तपाईंको विपद सहायता आवेदन बारे FEMA सँग सम्पर्कमा रहनुहोस्

Release Date Release Number
DR-4634-CO-NR-007

DENVER –मार्सल आगलागी वा हावाहुरीका कारण FEMA विपद सहायताका लागि आवेदन दिएका बोल्डर काउन्टी, कोलोराडो घरधनी तथा भाडामा बस्नेहरूलाई परिवर्तन भएका उनीहरूको मेलिङ ठेगाना, फोन नम्बर, इमेल ठेगाना, र उनीहरूले थप क्षति पत्ता लगाएको वा बीमा सम्झौता प्राप्त गरेको भएमा FEMA लाई सूचित गर्न प्रोत्साहित गरिन्छ। सम्पर्क जानकारी अपडेट गर्नाले FEMA ले प्रश्न सोध्न वा नयाँ जानकारी उपलब्ध गराउन तपाईंसम्म पुग्न सक्छ भन्ने सुनिश्चित गर्नुहोस्। तपाईंको आवेदनमा नरहेको वा गलत जानकारीको परिणामस्वरूप सहायता प्राप्त गर्न ढिलाई हुन सक्छ।

तपाईंको बीमा दाबीमा कुनै पनि नयाँ जानकारीको सम्बन्धमा FEMA सँग सम्पर्कमा रहनु महत्त्वपूर्ण छ। तपाईंको फाइलमा बीमा सम्झौताको एक प्रतिलिपि नभएसम्म FEMA ले तपाईंको आवेदन पूरा गर्न सक्दैन तपाईंले आफ्नो एजेन्टबाट जानकारी प्राप्त गरिसकेपछि FEMA लाई एक प्रतिलिपि उपलब्ध गराउन सुनिश्चित हुनुहोस्।

घरधनी तथा भाडामा बस्नेहरूले आफ्नो जानकारी निम्नद्वारा ट्रयाक तथा अपडेट गर्न सक्छन्:

  • DisasterAssistance.gov मा पहुँच गरेर।
  • 800-621-3362 (800-462-7585 TTY) मा कल गरेर। बहुभाषी अपरेटरहरू उपलब्ध छन्। टोल-फ्री नम्बरहरू हरेक दिन बिहान 5 बजेदेखि राति 9 बजे MST सम्म खुला रहन्छन्। यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन फोन, वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने, त्यस सेवाको लागि FEMA लाई नम्बर दिनुहोस्।
  • 1755 S. Public Road, Lafayette, Colorado मा बोल्डर काउन्टी विपद सहायता केन्द्रका साथ सहस्थित विपद रिकभरी केन्द्रमा भ्रमण गरेर। समय दैनिक बिहान 9 बजेदेखि साँझ 5 बजेसम्म हो।
  • स्मार्ट फोनहरूको लागि FEMA मोबाइल एप डाउनलोड गर्ने।

आफ्नो जानकारी अपडेट गर्ने व्यक्तिहरूले अनिवार्य आफ्नो नौ अंकको आवेदन नम्बर उपलब्ध गराउनु पर्दछ जुन FEMA बाट सबै पत्राचारहरूमा सूचिकृत हुन्छ।

U.S. लघु व्यवसाय प्रशासन (SBA) ऋण खोजिरहेका व्यक्ति वा व्यवसायहरूले सक्दो चाँडो यो आवेदन पूरा गर्नु पर्दछ।

SBA न्यून-ब्याज विपद ऋणको लागि आवेदन दिन:

  • https://disasterloan.sba.gov/ela मा SBA को सुरक्षित वेबसाइट प्रयोग गरेर अनलाइन आवेदन दिनुहोस्।
  • तलको नम्बरमा SBA को विपद सहायता ग्राहक सेवा केन्द्रमा कल गर्नुहोस्:  800-659-2955, (800-877-8339 TTY) वा भिडियो रिले सर्भिस (VRS) 800-659-2955
  • लाफायटमा बोल्डर काउन्टी विपद सहायता केन्द्रसँग सहस्थित विपद रिकभरी केन्द्रमा उपस्थित भएर आवेदन दिनुहोस्। घरधनी तथा भाडामा बस्नेहरूले पहिलो तल्लामा SBA सहायताको लागि आवेदन दिन सक्छन्।  व्यवसाय तथा गैर-नाफामुखी संस्थाहरूले दोश्रो तल्लामा SBA को लागि आवेदन दिन सक्छन्।

यदि SBA आवेदन स्वीकृत भएन भने व्यक्तिहरूले FEMA मार्फत अन्य आवश्यकताको सहायता (ONA) अनुदानको लागि योग्य हुन सक्छन्।  ONA लाई विपद-सम्बन्धित बाल हेरचाह, मेडिकल तथा दन्त खर्च, अटोमोबाइल मर्मत वा प्रतिस्थापन, र कपडा वा आवश्यक शैक्षिक सामग्रीहरू जस्ता क्षतिग्रस्त घरेलु वस्तुहरूको लागि प्रयोग गर्न सकिन्छ।

ONA सहायताको लागि आवेदन दिन DisasterAssistance.gov मा जानुहोस्।

बोल्डर काउन्टीमा मार्सल आगलागी तथा हावाहुरी रिकभरी बारे थप जानकारीको लागि https://www.fema.gov/disaster/4634 मा FEMA विपद वेबपेज, https://dhsem.colorado.gov/ मा Colorado Department of Homeland Security and Emergency Management वेबपेज वा https://www.bouldercounty.org/disasters/wildfires/marshall/ मा बोल्ड काउन्टी वेबपेजमा जानुहोस्।    

Tags:
पछिल्लो अपडेट