राष्ट्रिय बाढी बीमा कार्यक्रम बारे भर्मोन्टका बासिन्दाहरूलाई के थाहा हुनुपर्छ

Release Date:
अगस्ट 10, 2023

भर्मन्टको भर्खरको आँधीहरुले बाढीले कति क्षति पुर्‍याउन सक्छ भनेर देखाउँछ। राष्ट्रिय बाढी बीमा कार्यक्रमको नीति लिएर तपाईंको घर वा व्यवसायको बीमा गर्दा तपाईंलाई अर्को बाढीको लागि तयारी गर्न र त्यसबाट पुनर्स्थापन गर्न मद्दत गर्न सक्छ।

राष्ट्रिय बाढी बीमा कार्यक्रम के हो?

राष्ट्रिय बाढी बीमा कार्यक्रमले बाढीको उच्च जोखिममा रहेका क्षेत्रका मानिसहरूलाई बीमा गराउन मद्दत गर्छ।फेमा FEMA द्वारा प्रबन्धित(छानिएका) र ५० भन्दा बढी बीमा कम्पनीहरूको संजालद्वारा संचालन गरिएको, (राष्ट्रिय बाढी बीमा कार्यक्रम) NFIP ले सम्पत्ति मालिकहरू, भाडामा लिनेहरू र व्यवसायहरूलाई बाढीको पानी घट्दै जाँदा  छिटो पुनर्स्थापन मद्दत गर्न बाढी बीमा प्रदान गर्दछ।

भाडामा लिनेहरू, घर मालिकहरू र व्यवसायहरूका लागि

(राष्ट्रिय बाढी बीमा कार्यक्रम) NFIP नीतिहरू उक्त नीतिमा भाग लिने क्षेत्रहरूमा भाडामा लिनेहरू, घर मालिकहरू र व्यवसायहरूका लागि उपलब्ध छन। (राष्ट्रिय बाढी बीमा कार्यक्रम) NFIP मा भाग लिने समुदायहरूले बाढीको क्षतिलाई न्यूनीकरण गर्ने योजनालाई पछ्याउँछन्, जसमा निर्माणकर्ताहरूलाई निश्चित सुरक्षात्मक उपायहरू स्थापना गर्न वा बाढीको जोखिममा रहेका क्षेत्रहरूमा विकास सीमित गर्न आवश्यक पर्दछ। तपाईंको समुदाय यो नीतिमा उल्लेख गरिएको छ कि छैन भनेर हेर्न,(राष्ट्रिय बाढी बीमा कार्यक्रम) NFIP रेफरल कल सेन्टरमा ८००-४२ -४६६१ मा कल गर्नुहोस वा यो वेबपेजमा जानुहोस।FloodReady.Vermont.gov/Find_Funding/Flood_Insurance.

मलाई बाढी बीमा किन आवश्यक छ?

यदी तपाईं "उच्च जोखिम" क्षेत्रमा बस्नुहुन्न भने पनि, तपाईंको घरमा अझै पनि बाढी आउन सक्छ - (राष्ट्रिय बाढी बीमा कार्यक्रम) NFIP दावीहरूको २० प्रतिशत भन्दा बढी उच्च जोखिम क्षेत्रहरू बाहिरबाट आउँछन्। बाढीको पानीको मात्र एक इन्चले $ २५,००० सम्म क्षति पुर्याउन सक्छ।फेमा FEMA सहायताले बाढी पछी तपाईंको घरलाई सुरक्षित बनाउनेछ, तर यसले सबै क्षतिलाई पुरताल गर्न सक्दैन। विपद्पछि पुनर्स्थापन कोषको सबैभन्दा ठुलो स्रोत भनेको बीमा हो।

घरस्वामित्व बीमा बाढी बीमा होइन

अधिकांश घरमालिक र भाडामा लिनेहरूको बीमा नीतिहरूले बाढीको क्षतिलाई बेहोर्दैनन। यदि तपाईंको नीतिले विशेष रूपमा बाढी समावेश गर्दैन भने, तपाईंलाई पुनर्स्थापन गर्नको लागि छुट्टै बाढी बीमा चाहिन्छ।

मेरो घर भर्खरै बाढी आयो। के म बीमा पाउन सक्छु?

तपाईको घर, अपार्टमेन्ट वा व्यवसाय कति पटक बाढी आएको छ भन्ने कुराले फरक पार्दैन। यदि तपाईंको समुदायले (राष्ट्रिय बाढी बीमा कार्यक्रम) NFIP मा भाग लिन्छ भने, तपाईं बाढी बीमाको लागि योग्य हुनुहुन्छ।

यदी  तपाइँसँग बीमा छ भने, सकेसम्म चाँडो दावी दर्ता गर्नुहोस्। आफ्नो एजेन्टलाई कल गर्नुहोस्, आफ्नो क्षतिको तस्विर लिनुहोस्, र सबै मर्मतका लागि रसिदहरू राख्नुहोस्। थप जानकारीको लागि, वेबपेजमा जानुहोसwww.FloodSmart.gov/How-Do-I-Start-My-Flood-Claim.

अहिले बीमा प्राप्त गर्दा पहिले नै भएको क्षतिहरु मर्मत गरिदैन, यसले तपाईंलाई भविष्यका आँधीहरूबाट जोगाउन सक्छ। तपाईं कुनै पनि समयमा बाढी बीमा किन्न सक्नुहुन्छ। तपाईंले नीति प्रभावकारी हुनु अघि बीमा किस्ता भुक्तान गरेपछि धेरैजसो नीतिहरू लागु हुन ३० दिनको प्रतीक्षा अवधि हुन्छ।

यदी तपाइँसँग बाढीको क्षति छ भने,फेमा  FEMA मद्दत गर्न सक्षम हुन सक्छ। यदि तपाइँले बीमा गर्नुभएको छ भने, तपाइँले दावी दर्ता प्रक्रिया को लागी पर्खनु पर्दैन। आवेदन दिनको लागि DisasterAssistance.gov, वा  फेमा मोबाइल एप डाउनलोड गर्नुहोस । फेमा FEMA सहयोग लाइन ८००-६२१-३३६२ मा सम्पर्क गर्न पनि सक्नु हुन्छ । भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस। 

प्रकोप पुनर्स्थापन केन्द्र जहाँ तपाईलाइ फेमा FEMA विशेषज्ञहरुले आवेदन दिन सहयोग र तपाईको प्रश्नको व्यक्तिगत जवाफ दिन सक्छन, उक्त बिबरणको लागि यो वेबपेज मा जानुहोस  fema.gov/drc.

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट