सार्वजनिक सहायता कार्यक्रमले सामुदायिक पुनःनिर्माणमा सघाउँछ

Release Date Release Number
DR-4634-CO-NR-020

डेनभर - फीमाको सार्वजनिक सहायता कार्यक्रम (Public Assistance Program; PA) ले राज्य तथा स्थानीय सरकारहरू र केही प्रकारका निजी गैर-नाफामुलक संस्थाहरूलाई सार्वजनिक संरचनाको पुनःनिर्माण तथा जनस्वास्थ्य तथा सुरक्षामा सहयोग गर्ने जबाफी गतिविधिहरू सञ्चालन गर्न अनुदानरूपी क्षतिपूर्ति उपलब्ध गराउँछ ।

उक्त कार्यक्रमअन्तर्गत दुई खाले साधारण वर्गहरू छन्, आपातस्थितिका काम र स्थायी काम । आपातस्थितिका कामअन्तर्गतका परियोजनाहरूमा भग्नावशेष हटाउने र आपातस्थितिका सुरक्षासम्बन्धी उपायहरू पर्न सक्छन्, जसले आश्रय र जनस्वास्थ्य तथा सुरक्षाका खतराहरू जस्ता आपातस्थितिमा गरिने काम-सञ्चालनहरूमा सघाउँछ । स्थायी कामअन्तर्गतका परियोजनाहरूमा विपत्तिमा क्षति भएका बाटा, पुल, पिउने पानी प्रशोधन र बिजुली उत्पादन / वितरणका यन्त्रहरूसमेतका सार्वजनिक प्रयोगका सेवा-साधनहरू, सरकारी भवन तथा पार्कहरू जस्ता सेवा-सुविधा स्थलहरूको मरम्मत वा प्रतिस्थापन पर्नसक्छन् ।


विपत्ति घोषणापछि उक्त सार्वजनिक सहायताको प्रक्रिया राज्य स्तरमा निवेदकहरूलाई कार्यक्रम व्याख्या सञ्चालन गर्दै र संभावित निवेदकहरूलाई उच्च-स्तरको जानकारी उपलब्ध गराएर थालिन्छ । निवेदकहरूलाई गरिने व्याख्याहरूपछि सरकारी निकाय तथा निजी गैर-नाफामुलक संस्थाहरूले उक्त सार्वजनिक सहायता रकम पाउन फीमा सार्वजनिक सहायताका लागि आफ्नो अनुरोध दाखिल गर्छन् । अनि फीमा तथा राज्यले दाखिल गरिएका ती अनुरोधहरूलाई समीक्षा गर्छन् र रकम पाउन योग्य भए / नभएको निर्क्यौल गर्छन् ।


जब निवेदकहरूले स्वीकृति पाउँछन्, तब फीमाले हरेक निवेदकका संभावित परियोजनाहरू फेला पार्न, जानकारी संकलन गर्न, र सहायता कार्यक्रम अनुदान विकास प्रक्रियाभर निवेदकका प्रश्नहरूका उत्तर दिन एकजना कार्यक्रम हस्तान्तरण व्यवस्थापक (Program Delivery Manager; PDMG) तोक्छ । परियोजना विकास भनेको फिमा, राज्य तथा निवेदकको हातेमालो हो, जसमा क्षति स्थलको प्रारम्भिक निरिक्षणदेखि अन्तिम अनुदानका सबै पक्षहरू समेटिन्छन् । उक्त कार्यक्रमले मरम्मत सकेपछि वा प्रतिस्थापन गरेपछि खतरा न्यूनीकरण गर्ने उपायका लागि सहायता उपलब्ध गराएर भविष्यका घटनाहरूबाट सेवा-सुविधा स्थललाई क्षति हुनबाट जोगाउन गर्ने प्रयासमा पनि प्रोत्साहन गर्छ ।


फीमाको सार्वजनिक सहायता कार्यक्रम लागत बाँडफाँट क्षतिपूर्ति कार्यक्रम हो । यसमा निवेदकले काम गर्नुपर्छ, फीमा तथा राज्यलाई कागजपत्र उपलब्ध गराउनुपर्छ, र फीमाले संघीय लागत बाँडफाँट क्षतिपूर्ति दिलाउँछ । सहायताको संघीय लागत बाँडफाँट पाउन योग्य भनिएको लागतको ७५ प्रतिशतभन्दा कम हुँदैन । बाँकी लागत भने राज्य तथा निवेदकबीच बाँडफाँट हुन्छ । बाउल्डर काउन्टी विपत्ति घोषणाको एक अंशका रूपमा कोलोराडोले गैर-राज्य निवेदकहरूलाई २५ प्रतिशतको १२.५ प्रतिशत उपलब्ध गराइरहेको छ । स्वीकृत अनुदान रकम अरू संघीय कार्यक्रमहरू वा बिमा प्रक्रियाबाट प्राप्त सहायताको दोहोरो रूपको भने हुँदैन र त्यसले वातावरण, ऐतिहासिक संरक्षण, र बाढीबाट हुने क्षति व्यवस्थापन कानुनको पालना गरेको हुनुपर्छ ।


उक्त कार्यक्रमबारे थप जानकारीका लागि https://www.fema.gov/assistance/public/program-overview हेर्नुहोस् ।

Tags:
पछिल्लो अपडेट