जुलाईको भीषण आँधी, बाढी, पहिरो र माटो पहिरोबाट प्रभावित भेर्मोन्ट बासिन्दाहरुले सोमबार नोभेम्बर २५ राति १०बजेसम्म मासंघीय प्रकोप सहायताको लागि आवेदन दिन सक्छन। जसमा घरहरू मर्मत गर्न रसम्पत्ति प्रतिस्थापन गर्न FEMA (फेमा) अनुदानहरू समावेश हुन सक्छन्।
जुलाई ९-११ मा भएको आँधीको लागि, एडिसन, क्यालेडोनिया, चिटेनडेन, एसेक्स, लामोइल, ओरलिन्स र वाशिंगटनका तोकिएका काउन्टीका बासिन्दाहरू आवेदन दिन योग्य छन्। जुलाई २९-३१ आँधीहरूको लागि, क्यालेडोनिया, एसेक्स र अर्लिन्सका तोकिएका काउन्टीहरूमा रहेकाहरूले आवेदन दिन सक्छन्।
जुलाईको दुबै आँधीबाट प्रभावित भर्मोन्टका बासिन्दाहरुले प्रत्येक घटनाको लागि छुट्टै आवेदन पेश गर्नुपर्छ।
पिडितहरु जसको क्षति वा हानी भएको छ उनीहरुले FEMA (फेमा) मा आवेदन दिनुपर्छ यदि उनीहरूसँग मर्मत अनुमान वा बीमा सम्झौताहरू छैनन् भने पनि। आवेदन माथि विचार गर्नको लागि, प्रभावित क्षेत्रका मानिसहरूलाई समयसीमा अघि प्रणालीमा दर्ता हुन आवश्यक छ।
निम्न तिन तरिका मार्फत आवेदन दिन सकिन्छ:
- अनलाइन को लागि DisasterAssistance.gov
- फेमा FEMA सहयोगलाइनलाई १-८००-६२१ -३३६२ मा कल गर्नुहोस्। फोन लाइनहरू बिहान ७ बजेदेखि राति १० बजेसम्म चल्छन्। (तपाईंको समय क्षेत्रमा), हप्ताको सात दिन। मद्दत धेरै भाषाहरूमा उपलब्ध छ। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य प्रयोग गर्नुहुन्छ भने, त्यो सेवाको लागि फेमा FEMA लाई आफ्नो नम्बर दिनुहोस्। सहायताको लागि कसरी आवेदन दिने भन्ने बारे पहुँचयोग्य भिडियोको लागि यो लिंकमा जानुहोस् , youtube.com/watch?v= WZGpWI2RCNw.
- यसमा फेमा FEMA मोबाइल एप
समयसीमा भित्र आवेदन नगर्ने र अझै दर्ता गर्न चाहनेहरूले किन छुटेको भनेर स्पष्टिकरण पेश गर्नुपर्छ। स्पष्टिकरणहरूमा निम्न कारण समावेश हुन सक्छन्: अस्पतालमा भर्ना, बिरामी, वा आवेदक वा नजिकको परिवारको सदस्यको असक्षमताको लगत; नजिकैको परिवार सदस्य को मृत्यु; वा व्यक्तिगत वा व्यावसायिक यात्राको प्रमाण जसको कारण आवेदक पूर्ण आवेदन अवधिको लागि क्षेत्र बाहिर देखाउन सक्छ।