मार्सल फायर लसेस (Marshall Fire Losses) बाट सहायताको लागि FEMA मा सम्पर्क गर्नुहोस्

Release Date Release Number
DR-4634-CO-NR-001
Release Date:
जनवरी 1, 2022

DENVER – मार्सल फायरबाट क्षति बेहोरेका बोल्डर काउन्टीका वासिन्दा तथा व्यवसायहरू राज्य तथा संघीय विपद सहायताको लागि योग्य हुन सक्छन्।  FEMA सँग अस्थायी आवास खर्च, आधारभूत घर मर्मत र अन्य आवश्यक विपद सम्बन्धी आवश्यकताहरूको लागि आर्थिक सहायता प्रदान गर्ने कार्यक्रमहरू छन्। FEMA ले अन्य स्थानीय, राज्य, संघीय तथा स्वैच्छिक सहायता कार्यक्रमको लागि पनि रेफरल गर्दछ।

पहिले, यदि तपाईंले त्यसो गरिसक्नु भएको छैन भने आफ्नो बीमा कम्पनीमा सम्पर्क गर्नुहोस् र विपदबाट भएको क्षतिको लागि दावी दायर गर्नुहोस्।  तपाईंले सफाई सुरु गर्न पर्खिनु पर्दैन तर क्षतिको फोटो वा भिडियो लिन सुनिश्चित हुनुहोस् र मर्मत कार्यको लागि सबै रसिदहरू राख्नुहोस्।

यदि तपाईंका बीमा नगरिएका वा कम बिमित क्षतिहरू छन् भने FEMA बाट सहायताको लागि आवेदन दिनुहोस्। तपाईंले त्यसो विभिन्न तरिकाले गर्न सक्नुहुन्छ:

  • DisasterAssistance.gov मा जानुहोस् र “Apply Online” मा क्लिक गर्नुहोस्।
  • 800-621-3362 (800-462-7585 TTY) मा कल गर्नुहोस्। बहुभाषी अपरेटरहरू उपलब्ध छन्। टोल-फ्री नम्बरहरू हरेक दिन बिहान 5 बजेदेखि राति 9 बजे MST सम्म खुला रहन्छन्। यदि तपाईं भिडियो रिले सेवा (VRS), क्याप्शन फोन, वा अन्य जस्ता रिले सेवा प्रयोग गर्नुहुन्छ भने, त्यस सेवाको लागि FEMA लाई नम्बर दिनुहोस्।
  • स्मार्ट फोन वा मोबाइल उपकरणहरूको लागि FEMA एप डाउनलोड गर्नुहोस्।
  • आइतबार Lafayette मा 1755 S. Public Road मा बोल्डर काउन्टी विपद सहायता केन्द्रमा 1 देखि साँझ 5 बजेसम्म FEMA आवेदन सहायता कर्मचारीसँग भेट्नुहोस्।  थप समयको घोषणा पछि गरिनेछ।
  • www.SBA.gov/disaster मा अनलाइन उपलब्ध व्यवसाय तथा आवासहरूको लागि न्यून ब्याजमा U.S. लघु व्यवसाय प्रशासन विपद ऋणहरूको लागि कसरी आवेदन दिने बारे जानकारी।  तपाईंले 800-659-2955 मा पनि कल गर्न सक्नुहुन्छ वा disastercustomerservice@sba.gov मा इमेल गर्न सक्नुहुन्छ। TTY प्रयोगकर्ताले 800-877-8339 मा कल गर्न सक्छन्।

SBA ले सबै आकारका व्यवसाय, प्रायः निजी गैर-नाफामुखी संस्था, घरधनी तथा भाडामा बस्नेहरूलाई संघीय न्यून ब्याज विपद ऋण प्रदान गर्दछ।

FEMA वा SBA बाट आर्थिक सहायताको अतिरिक्त, आवेदन दिएर तपाईंलाई संघीय, राज्य तथा स्थानीय विपद सहायता कार्यक्रम वा स्वयंसेवी एजेन्सीहरूबाट सहयोगको लागि पठाउन सकिन्छ।

निम्न जानकारी उपलब्ध हुनु उपयोगी हुन्छ:

  • क्षति भएको आवास/संरचनाको ठेगाना (विपद पूर्व ठेगाना)
  • हालको मेलिङ ठेगाना
  • हालको टेलिफोन नम्बर
  • बीमा जानकारी
  • कूल पारिवारिक वार्षिक आय
  • सामाजिक सुरक्षा नम्बर
  • चेकिङ वा बचत खाताको लागि राउटिङ तथा खाता नम्बर (यसले FEMA लाई प्रत्यक्ष रूपमा बैंक खातामा विपद सहायता कोष ट्रान्सफर गर्न अनुमति दिन्छ)
  • विपदबाट भएको क्षति तथा नोक्सानको विवरण
Tags:
पछिल्लो अपडेट