भाडामा बस्नेहरुले फेमा (FEMA) सहायताको लागि आवेदन दिन सक्छन।

Release Date Release Number
007
Release Date:
जुलाई 24, 2023

विलिस्टोन भरमोंट.   – चिटेनडेन, लामोइले ,रुटल्याण्ड,अरेन्ज,वाशिंगटन, विन्डहाम  र विन्डसोर काउन्टीमा भाडाम बस्नेहरु जसको घर र सम्पत्ति जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र माटोको कारणले क्षतिग्रस्त भएको थियो, उनीहरूले फेमा (FEMA) प्रकोप सहायताको लागि आवेदन दिन सक्छन। 

फेमा (FEMA) व्यक्तिगत सहायता विद्यार्थीहरू र घरमालिकहरू सहित भाडामा लिनेहरूका लागि उपलब्ध छ। संघीय अनुदानले अस्थायी आवासको लागि भुक्तान गर्न मद्दत गर्न सक्छ। प्रारम्भिक भाडा अनुदान एक-महिना वा दुई-महिनाको अवधिको लागि हो र थप सहायताको लागि समीक्षा गर्न सकिने छ। . 

 भाडामा बस्नेहरुले फेमा (FEMA) को अतिरिक्त सहायता कार्यक्रम(अदर निड्स असिस्टेन्स प्रोग्राम) अन्तर्गत बीमा नगरीएको  व्यक्तिगत सम्पत्ति हानि र अन्य प्रकोप-सम्बन्धित खर्चहरूको लागि अनुदानको लागि योग्य हुन सक्छन्। यसमा निम्न लिखित चीजहरु समावेश हुन सक्छ:

  •  फर्निचर, उपकरण, कपडा, पाठ्यपुस्तकहरू, वा विद्यालय आपूर्तिहरू जस्ता आवश्यक व्यक्तिगत सम्पत्तिहरूको प्रतिस्थापन वा मर्मत।.
  • स्व-रोजगारका लागि आवश्यक उपकरण र अन्य काम-सम्बन्धित उपकरणहरूको प्रतिस्थापन वा मर्मत।
  • यदी  तपाइँको प्राथमिक वाहन तुफानले क्षतिग्रस्त भएको थियो र अब सञ्चालन गर्न योग्य छैन (र सवारी साधन राज्य दर्ता र बिमाको आवश्यक नियमहरुको पालना गरेको छ) फेमा (FEMA) मद्दत गर्न सक्षम हुन सक्छ। सबै क्षति भर्पाई नहुन सक्छ, त्यसैले तपाईंको गाडी छानिन योग्य छ कि छैन भनी फेमा (FEMA)  सँग जाँच गर्नुहोस।

  • बिमा नगरिएको वा स्वयं गरिएको चिकित्सा खर्च , दन्त चिकित्सा, बाल हेरचाह, स्थानान्तरण र भण्डारण खर्च। 

तपाइँले स्थानीय तहमा गएर संघीय सहायताको लागि FEMA मा आवेदन दिनको लागि Disaster Recovery Center

फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले विपद ब्यबस्थापन केन्द्रहरुमा जानै पर्छ भन्ने छैन।केन्द्रहरुमा नगई आवेदन दिनको लागि फेमाको सहयोगी लाइन ८००-६२१-३३६२ मा बिहान ७ देखि बेलुका ११ सम्म सम्पर्क गर्न सक्नु हुन्छ( पुर्बिय समय); वा DisasterAssistance.gov; मा अनलाइन आवेदन अथवा  FEMA App. डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।. सहायता धेरैजसो भाषाहरूमा उपलब्ध छ।

यदी तपाइँ अघोषित काउन्टीमा बस्नुहुन्छ र क्षति भएको छ भने, तपाइँले आवेदन दिन १ -८०० -६२१ -३३६२  मा फेमा (FEMA) हेल्पलाइनमा कल गर्न सक्नुहुन्छ र यदि तपाइँको काउन्टीमा सहयोग घोषित भयो भने, तपाइँको आवेदन प्रक्रिया सुरु हुनेछ। 

पुनर्स्थापन केन्द्रहरु अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य छन् र पहुँच र कार्यात्मक आवश्यकताहरूका लागि  सहायक प्रविधि उपकरणहरूले सुसज्जित छन्।प्रकोपबाट बचेकाहरूले उचित आवास सुबिधा वा सांकेतिक भाषा अनुवादक चाहेमा  ८३३ -२८५ -७४४८  मा कल गर्न सक्छन् (स्पेनिशको लागि २ थिच्नुहोस्)

 स.रा. अमेरिका साना व्यवसाय प्रशासनका प्रतिनिधिहरु U.S. Small Business Administration (SBA उपरोक्त केन्द्रहरुमा आएर  साना व्यवसाय प्रशासन मार्फत घरधनीहरुले, भाडामा बस्नेहरुले,ब्यबसायहरुले र निजी गैर नाफामुलक संस्थाहरुले कम ब्याजदरमा प्रकोप राहत ऋण कसरि लिन कसरी आबेदन दिने र घरहरूलाई प्रकोप प्रतिरोधी हुनेगरी कसरी पुनर्निर्माण गर्ने भन्ने बिषयमा सरसल्लाह दिनेछन। 

भाडामा बस्नेहरुले क्षतिग्रस्त वा नष्ट भएका व्यक्तिगत सम्पत्तिहरू जस्तै लुगा, फर्निचर, उपकरण वा कारहरू प्रतिस्थापन गर्न SBA (साना व्यवसाय प्रशासनका )बाट  $४००००  सम्म उधारो लिन सक्नेछन्। SBA (साना व्यवसाय प्रशासनका )मा आवेदन गर्नु अघि फेमा(FEMA) सहायताको लागि आवेदन दिन सिफारिस गरिन्छ, तर आवश्यक छैन।

पछिल्लो जानकारीको लागि योलिंकमा जानुहोस:  fema.gov/disaster/4720. टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 र फेसबुकमा facebook.com/FEMA.

भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा टोल-फ्री सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट