बाढीबाट क्षतिग्रस्त घरहरूको लागि उपलब्ध सरसफाइ र किटाणुरहीत गर्न सहायता

Release Date Release Number
13
Release Date:
जुलाई 30, 2023

विलिस्टोन भरमोंट –भर्मन्टको भर्खरैको बाढीले तपाईंको घर क्षतिग्रस्त भएको भए तापनि तपाईं अझै पनि सुरक्षित रूपमा बस्न सक्नुहुन्छ भने, FEMA ले सफाईमा मद्दत गर्न ३००$  सम्म उपलब्ध गराउन सक्षम हुन सक्छ। यो सफा र किटाणुरहीत गराउने सहायता घर मालिक र भाडामा लिनेहरूलाई बाढीको पानीबाट हुने प्रदुषणबाट हुने क्षति र न्युनिकरण र किटाणु रोक्न मद्दत गर्नको लागि हो।

सरसफाइ र किटाणुरहीत गर्ने सहायताको लागि तपाई योग्य हुनुहुन्छ यदी:

  • क्यालेडोनिया, चिटेनडेन, लामोइल, ओरेन्ज, ओर्लिन्स, रुटल्याण्ड, वाशिंगटन, विन्डहम र विन्डसर  काउन्टीहरूमा बस्नु हुन्छ भने।.
  • फेमा  FEMA निरीक्षणको आधारमा, तपाईंको घरमा प्रकोपको क्षति भएको छ; वा, यदि तपाईं भाडामा लिने व्यक्ति हुनुहुन्छ भने, निरीक्षण टिपोटमा सफा गर्ने कार्यहरू आवश्यक छ वा पहिले नै गरिसकिएको छ। 
    • यदी तपाईंले पहिले नै सफा गरिसक्नुभएको छ भने, कुनै पनि आपूर्ति, सामग्री वा सशुल्क मर्मतको आफ्नो रसिदहरू बचत गर्नुहोस। 
  • भएको क्षत्तिको बीमाले बेहोरेको छैन भने।

फेमा FEMA ले तपाइँको प्रकोपबाट क्षतिग्रस्त प्राथमिक निवास बस्नको लागि सुरक्षित छ की छैन भनेर निर्धारण गर्दछ।यदी तपाईंको घरमा ढुसी छ भने के गर्ने बारे सल्लाहको लागि यो वेबपेजमा जानुहोस  fema.gov/fact-sheet/mold-problems-and-solutions.

फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले, फेमाको सहयोगी लाइन ८००-६२१-३३६२  सम्पर्क गर्न सक्नु हुन्छ वा DisasterAssistance.gov; मा अनलाइन आवेदन अथवा  FEMA App. डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट