विपत्ति सहायता निवेदनको म्याद एक हप्ता टाढा, मार्च २

Release Date Release Number
DR-4634-CO-NR-023

डेनभर – बाउल्डर काउन्टीका बासिन्दा तथा व्यवसायहरूसँग मार्शल आगलागी र चट्याङ्गका साथको हुन्डरीसम्बन्धी विपत्ति सहायताका लागि निवेदन दिन एक हप्ता बाँकी छ । आगलागी, मुस्लो वा हुन्डरीबाट क्षति भएकाहरूका लागि फीमा (FEMA) मा निवेदन दिने म्याद मार्च २, २०२२ सम्म हो ।

विपत्ति सहायतामा फीमाबाट पाउने अनुदान, व्यक्ति वा व्यवसायलाई अमेरिकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration; SBA) बाट कम ब्याजको विपत्ति ऋण वा थप आवश्यकताहरूका लागि अन्य संघीय, राज्य र स्वैच्छिक निकाय कार्यक्रमहरूमा गरिने सिफारिशहरू पर्न सक्छन् ।

बाउल्डर काउन्टीका बासिन्दाहरू तथा व्यवसाय-धनीहरूसँग सहायताका लागि निवेदन दिने चार तरिकाहरू छन् । तपाईंको निवेदनको स्थिति जाँच गरिराख्न र अद्यावधहरू गर्नका लागि उही चार तरिकाहरू प्रयोग गर्नुहोस्:

  • ८००.६२१.३३६२ (800.621.3362) फोन गरेर । फोनमा कुरा गर्ने व्यक्तिहरू धेरै भाषा बोल्नेहरू हुनुहुन्छ । निःशुल्क फोन नम्बर पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार हरेक दिन बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुला हुन्छ । यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने उक्त सेवाका लागि फीमालाई नम्बर दिनुहोस् ।
  • १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) स्थित विपत्ति पुन:निर्माण केन्द्र गएर । सेवा समय सोमबारदेखि शनिबार पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (आइतबारहरू बन्द रहने) । फीमा कार्यक्रमका विशेषज्ञहरू निवेदन र पुनःनिर्माण प्रक्रियाहरूसम्बन्धी प्रश्नहरूका उत्तर दिन उपलब्ध हुनुहुन्छ ।
  • अनलाइन DisasterAssistance.gov मा गएर ।
  • स्मार्टफोन (Smartphone) हरूका लागि बनाइएको फीमा मोबाइल याप (FEMA mobile app) डाउनलोड गरेर ।
     

बाउल्डर काउन्टीस्थित व्यवसाय-धनीहरू र गैर-नाफामुलक संस्थाहरू भौतिक तथा आर्थिक क्षति दुवैका लागि कम ब्याजको अमेरिकी साना व्यवसाय प्रशासन (SBA) को २० लाख डलरसम्मको विपत्ति ऋणका लागि योग्य हुन सक्नुहुन्छ । घरधनीहरू घर क्षतिका लागि २ लाख डलरसम्म ऋणका लागि योग्य हुन सक्नुहुन्छ । घरधनी र भाडावालाहरूले व्यक्तिगत जेथा प्रतिस्थापन गर्न ४० हजार डलरसम्मको निवेदन दिन सक्नुहुन्छ । निवेदकहरूले अमेरिकी साना व्यवसाय प्रशासन (SBA) को ग्राहक सेवा केन्द्रमा ८००.६५९.२९५५ (800.659.2955) मा फोन वा disastercustomerservice@sba.gov मा इमेल गर्न सक्नुहुन्छ, श्रवण-शक्ति कमजोर भएका वा बहिरा (TTY) प्रयोगकर्ताहरूले ८००.८७७.८३३९ (800.877.8339) मा फोन गर्न सक्नुहुन्छ  ।

निवेदन दर्ता गरिसकेपछि, तपाईंको निवेदनको स्थिति अद्यावध गर्न वा सहायता योग्यता पुष्टिका लागि जानकारी उपलब्ध गराउन फीमासँग सम्पर्कमा रहनु महत्त्वपूर्ण हुन्छ । तपाईंको अमेरिकी साना व्यवसाय प्रशासन (SBA) विपत्ति ऋण निवेदन पूरा गर्न पनि महत्त्वपूर्ण हुन्छ । ऋणको स्वीकृतिले निवेदकलाई त्यो लिनैपर्छ भनेर अनिवार्य गर्दैन तर पुनःनिर्माणका थप विकल्पहरू दिन्छ । स्वीकृत नभए पनि, अमेरिकी साना व्यवसाय प्रशासन (SBA) निवेदन पूरा गर्नाले फीमा सहायताका लागि थप योग्यता कायम राख्छ ।

विपत्ति सहायता बिमाको विकल्प होइन र विपत्तिबाट भएका सबै हानिको क्षतिपूर्ति गर्न सक्दैन । यो सहायता आधारभूत खाँचोहरू पूरा गर्न र विपत्तिपछिका पुन:निर्माण प्रयासहरूमा पूरकका रूपमा काम गर्नका लागि हो । कानुनतः फीमाले बिमा वा अरू सहायताद्वारा भुक्तान गरिएका सुविधाहरूको ठाउँ लिन सक्दैन ।

धेरै जानकारीः

मार्शल आगलागी तथा बाउल्डर काउन्टीमा भएको चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाको पुनःनिर्माणबारे थप जानकारीका लागि, फीमाको विपत्तिसम्बन्धी वेबपेज https://www.fema.gov/disaster/4634 मा, कोलोराडोको आन्तरिक सुरक्षा तथा आपतकालीन व्यवस्थापन विभागको वेबपेज https://dhsem.colorado.gov/ वा बाउल्डर काउन्टीको वेबपेज https://www.bouldercounty.org/disasters/wildfires/marshall/ हेर्नुहोस् । साना व्यवसाय प्रशासनसम्बन्धी जानकारीका लागि https://disasterloanassistance.sba.gov/ela/s/ हेर्नुहोस् ।

Tags:
पछिल्लो अपडेट