तपाईंको भाषामा फेमा FEMA

फेमा FEMA को वेबसाइटमा अंग्रेजी बाहेक अन्य भाषाहरूमा जानकारी र सामग्रीहरू उपलब्ध छन्।

प्रकोप पीडितहरूले विपद सहायता कार्यक्रम, आपतकालीन तयारी, प्रतिक्रिया र पुनर्स्थापन गतिविधिहरू, र बाढी बीमा बारे अनुवादित जानकारी पाउन सक्छन्। जानकारी विभिन्न ढाँचाहरूमा आउँछ र साझेदारी र डाउनलोडको लागि उपलब्ध छ। अतिरिक्त स्रोतहरू समय समयमा थपिदै जान्छन, त्यसैले कृपया बेला बेलामा वेबसाइटमा भ्रमण गर्नुहोस्।

Graphic
man and woman signing

उचित सरसहयोगहरु

फेमा FEMA ले प्रकोप पीडितहरूको आवश्यकताहरू पुरा गर्न निम्न लिखित सबै लगायत धेरै सेवाहरू प्रदान गर्दछ:

  • अनुबाद
  • अमेरिकी सांकेतिक भाषा   (ASL)
  • वास्तविक समयमा उपशीर्षक
  • सुन्न र पढ्नको लागि सहयोगी उपकरणहरु
  • कागजात ब्रेल लिपि वा  ठुलो अक्षरमा उपलब्धता

सुबिधाहरु माग गर्नुहोस

फेमा FEMA ले तपाईको भाषा बोल्दछ

https://www.youtube.com/embed/0VuJUHJO64Q

हामी सहयोग र सुचना तपाइको भाषा मा उपलब्ध गराऊछौ : फोन गर्नको लागि फेमा FEMA सहयोगलाइन८००-६२१-३३६२ :

  • अंग्रेजीको लागि १ थिच्नुहोस
  • स्पेनिश लागि २  थिच्नुहोस
  • अन्य भाषाको  लागि ३ थिच्नुहोस

७११ डायल गर्नुहोस अथवा भीडीयो रिले सुबिधा उपलब्ध छ.

हाम्रा स्रोतहरूको अन्वेषण गर्नुहोस

थप जानकारीको लागि  विपद सहायता कार्यक्रमहरू र व्यक्ति, परिवार, राज्य, स्थानीय, जनजाति राष्ट्र वा क्षेत्रीय सरकारहरू र निजी गैर-लाभकारी संस्थाहरूको लागि योग्यता मापदण्ड बुझ्नुहोस्।

डाउनलोड गर्नुहोस मल्टिमिडिया स्रोतहरू जस्तै सामाजिक ग्राफिक्स, पम्प्लेट, उद्घोषक स्क्रिप्टहरू, पहुँचयोग्य भिडियोहरू र धेरै भाषाहरूमा एनिमेसनहरू जसले तपाईंलाई प्रकोप अघि,प्रकोप समयमा र प्रकोप पछि अरूसँग महत्त्वपूर्ण प्रकोप जानकारीहरु  साझा गर्न मद्दत गर्छ ।.

यसमा जानुहोस FloodSmart.gov र बाढी बीमा, जोखिम र लागत, र क्षेत्र र नक्सा र बाढी प्रकोप तयारी बारे जान्नुहोस।एजेन्टहरूले बहुभाषिक  बाढी प्रकोप स्रोतहरू ग्राहक बैठकहरू वा सोशल मिडिया, वेबसाइट वा मार्केटिङ इमेलहरूमा प्रयोग गर्न सक्छन।

फेमा FEMAको   प्रकोप पछि मद्दत  पुस्तिका आफ्नो समुदायमा साझा गर्दा फेमा FEMA सहायताका प्रकारहरू बुझ्न मानिसहरूलाई मद्दत पुग्छ र कस्तो सहायता पुनर्स्थापना मा पाउन सकिन्छ भन्ने ज्ञान हुन्छ । यो पुस्तिका २७ भाषाहरूमा उपलब्ध छ।

थप जानकारी   कसरी सहयोग गर्ने  जसलाई प्रकोपको दौरान सहयोग चाहिन्छ। नगद, आवश्यक वस्तुहरू वा तपाईंको समय दान गर्ने जस्ता मद्दत गर्ने थुप्रै तरिकाहरू छन। 

कसरी पारिबारिक सम्पति सुरक्षा गर्नुहोस  भन्ने आधारभूत दिशानिर्देशहरू प्राप्त गर्नुहोस।जस्तै तस्बिरहरू, पुस्तकहरू र महत्त्वपूर्ण कागजातहरू प्रकोप पछि कसरी सुरक्षित गर्ने।

अमेरिकी सांकेतिक भाषाका भीडीयोहरु

हामीसँग हाम्रो युटीउब YouTube प्लेलिस्टमा ASL अमेरिकी सांकेतिक भाषाका भीडीयोहरु छन जसले विपद तयारी र सुरक्षासँग सम्बन्धित विषयहरूको समेटेका छन।

युटीउब YouTube मा सम्पुर्ण भीडीयोहरु हेर्न

External Link Arrow
पछिल्लो अपडेट