डेनभर - मार्शल आगलागी (Marshall Fire) तथा चट्याङ्गका साथको हुन्डरीको क्षति प्रभावित समुदायका सदस्यहरूले संघीय विपत्ति सहायताका लागि निवेदन दिने म्याद दुई हप्ता बाँकी छ । फीमा विपत्ति सहायता र अमेरिकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration; SBA) बाट पाउने ऋण दुवैको अन्तिम म्याद बुधबार मार्च २, २०२२ हो ।
१७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) स्थित विपत्ति पुन:निर्माण केन्द्र (Disaster Recovery Center) राष्ट्रपति दिवस (President’s Day) मा संघीय बिदा मनाउनका लागि सोमबार, फेब्रुअरी २१, २०२२ मा बन्द हुनेछ । उक्त केन्द्र अर्को दिन मंगलबार, फेब्रुअरी २२, २०२२ बिहान ९ बजे पुनः खुल्नेछ ।
विपत्तिबाट प्रभावित बाउल्डर काउन्टी (Boulder County) का समुदाय सदस्यहरूले निम्न तरिकाहरूले सहायताका लागि अझै पनि निवेदन दिन वा आफ्नो निवेदनको स्थिति जाँच्न सक्नुहुन्छ:
- अनलाइन DisasterAssistance.gov मा गएर ।
- ८००.६२१.३३६२ (800.621.3362) फोन गरेर । फोनमा कुरा गर्ने व्यक्तिहरू धेरै भाषा बोल्नेहरू हुनुहुन्छ । निःशुल्क फोन नम्बर पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार हरेक दिन बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुला हुन्छ । यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने उक्त सेवाका लागि फीमालाई नम्बर दिनुहोस् ।
- १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडोस्थित विपत्ति पुन:निर्माण केन्द्र गएर । सेवा समय सोमबारदेखि शनिबार पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (आइतबारहरू र राष्ट्रपति दिवस / प्रेसिडेन्ट डेमा बन्द रहने) ।
- स्मार्टफोन (Smartphone) हरूका लागि बनाइएको फीमा मोबाइल याप (FEMA mobile app) डाउनलोड गरेर ।
विपत्ति अद्यावधि जानकारीः
राष्ट्रपति बाइडेनले कोलोराडोमा मार्शल आगलागी र चट्याङ्गका साथको हुन्डरीको क्षतिका लागि ठूलो विपत्ति घोषणा अनुमोदन गरेयताको डेढ महिनामा संघीय निकायहरूले फेब्रुअरी १५, २०२२ सम्म पुनःनिर्माणमा सहयोग गर्न ७ करोड ५४ लाख डलरभन्दा बढी अनुदान र ऋण उपलब्ध गराएका छन् ।
आजका मितिसम्म, बाउल्डर काउन्टीमा जम्मा ३ हजार ३० जनाले फीमामा सहायताका लागि निवेदन दिनुभएको छ । फीमाले व्यक्ति तथा घरपरिवार कार्यक्रममार्फत १४ लाख ८० हजार ३ सय ६ डलर ९ सेन्ट्स स्वीकृत गरेको छ, जसमा ९ लाख २६ हजार ६ सय ८३ डलर ३८ सेन्ट्स घर मरम्मत र भाडा खर्चका लागि आवास सहायता, र ५ लाख ५३ हजार ६ सय २२ डलर ७१ सेन्ट्स निजी जेथाको मरम्मत वा प्रतिस्थापन, सवारी-साधन मरम्मत वा प्रतिस्थापन, बसाइँ-सराइ खर्च र अरू विपत्तिसम्बन्धी खाँचोहरू पूरा गर्ने अरू आवश्यक सहायताका लागि छन् ।
यसबाहेक, अमेरिकी साना व्यवसाय प्रशासनले घरधनी, भाडावाला र व्यवसायहरूका लागि कम ब्याजको विपत्ति ऋणका लागि ७ करोड ४० लाख १४ हजार ६ सय डलर स्वीकृत गरेको छ ।
फीमा सहायता र अमेरिकी साना व्यवसाय प्रशासन विपत्ति ऋण दुवैका लागि निवेदन दिने अन्तिम म्याद बुधबार मार्च २, २०२२ हो ।
फीमासँग सम्पर्कमा रहनुहोस्
फीमा विपत्ति सहायताका लागि निवेदन दिएका घरधनी र भाडावालाहरूलाई उहाँहरूको पत्राचारको ठेगाना, फोन नम्बर, इमेल ठेगाना, र यदि उहाँहरूले थप क्षति फेला पार्नुभयो वा बिमा फर्छ्यौट भएमा फीमालाई जानकारी दिन प्रोत्साहित गरिन्छ । सम्पर्क जानकारी अद्यावध गर्नाले फीमालाई तपाईंले प्रश्न सोध्न वा नयाँ जानकारी उपलब्ध गराउन सक्ने उपाय भएको पक्का गर्छ । तपाईंको निवेदनमा छुटेका वा गलत जानकारीका कारण सहायता पाउन ढिलो हुनसक्छ ।
तपाईंको बिमा दाबीमा कुनै पनि नयाँ जानकारीका सम्बन्धमा फीमासँग सम्पर्कमा बसिरहनु फाइदाजनक हुन्छ । जबसम्म बिमा फर्छ्यौटको प्रतिलिपि तपाईंको फाइलमा हुँदैन, तबसम्म फीमाले तपाईंको निवेदनको प्रक्रिया पूरा गर्न सक्दैन । जसै तपाईंले आफ्नो प्रतिनिधिबाट जानकारी पाउनुहुन्छ, तसै फीमालाई उक्त प्रतिलिपि हात लगाएको पक्का गर्नुहोस् ।
फीमा सार्वजनिक सहायता
फीमाको सार्वजनिक सहायता कार्यक्रम (FEMA’s Public Assistance Program; PA) एउटा अनुदान कार्यक्रम हो, जसले राज्य तथा स्थानीय सरकारहरू र केही प्रकारका निजी गैर-नाफामुलक संस्थाहरूलाई राष्ट्रपतिको विपत्ति घोषणापछि आवश्यक पूर्वाधार पुनःनिर्माण गर्न अनुदान दिन्छ । जन-सुरक्षा प्रवर्द्धनका लागि भग्नावशेष हटाउने र आपातस्थितिका लागि सुरक्षासम्बन्धी उपायहरूका लागि सहयोगका साथै पानी प्रशोधन तथा बिजुलीका प्लान्टहरू, सरकारी भवनहरू र पार्कहरूसहित सडक, पुल, सार्वजनिक उपभोगका सेवा-सुविधाहरू जस्ता विपत्तिबाट क्षतिग्रस्त सुविधा-संरचना आदिको मरम्मत वा प्रतिस्थापन समावेश हुने स्थायी कामका लागि उपलब्ध छ । योग्य कामका लागि संघीय लागत साझेदारी ७५ प्रतिशतभन्दा कम हुनेछैन ।
जनवरी ३० को म्यादसम्ममा, फीमामा सार्वजनिक सहायता (RPA) का लागि २० वटा अनुरोधहरू पेश गरिएका छन् । तीमध्ये, १७ स्वीकृत भएका छन्, २ वटा राज्य वा फीमा समीक्षाका लागि विचाराधीन छन्, र एउटा फिर्ता भएको छ ।
न्यूनीकरणका लागि सामुदायिक शिक्षा तथा पहुँच
फीमाको न्यूनीकरणका लागि सामुदायिक शिक्षा तथा पहुँच (Mitigation Community Education & Outreach) समूहले मार्शल आगलागी तथा चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाबाट प्रभावित समुदायका सदस्यलाई न्यूनीकरणसम्बन्धी सल्लाह दिन्छ । विषयहरूमा घर मरम्मत, ज्वलन प्रतिरोधी निर्माण, वायु प्रतिरोधी निर्माण, आपूर्तिका सामानहरूका साथै, र ठेकेदारलाई काम तोक्ने पर्छन् । न्यूनीकरण विशेषज्ञहरू लाफियटस्थित विपत्ति पुन:निर्माण केन्द्रमा हुनुहुन्छ र स्थानीय आवास निर्माणका सामान पाउने ठूला दोकानहरूमा पनि जानुहुनेछ ।
व्यक्तिगत सहायताका अतिरिक्त, समुदायका सदस्यहरूलाई न्यूनीकरण सल्लाह पाउन फीमा न्यूनीकरण सीधा सम्पर्कको फोन र इमेल ठेगाना उपलब्ध छ ।
- सिधा सम्पर्कको फोनः ८३३.एफईएमए-४-युएस (833-FEMA-4-US अर्थात् ८३३.३३६.२४८७ / 833-336-2487) मा सोमबार – शुक्रबार, पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ७ बजे – दिउँसो ३ बजेसम्म फोन गर्नुहोस् (राष्ट्रपति दिवस, सोमबार, फेब्रुअरी २१, २०२२ मा बन्द हुनेछ) ।
- fema-r8-hmhelp@fema.dhs.gov मा इमेल गर्नुहोस् ।
बिहीबार, फेब्रुअरी १७ - मंगलबार, फेब्रुअरी २२ (सोमबार, फेब्रुअरी २१ मा बन्द हुनेछ) सम्म न्यूनीकरण समूह ३५५ केन प्राट बुलेभार्ड, लङ्गमन्ट, कोलोराडो (355 Ken Pratt Blvd, Longmont, Colorado) स्थित लोज (Lowe’s) मा हुनेछ । पहुँच आउँदो हप्ता जारी रहनेछ, बिहीबार, फेब्रुअरी २४ - मंगलबार, मार्च १ सम्म १७२७ म्यान स्ट्रिट, लङ्गमन्ट, कोलोराडो (1727 Main St, Longmont, Colorado) स्थित एस हार्डवेयर (Ace Hardware) मा ।
व्यक्तिहरूका लागि अतिरिक्त सहयोगहरू
विपत्ति कानुनी सेवाहरू: आगलागी तथा चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाबाट प्रभावित समुदायका सदस्यहरूका लागि नि:शुल्क कानुनी सहायता उपलब्ध छ । विपत्ति कानुनी सेवाहरूले ती व्यक्तिहरूलाई गोप्य कानुनी सहायता दिन्छन्, जो आफूले खर्च नबेहोरेको अवस्थामा विपत्तिका कारण उत्पन्न आवश्यकताहरू पूरा गर्न कानुनी सेवाहरू पाउन असमर्थ हुनुहुन्छ ।
विपत्ति कानुनी सेवाहरूका लागि सीधा सम्पर्क गर्ने फोन नम्बर ८७७.३७०.१२१६ (877.370.1216) हो ।
संख्यामा हेर्दा
- फीमा विपत्ति पुन:निर्माण केन्द्रमा आगजनीबाट प्रभावित २ हजार ७ सय ४२ जनासँग अन्तरक्रियाहरू भएका छन् ।
- फीमाका तर्फबाट कूल ७ सय ५ वटा घरको निरीक्षण पूरा भएको छ ।
- फीमाको विपत्तिबाट बँचेकाका लागि सहायता टोलीहरूले ४ हजार ७ सय ८० घर तथा व्यवसायहरू हेरेका छन् र अहिलेसम्म आगजनीबाट प्रभावित २ हजार ९ सय ७८ जनासँग अन्तरक्रिया गरेका छन् ।
- फीमाका न्यूनीकरण विशेषज्ञहरूले स्थानीय आवास निर्माणका सामान पाउने निम्न ठूला दोकानहरूमा र विपत्ति पुनःनिर्माण केन्द्रमा उहाँहरूको उपस्थितिमार्फत आगजनीबाट प्रभावित ९ सय ६१ जनालाई पुनःनिर्माण र मरम्मतसम्बन्धी सल्लाह दिनुभएको छ ।
धेरै जानकारीः
मार्शल आगलागी तथा बाउल्डर काउन्टीमा भएको चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाको पुनःनिर्माणबारे थप जानकारीका लागि, फीमाको विपत्तिसम्बन्धी वेबपेज https://www.fema.gov/disaster/4634 मा, कोलोराडोको अन्तरिक सुरक्षा तथा आपतकालीन व्यवस्थापन विभागको वेबपेज https://dhsem.colorado.gov/ वा बाउल्डर काउन्टीको वेबपेज https://www.bouldercounty.org/disasters/wildfires/marshall/ हेर्नुहोस् । साना व्यवसाय प्रशासनसम्बन्धी जानकारीका लागि https://disasterloanassistance.sba.gov/ela/s/ हेर्नुहोस् ।