बाउल्डर काउन्टीको आगजनी र हुन्डरीको सहायताले ६ करोड १८ लाख डलर नाघ्यो

Release Date Release Number
DR-4634-CO-NR-013

डेनभर - राष्ट्रपति बाइडेनले कोलोराडोमा मार्शल आगलागी र चट्याङ्गका साथको हुन्डरीको क्षतिका लागि ठूलो विपत्ति घोषणा अनुमोदन गरेयताका चार सातामा, संघीय निकायहरूले जनवरी २७, २०२२ सम्म पुनःनिर्माणमा सहयोग गर्न ६ करोड १८ लाख डलरभन्दा बढी अनुदान र ऋण उपलब्ध गराएका छन् ।

आजका मितिसम्म, बाउल्डर काउन्टीमा जम्मा २,८२५ जनाले फीमामा सहायताका लागि निवेदन दिनुभएको छ । फीमाले व्यक्ति र घरपरिवार कार्यक्रममार्फत ८ लाख ५७ हजार १ सय ६८ डलर २८ सेन्ट्स स्वीकृत गरेको छ, जसमा ७ लाख ९ हजार ३ सय २८ डलर १४ सेन्ट्स घर मरम्मत र भाडा खर्चका लागि आवास सहायता, र १ लाख ४७ हजार ८ सय ४० डलर १४ सेन्ट्स निजी जेथाको मरम्मत वा प्रतिस्थापन, सवारी-साधन मरम्मत वा प्रतिस्थापन, बसाइँ-सराइ खर्च र अरू विपत्तिसम्बन्धी खाँचोहरू पूरा गर्ने अरू आवश्यक सहायताका लागि छन् ।

यसबाहेक, अमेरिकी साना व्यवसाय प्रशासन (U.S. Small Business Administration; SBA) ले घरधनी, भाडावाला र व्यवसायहरूका लागि कम ब्याजको विपत्ति ऋणका लागि ६ करोड ९ लाख ९६ हजार ८ सय डलर स्वीकृत गरेको छ ।

विपत्तिबाट प्रभावित ाउल्डर काउन्टीका सामुदायिक सदस्यहरूले अझै पनि सहायताक लागि निवेदन दिन वा निम्न तरिकामा आफ्नो निवेदनको स्थिति जाँच्न सक्नुहुन्छ:

  • DisasterAssistance.gov अनलाइनमा गएर ।
  • ८००.६२१.३३६२ (800.621.3362) फोन गरेर । फोनमा कुरा गर्ने व्यक्तिहरू धेरै भाषा बोल्ने हुनुहुन्छ । निःशुल्क फोन नम्बर पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार हरेक दिन बिहान ५ बजेदेखि राती ९ बजेसम्म खुला हुन्छ । यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने फीमालाई उक्त सेवाका लागि नम्बर दिनुहोस् ।
  • १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) स्थित विपत्ति पुन:निर्माण केन्द्र (Disaster Recovery Center) गएर । सेवा समय सोमबारदेखि शनिबार पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म (आइतबार बन्द रहने) ।
  • स्मार्टफोन (smartphone) हरूका लागि बनाइएको फीमा मोबाइल याप (FEMA mobile app) डाउनलोड गरेर ।

निवेदन दिने म्याद मार्च २, २०२२ सम्म हो ।

फीमासँग सम्पर्कमा रहनुहोस्

फीमा विपत्ति सहायताका लागि निवेदन दिएका घरधनी र भाडावालाहरूलाई उहाँहरूको पत्राचारको ठेगाना, फोन नम्बर, इमेल ठेगाना, र यदि उहाँहरूले थप क्षति फेला पार्नुभयो वा बिमा फर्छ्यौट भएमा फीमालाई जानकारी दिन प्रोत्साहित गरिन्छ । सम्पर्क जानकारी अद्यावध गर्नाले फीमालाई तपाईंले प्रश्न सोध्न वा नयाँ जानकारी उपलब्ध गराउन सक्ने उपाय भएको पक्का गर्छ । तपाईंको निवेदनमा छुटेका वा गलत जानकारीका कारण सहायता पाउन ढिलो हुनसक्छ ।

तपाईंको बिमा दाबीमा कुनै पनि नयाँ जानकारीका सम्बन्धमा फीमासँग सम्पर्कमा बसिरहनु फाइदाजनक हुन्छ । जबसम्म बिमा फर्छ्यौटको प्रतिलिपि तपाईंको फाइलमा हुँदैन, तबसम्म फीमाले तपाईंको निवेदनको प्रक्रिया पूरा गर्न सक्दैन । जसै तपाईंले आफ्नो प्रतिनिधिबाट जानकारी पाउनुहुन्छ, तसै फीमालाई उक्त प्रतिलिपि हात लगाएको पक्का गर्नुहोस् ।

फीमा जन-सहायता (FEMA Public Assistance)

फीमाको जन-सहायता कार्यक्रम (Public Assistance Program; PA) एउट अनुदान कार्यक्रम हो, जसले राज्य तथा स्थानीय सरकारहरू र केही प्रकारका निजी गैर-नाफामुलक संस्थाहरूलाई राष्ट्रपतिको विपत्ति घोषणापछि आवश्यक पूर्वाधार पुनःनिर्माण गर्न अनुदान दिन्छ । जन-सुरक्षा प्रवर्द्धनका लागि भग्नावशेष हटाउने र आपतकालका लागि सुरक्षासम्बन्धी उपायहरूका लागि सहयोग उपलब्ध छ । योग्य कामका लागि संघीय लागत साझेदारी ७५ प्रतिशतभन्दा कम हुनेछैन । राज्यले सम्भावित निवेदकहरूका लागि यो सहायताका लागि कसरी निवेदन दिनेबारे जानकारीमूलक छलफलहरू चलाउँदै आएको छ ।

 

अहिलेसम्म, फीमामा जन-सहायता (RPA) का लागि १२ वटा अनुरोधहरू पेश गरिएका छन् । ती मध्ये, ८ स्वीकृत भएका छन् र ४ वटा राज्य वा फीमा समीक्षाका लागि विचाराधीन छन् ।

 

जन-सहायताको अनुरोध गर्ने अन्तिम मिति जनवरी ३०, २०२२ हो । थप जानकारीका लागि https://mars.colorado.gov/news-article/jan-30-deadline-public-assistance-application हेर्नुहोस् ।

न्यूनीकरणका लागि सामुदायिक शिक्षा तथा पहुँच

फीमाको न्यूनीकरणका लागि सामुदायिक शिक्षा तथा पहुँच (Mitigation Community Education & Outreach) समूहले मार्शल आगलागी तथा चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाबाट प्रभावित समुदायका सदस्यलाई न्यूनीकरणसम्बन्धी सल्लाह दिन्छ । विषयहरूमा घर मरम्मत, ज्वलन प्रतिरोधी निर्माण, वायु प्रतिरोधी निर्माण, आपूर्तिका सामानहरूका साथै, र ठेकेदारलाई काम तोक्ने पर्छन् । न्यूनीकरण विशेषज्ञहरू लाफियट (Lafayette) स्थित विपत्ति पुन:निर्माण केन्द्रमा हुनुहुन्छ र स्थानीय आवास निर्माणका सामान पाउने ठूला दोकानहरूमा पनि जानुहुनेछ ।

व्यक्तिगत सहायताका अतिरिक्त, समुदायका सदस्यहरूलाई न्यूनीकरण सल्लाह पाउन फीमा न्यूनीकरण सीधा सम्पर्कको फोन र इमेल ठेगाना उपलब्ध छ ।

  • सिधा सम्पर्कको फोनः ८३३.एफईएमए-४-युएस (833-FEMA-4-US अर्थात् ८३३.३३६.२४८७ / 833-336-2487) मा सोमबार – शुक्रबार, पर्वतीय प्रामाणिक समय (एमएसटी) अनुसार बिहान ७ बजे – दिउँसो ३ बजेसम्म फोन गर्नुहोस् ।
  • fema-r8-hmhelp@fema.dhs.gov मा इमेल गर्नुहोस् ।

बिहीबार, जनवरी २७ देखि मंगलबार, फेब्रुअरी १ सम्म न्यूनीकरण समूह १६०० २९औं स्ट्रिट, बाउल्डर, कोलोराडो (1600 29th St., Boulder, Colorado) स्थित होम डिपो (Home Depot) र २५२५ एराफोड एभेन्यू, बाउल्डर, कोलोराडो (2525 Arapahoe Ave., Boulder, Colorado) मा हुनेछ ।

आगामी साताहरूमा, पहुँच थप स्थानीय आवास निर्माणका सामान पाउने निम्न ठूला दोकानहरूमा जारी रहनेछ:

  • बिहीबार, फेब्रुअरी ३ - मंगलबार, फेब्रुअरी ८: लोज, ११७१ डिलन रोड, लुइभिल, कोलोराडो (Lowe’s, 1171 Dillon Rd, Louisville, Colorado)
  • बिहीबार, फेब्रुअरी १० - मंगलबार, फेब्रुअरी १५: होम डिपो, ३९३ साउथ होभर रोड, लङ्गमन्ट, कोलोराडो (393 S Hover Rd, Longmont, Colorado)
  • बिहीबार, फेब्रुअरी १७ - मंगलबार, फेब्रुअरी २२: लोज, ३५५ केन प्राट बुलेभार्ड, लङ्गमन्ट, कोलोराडो (Lowe’s, 355 Ken Pratt Blvd, Longmont, Colorado)
  • बिहीबार, फेब्रुअरी २५ - मंगलबार, मार्च १: एस हार्डवेयर, १७२७ म्यान स्ट्रिट, लङ्गमन्ट, कोलोराडो (Ace Hardware, 1727 Main St, Longmont, Colorado) ।

व्यक्तिहरूका लागि अतिरिक्त सहयोगहरू

विपत्ति बेरोजगारी सहायता: बाउल्डर काउन्टीमा, कोलोराडो श्रम तथा रोजगार विभाग (Colorado Department of Labor and Employment) मा दाबी दर्ता गर्ने अन्तिम दिन बुधबार, फेब्रुअरी २ हो । थप जान्न र दाबी दर्ता थाल्न https://cdle.colorado.gov/unemployment/disaster-unemployment-assistance हेर्नुहोस् ।

विपत्ति पूरक पोषण सहायता कार्यक्रम (D-SNAP): कोलोराडो मानव सेवा विभाग तथा बाउल्डर काउन्टीको स्वास्थ्य तथा मानव सेवाहरू (Boulder County Health and Human Services) ले विपत्ति पूरक पोषण सहायता कार्यक्रम (D-SNAP) चालु गरेको छ । डि-स्न्याप (D-SNAP) ले न्यूनदेखि मध्यम आय स्तरका योग्य घरपरिवारहरूलाई आपतकालीन स्न्याप (SNAP) सुविधाहरू दिनसक्छ, जसले सामान्यतया स्न्याप सहायता र प्रतिस्थापन अनुदान पाउनुहुन्न र खाद्यान्नबापत स्न्याप सुविधाहरूका लागि नगद पाउनुहुन्न, जो आगलागीमा परेर वा बिजुली गएर खेर गएको थियो । निम्न जीपकोडहरूमा बस्ने घरपरिवारहरू डि-स्न्यापका लागि योग्य हुन सक्नुहुन्छ: ८०३०३, ८००२१, ८००२६, ८००२७ र ८००२० ।

धेरै जानकारी https://cdhs.colorado.gov/DSNAP-Boulder मा उपलब्ध छ, ५१५ कफम्यान स्ट्रिट (515 Coffman St) स्थित बाउल्डर काउन्टीको स्वास्थ्य तथा मानव सेवाहरू गएर वा ३०३.४४१.१००० (303.441.1000) मा फोन गरेर पाइन्छ । निवेदन दिने म्याद फेब्रुअरी १ सम्म हो ।

संख्यामा हेर्दा

थप जानकारीः

मार्शल आगलागी तथा बाउल्डर काउन्टीमा भएको चट्याङ्गका साथको हुन्डरीले क्षतिका घटनाको पुनःनिर्माणबारे थप जानकारीका लागि, फीमाको विपत्तिसम्बन्धी वेबपेज https://www.fema.gov/disaster/4634 मा, कोलोराडोको अन्तरिक सुरक्षा तथा आपतकालीन व्यवस्थापन विभागको वेबपेज https://dhsem.colorado.gov/ वा बाउल्डर काउन्टीको वेबपेज https://www.bouldercounty.org/disasters/wildfires/marshall/ हेर्नुहोस् । साना व्यवसाय प्रशासनसम्बन्धी जानकारीका लागि https://disasterloanassistance.sba.gov/ela/s/ हेर्नुहोस् ।

Tags:
पछिल्लो अपडेट