जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र हिलोबाट प्रभावित भरमोन्ट बासिन्दा हरुले संघीय प्रकोप सहायताको लागि आवेदन दिन दुई हप्ताको समय छ, जसमा घरहरू मर्मत गर्न र सम्पत्ति प्रतिस्थापन गर्न वा अमेरिकी साना ब्यबसाय प्रशासनबाट कम ब्याजको प्रकोप ऋणहरू समावेश हुन सक्छ। आवेदन समय सीमा नोभेम्बर २५, २०२४ हो।
जुलाई ९-११ मा भएको आँधीको लागि, एडिसन, क्यालेडोनिया, चिटेनडेन, एसेक्स, लामोइल, ओरलिन्स र वाशिंगटनका तोकिएका काउन्टीका बासिन्दाहरू आवेदन दिन योग्य छन्। जुलाई २९ -३१ आँधीहरूको लागि, क्यालेडोनिया, एसेक्स र अर्लिन्सका तोकिएका काउन्टीहरूमा रहेकाहरूले आवेदन दिन सक्छन्।
जुलाईको दुवै आँधीबाट प्रभावित भर्मोन्टका बासिन्दाहरुले प्रत्येक घटनाको लागि छुट्टै आवेदन पेश गर्नुपर्छ।
प्रकोपबाट बाँचेकाहरू जसले क्षति भोगेका छन उनीहरुले FEMA (फेमा) मा आवेदन दिनुपर्छ यदि उनीहरूसँग मर्मत अनुमान वा बीमा सम्झौताहरु छैनन् भने पनि। सहयोग प्राप्त गर्नको लागि, प्रभावित क्षेत्रहरूमा मानिसहरूले प्रक्रिया सुरु गर्न FEMA (फेमा) मा दर्ता गर्न आवश्यक छ। FEMA (फेमा) ले योग्यता निर्धारण गर्न कुन जानकारी चाहिन्छ भनेर पहिचान गर्न पिडितहरूसँग मिलेर काम गर्नेछ।
प्रकोप पुनर्स्थापन विशेषज्ञसँग आमनेसामने कुरा गर्न चाहनेहरूका लागि, भर्मन्टमा दुईवटा प्रकोप पुनर्स्थापन केन्द्रहरू खुला छन्। यी केन्द्रहरू हाइन्सबर्ग टाउन हल (१०६३२ रुट ११६) र ३६६ मुख्य सडकमा लिन्डन सार्वजनिक सुरक्षा सुविधा बिभागमा अवस्थित छन्। केन्द्र खुल्ने समय बिहान ९ बजे देखि बेलुका ६ बजे सम्म हो। सोमबार–शनिबार । आइतबार बन्द।
FEMA (फेमा) मा आवेदन दिन बासिन्दाहरूले प्रकोप पुनर्स्थापना केन्द्रमा जानु पर्दैन। निम्न तिन तरिका मार्फत आवेदन दिन सकिन्छ:
- अनलाइन को लागि DisasterAssistance.gov
- फेमा FEMA सहयोगलाइनलाई १-८००-६२१ -३३६२ मा कल गर्नुहोस्। फोन लाइनहरू बिहान ७ बजेदेखि राति १० बजेसम्म चल्छन्। (तपाईंको समय क्षेत्रमा), हप्ताको सात दिन। मद्दत धेरै भाषाहरूमा उपलब्ध छ। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य प्रयोग गर्नुहुन्छ भने, त्यो सेवाको लागि फेमा FEMA लाई आफ्नो नम्बर दिनुहोस्। सहायताको लागि कसरी आवेदन दिने भन्ने बारे पहुँचयोग्य भिडियोको लागि यो लिंकमा जानुहोस् , youtube.com/watch?v= WZGpWI2RCNw.
- यसमा फेमा FEMA मोबाइल एप
साना ब्यबसाय प्रशासनमाआवेदन दिन:
- Aअनलाइन आवेदन दिनुहोस् र अतिरिक्त प्रकोप सहायता जानकारी यहाँ प्राप्त गर्नुहोस् sba.gov/disaster
- SBA (साना ब्यबसाय प्रशासन) को ग्राहक सेवा केन्द्रमा (८००) ६५९-२९५५ मा बिहान ८:०० देखि बेलुका ८ :०० बजे सम्म कल गर्नुहोस्। सोमबार देखि शुक्रवार सम्म वा थप जानकारीको लागि disastercustomerservice@sba.govमा इमेल पठाउनुहोस।
- बहिरा,कान सुन्न नसक्ने वा बोल्ने असक्षमता भएका व्यक्तिहरूका लागि, कृपया दूरसञ्चार रिले सेवाहरू पहुँच गर्न ७-१-१ डायल गर्नुहोस्।
अक्टोबर १५ , २०२४ मा, (साना ब्यबसाय प्रशासन) SBA प्रकोप ऋण कार्यक्रमको लागि कोषमा भएको रकम पुर्ण रूपमा खर्च भएको घोषणा गरिएको थियो। कांग्रेसले थप रकम विनियोजन नगरेसम्म कुनै पनि नयाँ (साना ब्यबसाय प्रशासन) SBA विपद् ऋण जारी गर्न सकिँदैन,तर (साना ब्यबसाय प्रशासन) SBA सदा प्रकोप पीडितहरूलाई सहयोग गर्न प्रतिबद्ध रहन्छ। व्यक्ति र व्यवसायहरू कोषमा रकम उपलब्ध भएपछि सहायता प्राप्त गर्न तयार छन भनी सुनिश्चित गर्नका लागि आवेदनहरू स्वीकार र प्रक्रिया जारी रहनेछ।