तपाईंले फेमा FEMA सहायताको लागि आवेदन गरेपछि के आशा गर्ने [https://www.fema.gov/ne/press-release/20230807/what-expect-after-you-apply-fema-assistance] Release Date: अगस्ट 7, 2023  यदि तपाईं क्यालेडोनिया, चिटेनडेन, लामोइले , अरेन्ज, अर्लेंस, रुटल्याण्ड , वाशिंगटन, विन्डह्याम  वा विन्डसोर  काउनटी मा बस्नुहुन्छ र भर्मन्टको जुलाईको गम्भीर आँधीबाट प्रभावित हुनुभएको छ भने तपाई फेमा FEMA सहायता योग्य हुन सक्नुहुन्छ। फेमा FEMA सहायता तपाईको पुनर्स्थापन सुरु गर्नको लागि हो। यसमा तपाईं विस्थापित हुँदा बसोबास गर्नको लागि अनुदान, तपाईंको घर बस्न योग्य बनाउन मर्मत, र अन्य प्रकोप-सम्बन्धित आवश्यकताहरू जस्तै आवश्यक घरायसी वस्तुहरू प्रतिस्थापन, बाल हेरचाह, चिकित्सा, दन्तचिकित्सा र अन्त्येष्टि खर्चहरू समावेश हुन सक्छ। तपाईको आगामी कदमहरु यदि तपाईंसँग घरमालिक, भाडामा लिनेहरूको वा बाढी बीमा छ भने, सकेसम्म चाँडो दावी दाबि गर्नुहोस्।फेमा FEMA ले बीमा द्वारा बेहोरिएको नोक्सानहरूको लागि फेरी सहायता गर्न सक्दैन, त्यसैले यो संस्थाले तपाइँको आवेदन प्रक्रिया गर्नु अघि तपाइँको बीमा के बेहोरेको छ भनेर हेर्न आवश्यक छ। फेमा FEMA ले तपाईंलाई दीर्घकालीन, कम ब्याज प्रकोप ऋणको लागि आवेदन दिनको लागि अमेरिकी साना ब्यबसाय प्रशासन  (SBA) मा पठाउन सक्छ। फेमा FEMA ले तपाईंलाई सन्दर्भ गरेपछि, तपाईंले सकेसम्म चाँडो आवेदन पेश गर्नुपर्छ। अमेरिकी  साना ब्यबसाय प्रशासन SBA  का  ऋणहरू प्रकोपबाट बाँचेकाहरूका लागि संघीय पुनर्स्थापन कोषको सबैभन्दा ठूलो स्रोत हो - र अमेरिकी  साना ब्यबसाय प्रशासन SBA ऋणको लागि आवेदन गर्दा फेमा FEMA ले तपाईंलाई अन्य प्रकारको सहायताको लागि विचार गर्न अनुमति दिन्छ। यो आवेदन दिन नि: शुल्क छ, र तपाईंले स्वीकृत भएमा ऋण स्वीकार गर्नै पर्छ भन्ने छैन।  यदी तपाईंले आफ्नो घरमा सुरक्षित रूपमा सायद बस्न सक्नुहुन्न वा सक्नुहुन्न भनी रिपोर्ट गर्नुहुन्छ भने, फेमा FEMA ले घरमै आएर  वा टाढाको निरीक्षण मार्फत क्षति प्रमाणित गर्नुपर्छ। फेमा FEMA कर्मचारीहरूले तपाईंलाई निरीक्षण भेट गर्न कल गर्नेछन् - याद गर्नुहोस् कि उनीहरूले अज्ञात वा प्रतिबन्धित नम्बरबाट कल गर्न सक्छन। तपाईं, तपाईंको सह-आवेदक, वा तपाईंले लिखित रूपमा तोक्नुभएको अर्को व्यक्ति उपस्थित हुँदा मात्र निरीक्षकले भ्रमण गर्नेछन। तपाइको निर्धारण पत्र  तपाईंले फेमा FEMA बाट चिठी वा इमेल मार्फत एउटा पत्र प्राप्त गर्नुहुनेछ, तपाईंले आवेदन गर्दा संकेत गर्नुभएको प्राथमिकताको आधारमा। पत्रले फेमा FEMA ले तपाईलाई सहयोगको लागि योग्य पाएको छ कि छैन, कति, र कसरी सहायता प्रयोग गर्नुपर्छ भनेर व्याख्या गर्नेछ। यदी तपाइँको पत्रले तपाइँ अयोग्य हुनुहुन्छ भने, यसको मतलब तपाइँलाई अस्वीकार गरिएको हैन। यदी  तपाईं निर्णय  सँग सहमत हुनुहुन्न भने निर्णयको पुनरावेदन कसरी गर्ने भनेर पत्रले व्याख्या गर्नेछ थप जानकारीको लागि यो वेबपेजमा जानुहोस  अन्तिम निर्णय बिरुद्ध कसरी पुनरावेदन गर्ने? | FEMA.gov [https://www.fema.gov/assistance/individual/after-applying/appeals]. सहयोग उपलब्ध छ यस प्रक्रियाको कुनै पनि चरणमा व्यक्तिगत रूपमा मद्दतको लागि, प्रको पुनर्स्थापन केन्द्रमा जानुहोस्, जहाँ फेमा FEMA र साना ब्यबसाय प्रशासन SBA का विशेषज्ञहरूले प्रश्नहरूको जवाफ दिन सक्छन्, तपाईंलाई कागजातहरू पेश गर्न र पुनरावेदन प्रक्रियामा मार्गदर्शन गर्न मद्दत गर्न सक्छन। राज्य भरका प्रभावित क्षेत्रहरूमा केन्द्रहरू खुला छन् - तपाईंको नजिकैको केन्द्र खोजी गर्न,यो वेबपेज भ्रमण गर्नुहोस fema.gov/drc [https://egateway.fema.gov/ESF6/DRCLocator]. यदी तपाइँ भावनात्मक पीडा महसुस गर्दै हुनुहुन्छ भने, अमेरिकी स्वास्थ्य र मानव सेवा विभागको विपद कष्ट सहयोग लाइन ८००-९८५-५९९० मा उपलब्ध छ। यो निशुल्क, बहुभाषी संकट समर्थन सेवा २४सै घण्टा सातै दिन खुला रहन्छ र यो  लागु पदार्थ दुरुपयोग र मानसिक स्वास्थ्य सेवा प्रशासन द्वारा संचालित छ । अमेरिकी सांकेतिक भाषा प्रयोगकर्ताहरूले भिडियोफोन मार्फत ८००-९८५-५९९० मा सहयोगलाइनलाई सम्पर्क गर्न सक्छन। वा यो वेबसाइटमा www.samhsa.gov/find-help/disaster-distress-helpline [https://www.samhsa.gov/find-help/disaster-distress-helpline]."ASL Now" विकल्प चयन गरेर।  आवेदन दिन यो वेबपेजमा जानुहोस DisasterAssistance.gov [http://www.disasterassistance.gov], एपल एप स्टोर  वा गुगल प्ले स्टोर मार्फत फेमा FEMA एप  [https://www.fema.gov/about/news-multimedia/mobile-products] डाउनलोड गर्नुहोस, वा फेमा FEMA को निशुल्क सहयोगी लाइन ८०० -६२१ -३३६२ मा कल गर्नुहोस, भाषा अनुवाद उपलब्ध छ। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य  रिले सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा FEMA लाई त्यो सेवाको लागि तपाइँको नम्बर दिनुहोस फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन। यो तथ्य पाना तपाइले अनलाइनमा यो वेबपेजमा पनि भेट्न सक्नुहुन्छt तपाईंले फेमा FEMA सहायताको लागि आवेदन गरेपछि के आशा गर्ने | FEMA.gov [https://www.fema.gov/fact-sheet/what-expect-after-you-apply-fema-assistance-6]. पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. [https://www.fema.gov/disaster/4720] टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 [http://www.twitter.com/FEMARegion1] र फेसबुकमा facebook.com/FEMA. [http://www.facebook.com/FEMARegion1.com] भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt  [http://www.twitter.com/vemvt]टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement [https://m.facebook.com/vermontemergencymanagement/]