1.फेमा FEMA ले प्रकोपबाट बाँचेकाहरूलाई धेरै तरिकाले जोडिने मौका प्रदान गर्दछ।

Release Date:
जुलाई 31, 2023

क्यालेडोनिया,चिटेनडेन, लामोइले , अरेन्ज, ओर्लेंस, रुटल्याण्ड,वाशिंगटन, विन्डहाम  र विन्डसोर काउन्टीमा भाडाम बस्नेहरु जसको घर र सम्पत्ति जुलाईको गम्भीर आँधी, बाढी, पहिरो र माटोको कारणले क्षतिग्रस्त भएको थियो, उनीहरूको लागि संघिय कोष मार्फत सहयोग उपलब्ध छ। 

फेमा FEMA समुदायमा छ, जसले बाँचेकाहरूलाई सहयोगको लागि आवेदन दिन र उनीहरूको मामलाको बारेमा फेमा FEMA प्रतिनिधिसँग काम गर्ने धेरै तरिकाहरू प्रदान गर्दछ।

आवेदन कसरि दीने:

प्रकोप सहायताको लागि पिडितहरुले निम्न गर्न सक्छन:

  • यो वेबपेजमा जानुहोस DisasterAssistance.gov
  • डाउनलोड गर्नुहोस फेमा FEMA मोबाइल एप  एपलको एप स्टोर वा गुगल प्ले स्टोर मार्फत; 
  • फेमाको निशुल्क सहयोगी लाइन ८००-६२१-३३६२ मा बिहान ७ देखि बेलुका ११ सम्म सम्पर्क गर्न सक्नु हुन्छ( पुर्बिय समय); । यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस। ; वा

  • फेमा FEMA सँग व्यक्तिगत रूपमा प्रकोप पुनर्स्थापना केन्द्र , व्यवसाय पुनर्स्थापना केन्द्र, तपाईंको समुदायमा घर-दैलोमा प्रचार गर्ने र प्रभावित क्षेत्रमा अवस्थित बहु-एजेन्सी स्रोत केन्द्रहरूमा सम्पर्क गर्नुहोस ।

  कसरि सही तरिकाले आवेदन दिने भन्ने बुझ्न यो भीडीयो हेर्नुहोस youtube.com/watch?v=WZGpWI2RCNw.

यदी तपाई सहयोग  घोषणा नभएको काउन्टीमा बस्नु हुन्छ र क्षति भएको छ भने फेमा FEMA को सहयोगीलाईन १-८००- ६२१- ३३६२ मा सम्पर्क गर्नुहोस र जब तपाइको काउन्टीमा सहयोग घोषणा हुन्छ तब तपाइको निबेदन प्रक्रिया सुरु हुन्छ। 

प्रकोप पुनर्स्थापना केन्द्र (DRC)

प्रकोप पुनर्स्थापना केन्द्र (DRC) हरूले व्यक्ति रसाना व्यवसाय मालिकहरूलाई व्यक्तिगत सहयोग प्रदान गर्दछ।फेमा FEMA, अमेरिकी साना ब्यबसाय प्रशासन  (SBA), र थप स्रोतहरू मार्फत  पुनर्स्थापन विशेषज्ञहरूले प्रकोपबाट  बचेकाहरूलाई सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र प्रश्नहरूको जवाफ दिन मद्दत गर्न सक्छन।

  • पाँच प्रकोप पुनर्स्थापन केन्द्रहरु रुटल्याण्ड ,वाशिंगटन र विन्डह्याम  काउन्टीमा खुलेका छन।  उनिहरुको ठेगाना :
    • ASA Bloomer Building, 88 Merchants Row, Rutland, VT 05701 
    • Waterbury Armory, 294 Armory Drive, Waterbury, VT 05676
    • Barre Auditorium, 16 Auditorium Hill, Barre, VT 05641
    • Flood Brook School, 91 Vermont–11, Londonderry, VT 05148
    • Twinfield Union School, 106 Nasmith Brook Road, Plainfield, VT 05667
    • खुल्ने समय हरेक दीन बिहान ८ बजेदेखि बेलुका ७ बजे सम्म।
  • पाँच प्रकोप पुनर्स्थापन केन्द्रहरु खुल्ने समय यहाँ गएर हेर्न सकिन्छ DRC Locator (fema.gov/drc).

केन्द्रहरु निम्न सहयोग गर्न सक्छन:

  • आवेदनहरू भर्न मद्दत प्रदान;
  • प्रकोप पिडितहरुको निबेदन अद्धाबधिक गर्न;
  • फेमा FEMA माथप कागजातहरू पेश गर्न मद्दत;
  • प्रकोपबाट बाँचेकाहरूलाई विभिन्न सेवाहरू प्रदान गर्ने स्वयंसेवक संस्थाहरूमा जोडिन सेवाहरू प्रदान गर्ने; र 
  • ऋण मद्दत र ग्राहक सेवाको लागि अमेरिकी साना ब्यबसाय प्रशासन मा पहुँच प्रदान गराई दीने।

बहु-एजेन्सी स्रोत केन्द्रहरू (MARCs):

बहु-एजेन्सी स्रोत केन्द्र MARC एक एकल स्थान हो जहाँ सार्वजनिक र निजी संस्थाहरू प्रकोपबाट प्रभावितहरूलाई मद्दत गर्न एकसाथ आउँछन। बहु-एजेन्सी स्रोत केन्द्रहरु  सहकार्यात्मक सञ्चालनहरू हुन। 

उनीहरुको ठेगाना र खुल्ने समय यहाँ पाउन सकिन्छ: https://vem.vermont.gov/flood/marc

प्रकोपबाट बचेकाहरुलाई सहयोग (DSA):

प्रकोपबाट बचेकाहरुलाई सहयोग DSA र फेमा FEMA टोलीहरू भर्मन्टको  समुदायहरूमा घर-घर जाँदै छन, टोल छिमेकहरूमा  प्रचार गर्दै र आँधी प्रभावित बासिन्दाहरूलाई फेमा FEMA प्रकोप सहायताको लागि आवेदन दिन मद्दत गर्दै छन।

प्रकोपबाट बचेकाहरुलाई सहयोग DSA दलका सदस्यहरू सीमित पहुँच भएका घरहरू, विद्यालयहरू, गैर-नाफामुखी संस्थाहरू र समुदायहरूमा भ्रमण गर्दैछन। उनीहरूले स्थानीय अधिकारीहरू र सामुदायिक नेताहरूसँग पनि विपद-सम्बन्धित मामलाहरू र नपुगेको आवश्यकताहरू पहिचान गर्न भेटिरहेका छन।

प्रकोपबाट बचेकाहरुलाई सहयोग DSA  टोलीहरूले बाँचेकाहरूलाई सहायताको लागि आवेदन दिन, तिनीहरूको जानकारी अद्यावधिक गर्न र स्वयंसेवक संस्था साझेदारहरुसंग जोडिन मद्दत प्रदान गर्न गर्न सक्छन्। तिनीहरूले बासिन्दाहरूलाई दर्ता गर्न वा तिनीहरूको तर्फबाट जानकारी प्रविष्ट गर्न प्रस्ताव गर्न हाते कम्प्युटर प्रयोग गर्ने अवसर दिन सक्छन।प्रकोपबाट बचेकाहरुलाई सहयो DSA कर्मचारीहरूले आफ्नो फोटोसहितको फेमा  FEMA पहिचान ब्याज लगाउँछन।

 

अमेरिकी साना ब्यबसाय प्रशासन (SBA):

अमेरिकी साना ब्यबसाय प्रशासन SBAले घरमालिक, भाडामा लिनेहरू, सबै आकारका व्यवसायहरूलाइ सहयोग गर्न र  दीर्घकालीन, कम ब्याज विपद ऋणको लागि आवेदन दिन मद्दत चाहिने गैर-नाफामुखी संस्थाहरूलाई मद्दत गर्न तीन स्थानहरूमा व्यवसाय पुनर्स्थापना केन्द्रहरु (BRCs) खोलेको छ:

  • वाशिंगटन काउन्टी: 751 Granger Road Berlin, Vermont 05641 
  • विन्डसोर काउन्टी: 126 Main Street Ludlow, Vermont 05149 
  • लामोइले काउन्टी: 29 Sunset Drive, Morrisville, VT 05661

उनीहरुको ठेगाना र खुल्ने समय यहाँ पाउन सकिन्छ: https://www.sba.gov/article/2023/07/17/sba-offers-disaster-assistance-businesses-residents-vermont-affected-recent-severe-storms-flooding

यदी तपाइँ अघोषित काउन्टीमा बस्नुहुन्छ र क्षति भएको छ भने, तपाइँले आवेदन दिन १ -८०० -६२१ -३३६२  मा फेमा (FEMA) हेल्पलाइनमा कल गर्न सक्नुहुन्छ र यदि तपाइँको काउन्टीमा सहयोग घोषित भयो भने, तपाइँको आवेदन प्रक्रिया सुरु हुनेछ।. 

पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 र फेसबुकमा facebook.com/FEMA.

भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा टोल-फ्री सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट