तपाईंको फीमा सहायता पत्र तथा आउँदा चरणहरू बुझ्नु

Release Date Release Number
DR-4634-CO-NR-002

डेनभर - यदि तपाईंले मार्शल आगलागी (Marshall Fire) पछि विपत्ति सहायताका लागि फीमामा निवेदन दिनुभएको थियो भने तपाईंले यसअघि नै निर्णयको पत्र पाइसक्नु भएको हुनसक्छ । उक्त पत्रले तपाईंको निवेदन स्थिति र कसरी प्रक्रिया अघिबढ्छ भनेर व्याख्या गर्नेछ । उक्त पत्रलाई ध्यान दिएर पढ्न महत्त्वपूर्ण हुन्छ किनभने त्यसमा फीमाले उपलब्ध गराउन सक्ने कुनै पनि सहयोग रकम र विपत्ति सहायता कोषको यथायोग्य प्रयोगबारे जानकारी समावेश हुनेछ ।

केही अवस्थामा, तपाईंले फीमा आर्थिक सहायता निवेदन प्रक्रिया जारी राख्न थप जानकारी वा सहयोगी कागजातहरू बुझाउनुपर्ने हुनसक्छ । त्यसरी नपुगेका भनेर भनिने कागजातका उदाहरणहरू समावेश हुन सक्छन्:

  • बिमाले बेहोर्ने क्षतिको सीमा
  • बिमा प्रदायकबाट बिमा दाबीको फर्स्यौट वा अस्वीकार पत्र
  • परिचयको प्रमाण
  • भोगचलनको प्रमाण
  • स्वामित्वको प्रमाण
  • विपत्तिका समयमा क्षति भएको जेथा निवेदकको मुख्य बासस्थान थियो भन्ने प्रमाण

यदि तपाईंसँग तपाईंको पत्रबारे प्रश्नहरू छन् भने, DisasterAssistance.gov मा अनलाइन जानुहोस् वा ८००.६२१.३३६२ (800.621.3362) मा फोन गर्नुहोस् । यदि तपाईं भिडियो रिले (VRS), क्याप्शन टेलिफोन वा अरू सेवा जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने, फीमालाई उक्त सेवाका लागि नम्बर दिनुहोस् ।

यदि तपाईं तपाईंका प्रश्नहरूका उत्तर आफैं गएर व्यक्तिगत रूपमा पाउन चाहनुहुन्छ भने तपाईं १७५५ एस. पब्लिक रोड, लाफियट, कोलोराडो (1755 S. Public Road, Lafayette, Colorado) स्थित बाउल्डर काउन्टी विपत्ति सहायता केन्द्र (Boulder County Disaster Assistance Centre) सँगै रहेको विपत्ति पुन:निर्माण केन्द्र (Disaster Recovery Center) जान सक्नुहुन्छ ।

विपत्ति पुन:निर्माण केन्द्रमा तपाईंको व्यक्तिगत निवेदनबारे छलफल गर्नका लागि कर्मचारी उपलब्ध हुनुहुन्छ र उहाँहरूले तपाईंलाई थप कागजातहरू के आवश्यक छ भनेर बताउन सक्नुहुन्छ । तपाईंले आवश्यक कागजातहरू सोझै केन्द्रमा ल्याउन सक्नुहुन्छ, जहाँ कर्मचारीहरूले तपाईंलाई निवेदन बुझाउन सघाउन सक्नुहुन्छ । यदि महत्त्वपूर्ण कागजातहरू आगोले क्षति भएको भए निवेदक सहायता विशेषज्ञहरूले पनि तपाईंलाई बदलीमा काम गर्ने कागजात पाउन मद्दत गरेर सहयोग गर्न सक्नुहुन्छ ।

कोलोराडोको पुनःनिर्माणका प्रयासहरूबारे ताजा जानकारीका लागि http://www.fema.gov/disaster/4634 हेर्नुहोस् । ट्वीटरमा फीमालाई https://twitter.com/FEMARegion8 र फेसबुकमा http://www.facebook.com/fema अनुगमन गर्नुहोस् ।

Tags:
पछिल्लो अपडेट