फेमा FEMA ले तपाईलाइ पठाएको पत्र बुझ्ने निर्देशनहरु

Release Date:
अगस्ट 8, 2023

क्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम  र विन्डसोर काउन्टीका प्रकोप पीडितहरूले जुलाईको गम्भीर आँधी, बाढी, पहिरो रमाटोपहिरोको लागि फेमा FEMA बाट सहयोगको लागि आवेदन दिएकाहरूले चिठी वाइमेल मार्फत फेमा FEMA बाट योग्यता निर्धारण पत्र प्राप्त गर्नेछन।

 यसले तपाईं सहयोगको लागि अयोग्य हुनुहुन्छ भन्न सक्छ, तर त्यो अस्वीकार होइन।

पत्रलाई ध्यानपुर्वक पढ्नु महत्त्वपूर्ण छ किनभने यसमा फेमा FEMA ले प्रदान गर्न सक्ने सहयोगको रकम र विपद सहायता कोषको उपयुक्त प्रयोगको बारेमा जानकारी समावेश हुनेछ। पत्रले तपाइँको आवेदन स्थितिको बारेमा पनि व्याख्या गर्नेछ र तपाइँलाई प्रतिकुल निर्णय बिरुद्ध पुनरावेदन गर्न के गर्न आवश्यक छ भनेर सल्लाह दिन्छ।

प्रायः, तपाईंले वित्तीय सहायताको लागि आफ्नो आवेदनको समीक्षा जारी राख्नको लागि फेमा FEMA लाइ थप जानकारी वा समर्थन गर्ने कागजातहरू मात्र पठाउनु पर्छ। अपर्याप्त कागजातका उदाहरणहरू निम्न हुन सक्छन:

  • बीमा नीति को प्रमाण;
  • बीमा दावी वा बीमा प्रदायकबाट सम्झौता वा अस्वीकार पत्र ;
  • पहिचानको प्रमाण;
  • बसोबास को प्रमाण;
  • स्वामित्वको प्रमाण; वा
  • क्षतिग्रस्त सम्पत्ति प्रकोपको समयमा आवेदकको प्राथमिक निवास थियो भन्ने प्रमाण।

यदी तपाईलाइ आफुले पाएको पत्रको बारेमा प्रश्न छ भने,प्रकोप सहायता सहयोगी लाइन ८०० -६२१ -३३६२ मा कल गर्नुहोस। सहयोगी विशेषज्ञहरु हफ्ताको सातै दिन र बर्षमा ३६५ दिन नै उपलब्ध छन। भाषा अनुवाद उपलब्ध छ। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य  रिले सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा FEMA लाई त्यो सेवाको लागि तपाइँको नम्बर दिनुहोस।

अथवा व्यक्तिगत मद्दतको लागि, प्रकोप पुनर्स्थापन केन्द्रमा जानुहोस्, जहाँ फेमा FEMA विशेषज्ञहरूले निबेदनहरूमा मद्दत गर्न, प्रश्नहरूको जवाफ दिन र सहयोगी स्रोतहरू  खोज्न मद्धत प्रदान गर्न सक्छन। तपाईको नजिकको केन्द्र फेला पार्न, यो वेबपेज भ्रमण गर्नुहोस fema.gov/drc .

कसरी फेमा FEMA को निर्णय पुनरावेदन गर्ने

यदी तपाइँ फेमा FEMA को निर्णय वा प्रदान गरिएको सहयोगको रकमसँग असहमत हुनुहुन्छ भने, तपाइँले पुनरावेदन  पत्र र तपाइँको दावीलाई समर्थन गर्ने कागजातहरू पेश गर्न सक्नुहुन्छ, जस्तै घर मर्मतको लागि ठेकेदारको अनुमान। तपाइँसँग तपाइँले फेमा FEMA निर्णय पत्र पाएको मिति देखि ६० दिन भित्र फेमा FEMA मा पुनरावेदन गर्ने म्याद हुन्छ। 

कानुन अनुसार,फेमा FEMA ले तपाईंलाई अनुदान उपलब्ध गराउन सक्दैन जब कुनै अन्य स्रोत - बीमा, चन्दा वा स्वयंसेवी संस्थाहरूकोआर्थिक सहायताले प्रकोपसंग सम्बन्धित आवश्यकताको खर्चहरू पुरा गरेको छ भने। अर्को शब्दमा, यदी तपाईंले पहिले नै आफ्नो बीमा कम्पनीबाट सोही मर्मतका लागि रकम प्राप्त गर्नुभयो भने फेमा FEMA ले घर मर्मतको लागि रकम भुक्तानी गर्न सक्दैन।

यद्यपि, कम बीमा भएकाहरूले बीमा दाबीहरू सुल्झाए पछि अपरिहार्य आवश्यकताहरूको लागि सहायता प्राप्त गर्न सक्छन्। फेमा FEMA  तपाईको आधारभुत आवश्यकताहरूमा मद्दत गर्न सक्षम हुन सक्छ तर यसले बीमाले कटौती गर्ने रकम सहायता प्रदान गर्दैन।

हस्ताक्षरित र मिति भएको पत्रमा, पुनरावेदनको कारण(हरू) व्याख्या गर्नुहोस। पुनरावेदनहरू लिखित रूपमा हुनुपर्छ र यसमा निम्न समावेश हुनुपर्छ:

  • आवेदकको पुरा नाम
  • विपद(प्रकोप) नम्बर (DR-4720 -VT)
  • प्रकोप पहिलेको प्राथमिक निवास को ठेगाना
  • आवेदकको हालको फोन नम्बर र ठेगाना
  • सबै कागजातहरूमा तपाईंको नौ-अङ्कको फेमा FEMA आवेदन नम्बर

यदि आवेदक वा सह-आवेदक बाहेक अरू कसैले पुनरावेदन पत्र लेख्छ भने, त्यो व्यक्तिले त्यसमा हस्ताक्षर गर्नु पर्छ र आवेदकको तर्फबाट कार्य गर्न व्यक्तिलाई अधिकार दिने हस्ताक्षर गरिएको दस्ताबेज फेमा FEMA लाइ प्रदान गर्नुपर्छ। 

पुनरावेदनहरू तपाईंको फेमा FEMA निर्धारण पत्रमा उल्लेख गरिएको मितिको ६० दिन भित्र प्रेषित गरिनुपर्छ। पुनरावेदन  पत्र र सहायक कागजातहरू तपाईंको व्यक्तिगत फेमा FEMA अनलाइन खातामा अपलोड गर्न सकिन्छ। खाता बनाउन, यो वेबपेजमा जानुहोस DisasterAssistance.gov र निर्देशनहरू पालना गर्नुहोस्।

कागजातहरू पेश गर्ने अन्य तरिकाहरू निम्न छन:

  • चिट्ठी मार्फत: FEMA National Processing Service Center, P.O. Box 10055, Hyattsville MD 20782-7055
  • फ्याक्स मार्फत: ८००-८२७-८११२ Attention: FEMA 

पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 र फेसबुकमा facebook.com/FEMA.भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement

फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।

Tags:
पछिल्लो अपडेट