फेमा FEMA ले भरमोन्टमा कर्मचारी खोज्दै छ

Release Date Release Number
018
Release Date:
अगस्ट 5, 2023

फेमा FEMA ले  भर्मन्ट राज्यसँगको साझेदारीमा, जुलाईको बाढी, भीषण आँधी, पहिरो र माटोपहिरो बाट पुनर्स्थापन  सहयोग गर्न राज्यका बासिन्दाहरूलाई भर्ती गर्दैछ।

यो संस्थाका अस्थायी कार्यालयहरू वरपरका क्षेत्रहरूमा फेमा FEMA को छोटो-अवधि, पुर्णकालिन  कामहरूको लागि धेरै अवसरहरु खुल्ला छन। अस्थायी अवसरहरू १२० दिनका लागि हुन्, तर विपद्को आवश्यकताको आधारमा विस्तार हुन सक्छन। आवश्यक भएमा थप पदहरू खोलिन सक्छ।

फेमा FEMA सँग काम गर्नाले भर्मन्टका बासिन्दाहरूलाई उनीहरूका छिमेकीहरूलाई उनीहरूको पुनर्स्थापनमा मद्दत गर्न अनुमति दिनेछ। स्थानीय तहमै भर्ना गर्नु समुदायप्रति फेमा FEMA को प्रतिबद्धताको अंश हो। र स्थानीय रूपमा नियुक्तिले अमेरिकाको प्रकोप पुनर्स्थापन कार्यबल निर्माण गर्न मद्दत गर्दछ: धेरै वर्तमान फेमा FEMA कर्मचारीहरूले तिनीहरूको राज्यमा ठुलो प्रकोप पछि स्थानीय कामदारको रूपमा सुरु गरेका थिए।

थप जानकारीको लागि र आवेदन दिनको लागि यो लिंकमा जानुहोस USAJobs - Search. वा   USAJobs.gov, अनि  “FEMA” भन्ने शब्द खोज्नुहोस   “Keywords” को मुनि  र “Vermont” भन्ने शब्द “Location”मा हाल्नुहोस।

हाल उपलब्ध रोजगारहरूको लिङ्कहरू तल छन्: 

  • वातावरणीय बाढी मैदान विशेषज्ञ: USAJobs - Job Announcement – बन्द हुने मिति रातको ११:५९  अगष्ट ८ 
  • ऐतिहासिक संरक्षण विशेषज्ञ: USAJobs - Job Announcement – बन्द हुने मिति रातको ११:५९  अगष्ट ८ 
  • रसद विशेषज्ञ: USAJobs - Job Announcement –  बन्द हुने मिति रातको ११:५९  अगष्ट ९
  • रचनात्मक विशेषज्ञ : USAJobs - Job Announcement –  बन्द हुने मिति रातको ११:५९  अगष्ट ९
  • मिडिया सम्बन्ध विशेषज्ञ: USAJobs - Job Announcement –  बन्द हुने मिति रातको ११:५९  अगष्ट ९
  • पर्यावरण विशेषज्ञ: USAJobs - Job Announcement –  बन्द हुने मिति रातको ११:५९  अगष्ट १० 
  • जोखिम न्युनिकरण विशेषज्ञ : USAJobs - Job Announcement –  बन्द हुने मिति रातको ११:५९  अगष्ट १० 
  • कार्यक्रम संचालन कार्यबल अधिकृत: USAJobs - Job Announcement –  बन्द हुने मिति रातको ११:५९  अगष्ट १० 
  • स्वयंसेवक संस्था सम्पर्क विशेषज्ञ : USAJobs - Job Announcement –बन्द हुने मिति रातको ११:५९अगष्ट १० 

प्रत्येक रोजगारी आवेदन अन्तिम म्याद वा आवेदन सीमा पुगेको  दिन रातको ११ :५९  बजे(पुर्बी समय EST ) मा बन्द हुनेछ, जुन पहिले आउँछ।

केही स्थानहरूमा प्रभावित क्षेत्रहरूमा जान सवारी साधन आवश्यक हुन सक्छ। तपाईं एक अमेरिकी नागरिक, १८ वर्ष वा माथिको हुनुपर्दछ, र आवेदन दिनको लागि हाई स्कुल डिप्लोमा वा GED भएको हुनुपर्छ।

फेमा FEMA हाम्रो राष्ट्रको विविधता झल्काउने उच्च दक्ष जनशक्तिलाई रोजगारी दिन प्रतिबद्ध छ। सबै आवेदकहरूको  जाति, रंग, धर्म, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिलाई ध्यान नदिई उनीहरुको आवेदन उपर बिचार गरिने छ । संघीय सरकार सबैलाइ समान अवसर प्रदान गर्ने रोजगारदाता हो। 

पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 र फेसबुकमा facebook.com/FEMA.

भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement.

Tags:
पछिल्लो अपडेट