फीमाको निर्णयमा पुनरावेदन गर्ने उपायहरू

Release Date Release Number
DR-4634-CO-NR-019

डेनभर - यदि तपाईंले मार्शल आगलागी र र चट्याङ्गका साथको हुन्डरीपछिको विपत्ति सहायताका लागि फीमामा निवेदन दिनुभएको थियो भने तपाईंले यसअघि नै निर्णयको पत्र पाइसक्नुभएको हुनसक्छ । यदि तपाईं विपत्ति सहायतामा फीमाको निर्णयप्रति असहमत हुनुहुन्छ भने तपाईंसँग पुनरावेदन गर्न र फीमालाई तपाईंको मामिला दोहोर्‍याएर हेर्न भन्ने विकल्प छ ।  

तपाईंले उक्त निर्णयको पत्र ध्यान दिएर पढ्न महत्त्वपूर्ण हुन्छ किनभने यसले तपाईं किन सहायता पाउन योग्य हुनुभएन भनेर विषय खुलाएको हुन्छ र तपाईंलाई उक्त निर्णय फेर्नसक्ने के के कामहरू गर्ने भनेर सिफारिस गरेको हुन्छ । प्रायःजसो तपाईंको निवेदनमा केही जानकारी अपूरो भए यस्ता पत्रहरू पठाइन्छ । तपाईंले थप जानकारी वा कागजपत्रहरू बुझाउन पर्ने हुन्छ, जस्तैः बिमा फछ्‌र्योट जानकारी, बसोबासको प्रमाण, क्षतिग्रस्त जेथाको स्वामित्वको प्रमाण, वा विपत्तिका बेला उक्त क्षतिग्रस्त जेथा तपाईंको मुख्य बसोबास थियो भन्ने प्रमाण ।

तपाईंलाई तपाईंको पुनरावेदन गर्न फीमाको निर्णयको पत्रमा प्रकाशित मितिदेखि ६० दिनको म्याद हुन्छ । तपाईंको पुनरावेदन लिखित रूपमा हुनुपर्छ र फीमाबाट विचार गर्न सकिने भनेर अनुरोध गरिएका कागजपत्रहरू वा जानकारी त्यसैका साथै बुझाउनुपर्छ ।

तपाईंको पुनरावेदनको पत्रमा के के राखेर बुझाउने भन्ने यहाँ छन्:

  • तपाईं सहयोगका लागि अयोग्य हुनुहुन्छ वा उक्त निकाय कुनै निर्णयमा पुगेन, वा तपाईंलाई दिइएको रकम अपर्याप्त भएको महसुस गरेको फीमा पत्रको प्रतिलिपि ।  
  • तपाईंको बिमा कम्पनीसँगको दोहोरो पत्राचार (सञ्चार), जसले मरम्मत गर्न तपाईंलाई आवश्यक पर्नेभन्दा कम क्षतिपूर्ति पाएको देखाएको होस्, तपाईं अस्थायी रूपमा अर्को ठाउँमा सर्न सघाउन पुग्दो छैन, वा निश्चित सामानहरूको सट्टा अरू किन्न / लिन पुग्दैन । तपाईंको बिमा कम्पनीले पहिले नै भुक्तान गरेका कुराकै लागि भने फीमाले तपाईंलाई सहायता गर्न सक्दैन भन्ने चाहिँ ख्याल राख्नुहोस् ।  
  • घरायसी प्रयोजनका सेवा-साधनको बिलको प्रतिलिपि, चालक अनुमति-पत्र, घरभाडा वा महसुल सम्झौता, बैंक स्टेटमेन्ट, स्थानीय विद्यालय कागजपत्र, सवारी-साधन दर्ताको कागज, वा रोजगारदाताबाट पत्र । यी सबै प्रमाणहरू दोस्रो घर वा बिदामा बस्ने घरभन्दा क्षतिग्रस्त घर वा भाडाको घर तपाईंको मुख्य बसोबास थियो प्रमाणित गर्न प्रयोग गर्न सकिन्छ ।  
  • घरधनी हो भन्ने प्रमाण, जस्तैः घर-ऋण वा बिमाका कागजपत्रहरू, कर तिरेका रसिदहरू, लालपुर्जाहरू, पछिल्ला केही वर्षहरूमा गरिएका मुख्य मरम्मतका रसिदहरू, वा अदालतको कागजात । यदि तपाईंका कागजपत्रहरू हराएका वा नष्ट भएका भए तिनीहरूको सट्टामा अरू कसरी पाउने भन्ने जानकारीका लागि www.usa.gov/replace-vital-documents मा जानुहोस् ।  
  • तपाईंलाई फीमाले योग्य क्षतिका लागि तपाईंले पाएभन्दा तपाईंको खाँचो धेरै थियो भनेर देखाउने खर्चहरूको रसिद वा कागजपत्रहरू ।  

तपाईंको पुनरावेदन पत्रमा दस्तखत गर्नुहोस् र मिति लेख्नुहोस् । विपत्ति नम्बर (DR-4634-CO)  सँगै प्रत्येक पृष्ठमा तपाईंको नौ अंकको फीमा निवेदन नम्बर लेख्नुहोस् र यी चारमध्ये कुनै एक तरिकाले बुझाउनुहोस्:

  • हुलाकमार्फत फीमा नेसनल प्रोसेसिङ्ग सर्भिस सेन्टर, पी.ओ. बक्स १००५५,  हायत्स्भिल, मेरिल्याण्ड २०७८२-८०५५ (FEMA National Processing Service Center, P.O. Box 10055, Hyattsville, MD 20782-8055) मा पठाउनुहोस् ।
  • तपाईंका कागजपत्रहरू http://www.DisasterAssistance.gov तपाईंको फीमा खाता (अकाउन्ट) मा अपलोड गर्नुहोस् ।
  • तपाईंका कागजपत्रहरू १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) स्थित विपत्ति पुन:निर्माण केन्द्र (Disaster Recovery Center) मा ल्याउनुहोस् । सेवा समय सोमबारदेखि शनिबार पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (आइतबार बन्द रहने) ।  
  • तपाईंका कागजपत्रहरू ८००.८२७.८११२ (800.827.8112) मा फ्याक्स गर्नुहोस्, त्यसमा ध्यानाकर्षणः फीमा लेख्नुहोस् ।

तपाईंबाट थप जानकारी चाहिए त्यसका लागि तपाईंले फीमाबाट फोन वा पत्र पाउन सक्नुहुन्छ । वा फीमाले तपाईंको घर वा जेथाको अर्को निरीक्षण गर्न समय तोक्नसक्छ । कुनै पनि अवस्थामा, फीमाले तपाईंको पुनरावेदन पाएको ९० दिनभित्र निर्णय गरिएको पत्र पाउने अपेक्षा गर्न सक्नुहुन्छ ।  

यदि तपाईं पुनरावेदन प्रक्रियाबारेमा थप जान्न वा तपाईंको निवेदनको स्थिति बुझ्न फीमा प्रतिनिधिसँग कुरा गर्न चाहनुहुन्छ भने तपाईंले निम्न विधिद्वारा गर्न सक्नुहुन्छ:  

  • ८००.६२१.३३६२ (800.621.3362) फोन गरेर । फोनमा कुरा गर्ने व्यक्तिहरू धेरै भाषा बोल्ने हुनुहुन्छ । निःशुल्क फोन नम्बर पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार हरेक दिन बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुला हुन्छ । यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने फीमालाई उक्त सेवाका लागि नम्बर दिनुहोस् ।
  • विपत्ति पुन:निर्माण केन्द्र गएर । फीमाका कार्यक्रम विशेषज्ञहरू निवेदन र पुनःनिर्माण प्रक्रियाहरूसम्बन्धी प्रश्नहरूको जवाफ दिन उपलब्ध हुनुहुन्छ ।

मार्शल आगलागी तथा बाउल्डर काउन्टीमा भएको चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाको पुनःनिर्माणबारे थप जानकारीका लागि, फीमाको विपत्तिसम्बन्धी वेबपेज https://www.fema.gov/disaster/4634 मा, कोलोराडोको अन्तरिक सुरक्षा तथा आपतकालीन व्यवस्थापन विभागको वेबपेज https://dhsem.colorado.gov/ वा बाउल्डर काउन्टीको वेबपेज https://www.bouldercounty.org/disasters/wildfires/marshall/ हेर्नुहोस् । साना व्यवसाय प्रशासनसम्बन्धी जानकारीका लागि https://disasterloanassistance.sba.gov/ela/s/ हेर्नुहोस् ।

Tags:
पछिल्लो अपडेट