डेनभर - बाउल्डर काउन्टीमा भाडामा बस्नेहरू, जसको आवास र सम्पत्ति मार्शल आगलागी र चट्याङ्गका साथको हुन्डरीबाट क्षतिग्रस्त भएको थियो, उहाँहरूले संघीय विपत्ति सहायताका लागि निवेदन दिन सक्नुहुन्छ । निवेदन दिने म्याद मंगलबार, मार्च २, २०२२ सम्म हो ।
विपत्तिबाट प्रभावित बाउल्डर काउन्टीका भाडावाला तथा घरधनीहरूले अझै सहायताका लागि निवेदन दिन वा निम्न तरिकामा आफ्नो निवेदनको स्थिति जाँच्न सक्नुहुन्छ:
- DisasterAssistance.gov अनलाइनमा गएर ।
- ८००.६२१.३३६२ (800.621.3362) फोन गरेर । फोनमा कुरा गर्ने व्यक्तिहरू धेरै भाषा बोल्ने हुनुहुन्छ । निःशुल्क फोन नम्बर पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार हरेक दिन बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुला हुन्छ । यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने फीमालाई उक्त सेवाका लागि नम्बर दिनुहोस् ।
- १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) स्थित विपत्ति पुन:निर्माण केन्द्र (Disaster Recovery Center) गएर । सेवा समय सोमबारदेखि शनिबार पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (आइतबार बन्द रहने) ।
- स्मार्टफोन (Smartphone) हरूका लागि बनाइएको फीमा मोबाइल याप (FEMA mobile app) डाउनलोड गरेर ।
फीमाको व्यक्तिगत सहायता विद्यार्थीहरू र घरधनीहरूसहित भाडावालाहरूका लागि उपलब्ध छ । संघीय अनुदानले फीमा योग्यता मापदण्डमा आधारित अन्य सहायताका साथसाथै अस्थायी आवासका लागि भुक्तान गर्न मद्दत गर्नसक्छ ।
भाडावालाहरू पनि फीमाको अरू आवश्यकता सहायता कार्यक्रम (Other Needs Assistance program) अन्तर्गत सहायताका लागि योग्य हुन सक्नुहुन्छ । यी कोषहरू बिमा नगरिएका वा कम बिमा नगरिएका अत्यावश्यक निजी जेथा हानि र अन्य विपत्तिसम्बन्धी खर्चहरूका लागि हुन् । त्यस्ता योग्य खर्चहरूमा फर्निचर, उपकरण, कपडा, पाठ्यपुस्तकहरू, वा विद्यालय आपूर्तिहरू; स्व-रोजगारका लागि आवश्यक उपकरण र अन्य कामसम्बन्धी उपकरणहरूको प्रतिस्थापन वा मर्मत; प्राथमिक सवारी साधन; बिमा नगरिएका वा आफैंले तिर्नुपर्ने चिकित्सा, दन्त-चिकित्सा, शिशु-स्याहार, बसाइँ र भण्डारण खर्च समावेश हुनसक्छन् ।
अमेरिकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration; SBA) बाट भाडावालाहरू, घरधनीहरू, व्यवसायहरू र गैर-नाफामूलक संस्थाहरूका लागि दीर्घकालीन, कम ब्याजका विपत्ति ऋणहरू जसलाई बिमा र अन्य स्रोतहरूद्वारा पूर्ण रूपमा क्षतिपूर्ति नपाउने क्षतिहरूको खर्च बेहोर्ने सुविधा उपलब्ध छन् । भाडावालाहरूले आफ्नो सवारी साधनहरूसहित निजी सम्पत्ति प्रतिस्थापन गर्न ४० हजार डलर ऋण लिन सक्छन् । भौतिक सम्पत्ति क्षतिका लागि आवेदन दिने अन्तिम म्याद मंगलबार, मार्च २, २०२२ हो ।
लाफियटको विपत्ति पुन:निर्माण केन्द्रमा व्यक्तिगत रूपमा निवेदन दिनुहोस् वा https://disasterloanassistance.sba.gov/ela/s/ मा आफ्नो साना व्यवसाय प्रशासन (SBA) विपत्ति ऋण निवेदन अनलाइन बुझाउनुहोस् । प्रश्नहरूका लागि, साना व्यवसाय प्रशासन (SBA) लाई ८००.६५९.२९५५ (800.659.2955) मा फोन गर्नुहोस् । अमेरिकी सांकेतिक भाषामा साना व्यवसाय प्रशासन (SBA) को कम ब्याजमा विपत्ति ऋणका लागि कसरी निवेदन दिने भनेर व्याख्या गर्ने भिडियो https://youtu.be/0pvfgBaA6_Q मा छ ।