फीमाले बाउल्डर काउन्टीका लागि सार्वजनिक सहायता कार्यक्रममा थप सहयोग स्वीकृत गरेको छ

Release Date Release Number
DR-4634-CO-NR-018

डेनभर - बाउल्डर काउन्टी, कोलोराडोमा मार्शल आगलागी तथा चट्याङ्गका साथको हुन्डरीको परिणामका लागि डिसेम्बर ३१, २०२१ मा जारी राष्ट्रपतिको विपत्ति घोषणालाई क्षतिग्रस्त सार्वजनिक संरचनाको मरम्मत तथा प्रतिस्थापनका लागि अनुदान उपलब्ध गराउने काम समेट्न भनी विस्तार गरिएको छ ।

फीमाको सार्वजनिक सहायता कार्यक्रम (FEMA Public Assistance Program) ले राज्य तथा स्थानीय सरकारहरू एवम् केही प्रकारका निजी गैर-नाफामुलक संस्थाहरूलाई आवश्यक पूर्वाधार पुनःनिर्माण तथा जनस्वास्थ्य र सुरक्षालाई सघाउने जबाफी गतिविधिहरू चलाउन अनुदान दिन्छ । उक्त कार्यक्रमले पुनःनिर्माण प्रक्रिया चलिरहेका बेला जोखिम न्यूनीकरण उपायहरूका लागि सहयोग प्रदान गरेर भविष्यका घटनाहरूबाट यी क्षतिग्रस्त स्थल आदिहरूको सुरक्षालाई प्रोत्साहित गर्छ ।

बाउल्डर काउन्टी अब स्थायी कार्य परियोजनाहरूका लागि निवेदन दिन योग्य भएको छ । यसमा पानी प्रशोधन तथा बिजुलीका प्लान्टहरू, सरकारी भवनहरू र पार्कहरूसहित सडक, पुल, सार्वजनिक उपभोगका सेवा-सुविधाहरू जस्ता विपत्तिबाट क्षतिग्रस्त सुविधा-संरचना आदिको मरम्मत वा प्रतिस्थापन समावेश हुनसक्छ । फीमा र राज्यले कार्यक्रम निवेदकहरूसँग काम गर्छन्, त्यसो गर्नाले थप सहायताबारे चेतना जगाउन र अनुदानका लागि सम्भावित परियोजनाहरू चिनाउन काम गर्नेछ ।  

काउन्टीले यसअघि आपातस्थितिका कामका लागि स्वीकृत गरेको थियो । यसमा भग्नावशेष हटाउने र आपातस्थिति सुरक्षासम्बन्धी उपायहरू पर्छन्, जसले आश्रय र जनस्वास्थ्य तथा सुरक्षामा खतराहरू जस्ता आपतकालीन कार्यहरूमा सघाउँछ ।  

उक्त कार्यक्रमबारे थप जानकारीका लागि https://www.fema.gov/assistance/public/program-overview हेर्नुहोस् ।

मार्शल आगलागी तथा बाउल्डर काउन्टीमा भएको चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाको पुनःनिर्माणबारे थप जानकारीका लागि, फीमाको विपत्तिसम्बन्धी वेबपेज https://www.fema.gov/disaster/4634 मा, कोलोराडोको अन्तरिक सुरक्षा तथा आपतकालीन व्यवस्थापन विभागको वेबपेज https://dhsem.colorado.gov/ वा बाउल्डर काउन्टीको वेबपेज https://www.bouldercounty.org/disasters/wildfires/marshall/ हेर्नुहोस् । साना व्यवसाय प्रशासनसम्बन्धी जानकारीका लागि https://disasterloanassistance.sba.gov/ela/s/ हेर्नुहोस् ।

Tags:
पछिल्लो अपडेट