न्यूपोर्ट स्थित प्रकोप सुधार केन्द्र नोभेम्बर ९ मा बन्द हुंदैछ [https://www.fema.gov/ne/press-release/20241106/disaster-recovery-center-newport-scheduled-close-november-9] Release Date: नोभेम्बर 6, 2024 २२२ मेन स्ट्रिट्को न्यूपोर्ट सिटी म्युनिसिपल भवनमाअवस्थित प्रकोप सुधार केन्द्र  (डिआरसि) नोभेम्बर ९ शनिवारका दिन साँझ ६ बजेबाट स्थायी रूपमा बन्द हुने छ। उक्त समय सम्मको लागि  केन्द्र बिहान ९ बजे देखि सांझ ६ बजे सम्म रहनेछ। यो केन्द्र जुलाई ९-११ र जुलाई २९-३१ मा भएको आँधी र बाढीबाट प्रभावित बासिन्दाहरूका लागि खोलिएको हो जो फिमा र अन्य विपद् सुधार विशेषज्ञहरूसँग व्यक्तिगत रूपमा कुरा गर्न चाहन्छन।  बासिन्दाहरूले फिमा सहायताको लागि आवेदन दिन डिआरसि मा जानु पर्दैन। नोभेम्बर २५ को अन्तिम म्याद अघि सहायताको लागि आवेदन दर्ता गर्ने अन्य तरिकाहरू तल समावेश छन्: * अनलाइनको लागिः DisasterAssistance.gov [https://www.disasterassistance.gov/] * मोबाइल यापको लागि: FEMA mobile app [https://www.fema.gov/about/news-multimedia/mobile-products] * फिमा हेल्पलाइन ८००-६२१-३३६२ मा फोन गर्न सकिन्छ। सहायता धेरै भाषाहरूमा उपलब्ध छ। यदि तपाइँ भिडियो रिले सेवा, क्याप्शन टेलिफोन सेवा वा अर्को रिले सेवा प्रयोग गर्न चाहनुहुन्छ भने फिमा लाई त्यो सेवाको लागि तपाइँको नम्बर दिनुहोस्। फोन लाइनहरू हप्ताको सातै दिन बिहान ७ बजेदेखि राति ११ बजेसम्म सञ्चालनमा रहन्छन्। समयसीमा पछि पनि फिमा विशेषज्ञहरू आवेदकहरूलाई मद्दत गर्न उपलब्ध हुनेछन्। जसले पहिले नै फिमामा आवेदन गरिसकेका छन्, उनिहरुले प्रश्नहरू सोध्न सक्छन, सम्पर्क जानकारी र आवेदनहरू अद्यावधिक गर्न सक्छन् र  सहायता लाइनमा फोन गरेर फिमाले आफ्नो लागि गरेको निर्णय बिरुद्ध अपील गर्न सल्लाह प्राप्त गर्न सक्छन्।