तपाईंले फेमा FEMA सहायताको लागि आवेदन गरेपछि के आशा गर्ने

Release Date:
अगस्ट 7, 2023

तपाईंले फेमा FEMA सहायताको लागि आवेदन दिएपछि, सुरुमा यदि गर्नुभएको छैन भने तपाईंले बीमा दाबी दर्ता गर्नुपर्छ।फेमा FEMA ले तपाईंलाई जानकारी प्रमाणित गर्न वा घर निरीक्षण पुरा गर्न सम्पर्क गर्न सक्छ, र तपाईंलाई अमेरिकी साना ब्यबसाय प्रशासनमा पठाउन सक्छ। जब फेमा FEMA ले तपाइँको आवेदन प्रशोधन गर्छ, तपाइँले एक  फैसला पत्र प्राप्त गर्नुहुनेछ, जुन तपाइँले  पुनरावेदन गर्न सक्नुहुन्छ।

बिमा दाबि दर्ता

यदि तपाईंसँग घरमालिक, भाडामा लिनेहरूको वा बाढी बीमा छ भने, सकेसम्म चाँडो दावी दाबि गर्नुहोस्।फेमा FEMA ले बीमा द्वारा बेहोरिएको नोक्सानहरूको लागि फेरी सहायता गर्न सक्दैन, त्यसैले यो संस्थाले तपाइँको आवेदन प्रक्रिया गर्नु अघि तपाइँको बीमा के बेहोरेको छ भनेर हेर्न आवश्यक छ। यदि तपाईंको बिमा नीतिले तपाईंको सबै खर्चहरू बेहोर्दैन भने, तपाईं संघीय सहायताको लागि योग्य हुन सक्नुहुन्छ। 

घर निरीक्षण 

यदी तपाईंले आफ्नो घरमा सुरक्षित रूपमा सायद बस्न सक्नुहुन्न वा सक्नुहुन्न भनी रिपोर्ट गर्नुहुन्छ भने, फेमा FEMA ले घरमै आएर  वा टाढाको निरीक्षण मार्फत क्षति प्रमाणित गर्नुपर्छ। फेमा FEMA कर्मचारीहरूले तपाईंलाई निरीक्षण भेट  गर्न कल गर्नेछन् - याद गर्नुहोस् कि उनीहरूले अज्ञात वा प्रतिबन्धित नम्बरबाट कल गर्न सक्छन। तपाईं, तपाईंको सह-आवेदक, वा तपाईंले लिखित रूपमा तोक्नुभएको अर्को व्यक्ति उपस्थित हुँदा मात्र निरीक्षकले भ्रमण गर्नेछन।

फेमा FEMA निरीक्षकहरूलाई प्रकोपबाट हुने क्षति पहिचान गर्न तालिम दिइएको छ, तर तिनीहरूले तपाईंले सहायता प्राप्त गर्ने कि नगर्ने निर्णय गर्दैनन। यदि आवश्यक भएमा, फेमा FEMA ले अनुवाद र साङ्केतिक भाषा ASL दोभाषेहरू सहित, तपाईं र निरीक्षकले कुराकानी गर्न सक्ने कुरा सुनिश्चित गर्न उचित सुविधाहरु उपलब्ध गराउनेछ। निरीक्षण पुरा हुन ४५ मिनेट सम्म लाग्न सक्छ।

फेमा FEMA घर निरीक्षणको बारेमा थप जानकारीको लागि यो वेबपेजमा जानुहोस Home Inspections | FEMA.gov, अथवा उपयुक्त भीडीयोहरु यहाँ हेर्नुहोस  FEMA Accessible: Home Inspections - YouTube.

साना ब्यबसाय प्रशासन 

फेमा FEMA ले तपाईंलाई दीर्घकालीन, कम ब्याज प्रकोप ऋणको लागि आवेदन दिनको लागि अमेरिकी  साना ब्यबसाय प्रशासन  (SBA) मा पठाउन सक्छ। फेमा FEMA ले तपाईंलाई सन्दर्भ गरेपछि, तपाईंले सकेसम्म चाँडो आवेदन पेश गर्नुपर्छ। अमेरिकी  साना ब्यबसाय प्रशासन SBA  का  ऋणहरू प्रकोपबाट बाँचेकाहरूका लागि संघीय पुनर्स्थापन कोषको सबैभन्दा ठूलो स्रोत हो - र अमेरिकी  साना ब्यबसाय प्रशासन SBA ऋणको लागि आवेदन गर्दा फेमा FEMA ले तपाईंलाई अन्य प्रकारको सहायताको लागि विचार गर्न अनुमति दिन्छ।

साना ब्यबसाय प्रशासन SBA ले सबै आकारका व्यवसायहरू, निजी गैर-नाफामुखी संस्थाहरू, घरधनीहरू र भाडामा लिनेहरूलाई दीर्घकालीन, कम ब्याजको विपद् ऋणहरू प्रदान गर्दछ। यो आवेदन दिन नि: शुल्क छ, र तपाईंले स्वीकृत भएमा ऋण स्वीकार गर्नै पर्छ भन्ने छैन। यदि साना ब्यबसाय प्रशासन SBA ले तपाईलाई अयोग्य पाएको छ भने, उसले तपाईलाई फेमा FEMA मा फिर्ता पठाउनेछ, जसले तपाईलाई थप प्रकारको सहायताको लागि मुल्यांकन गर्नेछ।

निर्धारण पत्र

तपाईंले फेमा FEMA बाट चिठी वा इमेल मार्फत एउटा पत्र प्राप्त गर्नुहुनेछ, तपाईंले आवेदन गर्दा संकेत गर्नुभएको प्राथमिकताको आधारमा। पत्रले फेमा FEMA ले तपाईलाई सहयोगको लागि योग्य पाएको छ कि छैन, कति, र कसरी सहायता प्रयोग गर्नुपर्छ भनेर व्याख्या गर्नेछ।

यदी तपाइँको पत्रले तपाइँ अयोग्य हुनुहुन्छ भने, यसको मतलब तपाइँलाई अस्वीकार गरिएको हैन। यदी  तपाईं निर्णय  सँग सहमत हुनुहुन्न भने निर्णयको पुनरावेदन कसरी गर्ने भनेर पत्रले व्याख्या गर्नेछ थप जानकारीको लागि यो वेबपेजमा जानुहोस  अन्तिम निर्णय बिरुद्ध कसरी पुनरावेदन गर्ने? | FEMA.gov.

सहयोग उपलब्ध छ

यस प्रक्रियाको कुनै पनि चरणमा व्यक्तिगत रूपमा मद्दतको लागि, प्रको पुनर्स्थापन केन्द्रमा जानुहोस्, जहाँ फेमा FEMA र साना ब्यबसाय प्रशासन SBA का विशेषज्ञहरूले प्रश्नहरूको जवाफ दिन सक्छन्, तपाईंलाई कागजातहरू पेश गर्न र पुनरावेदन प्रक्रियामा मार्गदर्शन गर्न मद्दत गर्न सक्छन। राज्य भरका प्रभावित क्षेत्रहरूमा केन्द्रहरू खुला छन् - तपाईंको नजिकैको केन्द्र खोजी गर्न,यो वेबपेज भ्रमण गर्नुहोस fema.gov/drc.

यदी तपाइँ भावनात्मक पीडा महसुस गर्दै हुनुहुन्छ भने, अमेरिकी स्वास्थ्य र मानव सेवा विभागको विपद कष्ट सहयोग लाइन ८००-९८५-५९९० मा उपलब्ध छ। यो निशुल्क, बहुभाषी संकट समर्थन सेवा २४सै घण्टा सातै दिन खुला रहन्छ र यो  लागु पदार्थ दुरुपयोग र मानसिक स्वास्थ्य सेवा प्रशासन द्वारा संचालित छ । अमेरिकी सांकेतिक भाषा प्रयोगकर्ताहरूले भिडियोफोन मार्फत ८००-९८५-५९९० मा सहयोगलाइनलाई सम्पर्क गर्न सक्छन। वा यो वेबसाइटमा www.samhsa.gov/find-help/disaster-distress-helpline."ASL Now" विकल्प चयन गरेर।

आवेदन कसरी दिने

यदि तपाईं क्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम  वा विन्डसोर  काउनटी मा बस्नुहुन्छ र भर्मन्टको जुलाईको गम्भीर आँधीबाट प्रभावित हुनुभएको छ भने, फेमा FEMA ले अस्थायी आवास खर्च, आधारभूत घर मर्मत र अन्य प्रकोप सम्बन्धी खर्चहरूमा मद्दत गर्न सक्षम हुन सक्छ। आवेदन दिन यो वेबपेजमा जानुहोस DisasterAssistance.gov, एपल एप स्टोर  वा गुगल प्ले स्टोर मार्फत फेमा FEMA एप डाउनलोड गर्नुहोस, वा फेमा FEMA को निशुल्क सहयोगी लाइन ८०० -६२१ -३३६२ मा कल गर्नुहोस, भाषा अनुवाद उपलब्ध छ। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य  रिले सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा FEMA लाई त्यो सेवाको लागि तपाइँको नम्बर दिनुहोस। 

यदी तपाईंको ठेगाना हाल तोकिएको क्षेत्रमा छैन भने, तपाईंले अझै पनि ८००-६२१-३३६२ मा फेमा FEMA सहयोगलाइनमा फोन गरेर आवेदन दिन सक्नुहुन्छ। यदि तपाईंको काउन्टी घोषणामा थपियो भने यसले तपाईंलाई अगाडि बढ्न दिनेछ। 

व्यक्तिगत मद्दतको लागि, प्रकोप पुनर्स्थापन केन्द्रमा जानुहोस्, जहाँ फेमा FEMA विशेषज्ञहरूले निबेदनहरूमा मद्दत गर्न, प्रश्नहरूको जवाफ दिन र सहयोगी स्रोतहरू  खोज्न मद्धत प्रदान गर्न सक्छन। तपाईको नजिकको केन्द्र फेला पार्न, यो वेबपेज भ्रमण गर्नुहोसfema.gov/drc.

फेमा FEMA ले निम्न चीज माग गर्दछ:

  • हालको फोन नम्बर जहाँ तपाईलाई सम्पर्क गर्न सकिन्छ;
  • प्रकोपको समयमा तपाईंको ठेगाना;
  • तपाईं अहिले बसेको ठेगाना;
  • तपाईंको सामाजिक सुरक्षा नम्बर;
  • क्षति र हानि को एक सूची;
  • बैंकिङ जानकारी (यदि तपाइँ प्रत्यक्ष निक्षेप छनौट गर्नुहुन्छ); र
  • यदि बीमा गरिएको छ भने, तपाईंको बीमा नीति नम्बर, एजेन्ट र/वा बीमा कम्पनी.

बासिन्दाहरूलाई सहायताको लागि आवेदन दिन मद्दत गर्न फेमा FEMA को प्रकोप पिडित सहायता टोलीहरू राज्यभरका समुदायहरूमा घर-घरमा जाँदैछन्। तिनीहरूले कसरी मद्दत गर्न सक्छन - र तिनीहरूलाई कसरी ठगि गर्ने समुहहरूबाट छुट्याउन सकिन्छ भन्ने - जान्नको लागि यो वेबपेज भ्रमण गर्नुहोस FEMA Disaster Survivor Assistance Crews Support Vermont Communities | FEMA.gov.

आवेदन कसरी दिने भनेर उपयुक्त भीडीयोहरु हेर्न यो लिंकमा जानुहोस FEMA Accessible: Three Ways to Register for FEMA Disaster Assistance - YouTube.

पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 र फेसबुकमा facebook.com/FEMA.

भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट