प्रकोप पिडित सहायता DSA दलका सदस्यहरू सीमित पहुँच भएका घरहरू, विद्यालयहरू, गैर-नाफामुखी संस्थाहरू र समुदायहरूमा भ्रमण गर्दैछन। उनीहरूले स्थानीय अधिकारीहरू र सामुदायिक नेताहरूसँग पनि विपद-सम्बन्धित मामलाहरू र नपुगेको आवश्यकताहरू पहिचान गर्न भेटिरहेका छन।
प्रकोप पिडित सहायता DSA टोलीहरूले बचेकाहरूलाई सहायताको लागि दर्ता गर्न, तिनीहरूको जानकारी अद्यावधिक गर्न र साझेदार स्वयंसेवी संस्थाहरुमा जोडिन मद्दत प्रदान गर्न सक्छन। तिनीहरूले बासिन्दाहरूलाई दर्ता गर्न वा तिनीहरूको तर्फबाट जानकारी प्रविष्ट गर्न प्रस्ताव गर्न हाते कम्पुटर प्रयोग गर्ने अवसर दिन सक्छन।
प्रकोप पिडित सहायता DSA टोलिहरूले कहिल्यै पैसा माग्ने वा स्वीकार गर्ने छैनन।प्रकोप पिडित सहायता दस टोलीका कर्मचारीहरूले फोटो सहितको फेमा FEMA पहिचान ब्याज लगाउँछन् -फेमा फेमको कमिज, भेस्ट वा ज्याकेट पहिचानको प्रमाण होइन। कसैलाई दर्ता गर्न मद्दत गर्दा, तिनीहरूले सामाजिक सुरक्षा नम्बर, वार्षिक आय र बैंक जानकारी सहित व्यक्तिगत जानकारी माग्न सक्छन। बासिन्दाहरूलाई कुनै पनि व्यक्तिगत जानकारी प्रदान गर्नु अघि सोध्नेहरुको पहिचान के हो बुझ्न प्रोत्साहित गरिन्छ।
क्यालेडोनिया,चिटेनडेन,लामोइले,अरेन्ज,ओर्लेंस, रुटल्याण्ड, वाशिंगटन, विन्डह्याम र विन्डसोर काउन्टीहरूमा बाढीबाट प्रभावित मानिसहरूले सहायताको लागि दर्ता गर्न प्रकोप पिडित सहायता DSA टोलीको प्रतीक्षा गर्नुपर्दैन। आवेदन दर्ता गर्नको लागि फेमा FEMA मोबाइल एप, डाउनलोड गर्नुहोस वा यो वेबपेज मा जानुहोस DisasterAssistance.gov अथवा १ -८००-६२१-३३६२ मा सम्पर्क गर्नुहोस यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।
फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८ मा टोल-फ्री सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।