मिथकहरू बनाम FEMA व्यक्तिगत सहायता सम्बन्धी तथ्यहरू

Release Date:
सेप्टेम्बर 27, 2024

प्राकृतिक प्रकोपपछिको अवस्थामा, संघीय प्रकोप सहायता सम्बन्धी गलत धारणाहरूले पीडितहरूलाई सहायता लागि आवेदन दिनबाट रोक्न सक्छ। तलका तथ्यहरू बुझ्नुहोस् र कठोर मौसमबाट प्रभावित भर्मोन्टका बासिन्दाहरूका लागि उपलब्ध सहायता बारे थप जान्नुहोस्। राम्रो मार्गदर्शन: आवेदन दिनुहोस्, तपाईं योग्य हुनेमा अनिश्चित भए पनि।

FEMA ले पीडितहरूलाई छिटो पुनःस्थापित गर्न मद्दत गर्न डिजास्टर असिस्टेन्स प्रोग्राम लाई हालसालै संशोधन गरेको छ। यी अद्यावधिकहरू 22 मार्च 2024 वा त्यसपछि घोषणा गरिएका प्रकोपहरूमा लागू हुन्छन्।

मिथक: FEMA पूर्व-विद्यमान घरको क्षतिका लागि वित्तीय क्षतिपूर्ति प्रदान गर्नेछैन।

तथ्य: यदि तपाईं घरधनी हुनुहुन्छ र प्रकोपको समयमा घरमा बस्नुहुन्थ्यो भने, तपाईं आफ्नो निवास मर्मत गर्न, उपयोगिताहरू र आवासीय पूर्वाधारको लागि, वा निवास नष्ट भएको अवस्थामा आफ्नो प्राथमिक निवास प्रतिस्थापन गर्न सहायता रकम प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ। यो रकमले तपाईंको घरको प्रकोपबाट क्षतिग्रस्त क्षेत्रहरूको मर्मत गर्न पनि मद्दत गर्न सक्छ, त्यहाँ पहिलेदेखि नै कुनै समस्या भए पनि।

मिथक: FEMA प्रकोप पीडितहरूलाई आवास सहायता प्रदान गर्दैन।

तथ्य: FEMAको नयाँ डिस्प्लेसमेन्ट असिस्टेन्स लाभले, यदि तपाईं प्रकोपका कारण आफ्नो घर फर्किन सक्नुहुन्न भने, तुरुन्त आवासको आवश्यकतामा मद्दत गर्न सक्छ। रकम होटलमा बास बस्न, परिवार र साथीहरुसंग, वा अन्य विकल्पहरु को लागी एक भाडा इकाई खोज्दा प्रयोग गर्न सकिन्छ।

मिथक: यदि मसँग पहिले नै बीमा छ भने, फेमाले मलाई मद्दत गर्नेछैन।

तथ्य: यदि तपाईंले आफ्नो घर वा सम्पत्तिको क्षति कभर गर्न नसक्ने बीमा भुक्तानी पाउनुभयो भने, तपाईं अझै पनि FEMAबाट रकम प्राप्त गर्न योग्य हुन सक्नुहुन्छ। 

याद गर्नुहोस्, FEMA सहायता घर, भाडामा बस्ने वा बाढी बीमाको विकल्प होइन, र प्रकोपबाट भएका सबै क्षतिहरूलाई कभर गर्नेछैन।

मिथक: म सहायता प्राप्त गर्न विचार गर्नुअघि U.S. साना व्यवसाय प्रशासन (SBA) को ऋणको लागि आवेदन दिनु पर्छ।

तथ्य: अब तपाईंले FEMA सहायता आवेदन गर्ने बेला कम ब्याज दरको SBA ऋणको लागि पनि आवेदन दिन सक्नुहुन्छ।

नवीनतम व्यक्तिगत सहायता प्रक्रियाबारे थप जानकारीको लागि, कृपया रिफर्मिङ इन्डिभिजुअल असिस्टेन्स मा जानुहोस्।

मिथक: मैले FEMAको निर्णय विरुद्ध अपिल गर्न पत्र लेख्नै पर्छ।

तथ्य: यदि तपाईं FEMAको निर्णयसँग असहमत हुनुहुन्छ र अपिल गर्न चाहनुहुन्छ भने, अब तपाईंले समर्थन गर्ने कागजातसँग हस्ताक्षर गरिएको लिखित अपिल पत्र प्रदान गर्न आवश्यक हुनेछैन। तपाईं मर्मतको अनुमान, रसिदहरू, बिलहरू जस्ता कागजातहरू पठाएर FEMAको कुनै पनि निर्णय वा अनुदान रकमको विरुद्ध अपिल गर्न सक्नुहुन्छ, जसले तपाईं योग्य हुनुहुन्छ र थप मद्दत आवश्यक छ भन्ने देखाउँछ। FEMAबाट प्राप्त प्रत्येक निर्णय पत्रले तपाईंलाई उक्त प्रकारको सहायता सम्बन्धी FEMAको निर्णय वा अनुदान रकमको विरुद्ध अपिल गर्न मद्दत गर्नसक्ने कागजातहरूको प्रकारहरू स्पष्ट गर्छ। अपिल गर्ने तरिकाबारे थप जानकारीको लागि, कृपया भ्रमण गर्नुहोस्: हाउ टु अपिल अ FEMA डिसिजन | FEMA.gov

मिथक: 211 मा कल गर्दा स्वचालित रूपमा मलाई फेमा सहायता लागि दर्ता गर्यो।

तथ्य: FEMAको आवेदन प्रक्रिया 211 संग जोडिएको छैन। यदि तपाईंको सम्पत्तिमा क्षति भएको छ भने, तपाईंले 211 मा रिपोर्ट गर्नुका साथै FEMA सहयोगको लागि आवेदन दिनु पर्छ।

FEMA सहायता लागि आवेदन दिन, हाम्रा डिजास्टर रिकभरी सेन्टरहरूमा जानुहोस् – स्थान र समयको जानकारी fema.gov/drc मा उपलब्ध छ। तपाईं DisasterAssistance.gov मा अनलाइन आवेदन दिन सक्नुहुन्छ, FEMA एप डाउनलोड गर्न सक्नुहुन्छ वा 800-621-3362 मा कल गर्न सक्नुहुन्छ। यदि तपाईंले भिडियो रिले सेवा (VRS), क्याप्सन गरिएको टेलिफोन सेवा वा अन्य रिले सेवाहरू प्रयोग गर्नुहुन्छ भने, आवेदन गर्दा FEMAलाई उक्त सेवाको लागि आफ्नो नम्बर दिनुहोस्।

211 भर्मोन्टको युनाइटेड वेजद्वारा सञ्चालन गरिन्छ। यसले कल गर्नेहरूलाई स्थानीय स्वास्थ्य, रोजगारी, खाना, र अन्य सामुदायिक सेवाहरूसँग जोड्छ। जब कल गर्नेहरूले क्षतिको रिपोर्ट गर्छन्, 211 राज्यलाई जानकारी गराउँछ, जसले राज्यलाई स्रोतहरू आवश्यक पर्ने ठाउँमा निर्देशित गर्न मद्दत गर्छ।

Tags:
पछिल्लो अपडेट