजुत मैले स्वामित्वको प्रमाण जुटाउन सकिन[आवेदकलाई बसाई प्रमाणीकरणलाई अन्य कागजात प्रकारहरू किन उपलब्ध भएनन् वा कसरी उपलब्ध कागजातहरूले यहाँ फेमा FEMA अन्तर्गत आवश्यक पर्ने सर्तहरु पुरा गर्दैनन भन्ने प्रमाण पनि पेस गर्नु पर्छ ]”

र, निम्न कथनका प्रमुख तत्व मा निम्न बयान संलग्न हुन पर्छ:

"उत्तराधिकारको लाइनमा मृतकको निकटतम नातेदारको रूपमा, मेरो स्वामित्वमा मृतकका सबै अधिकार र दायित्वहरू समावेश छन्। मृतकको नाम ___ हो, र तिनीहरू _____ मा मृत्यु भयो । म बुझ्छु कि मैले यो घोषणासँगै मृत्यु प्रमाणपत्र पेश गर्नुपर्छ। म यसद्वारा झुटको दण्ड सजाय भुगतान गर्ने गरी घोषणा गर्दछु कि माथि उल्लिखित सत्य र तथ्य हो।"

पछिल्लो अपडेट