फेमा FEMA मार्फत आफ्नो पहिचान प्रमाणित गर्ने विकल्पहरू [https://www.fema.gov/ne/fact-sheet/options-verify-your-identity-fema] Release Date: अगस्ट 4, 2023 जब तपाइँ विपद सहायताको लागि आवेदन गर्नुहुन्छ, तपाइँ सहायता प्राप्त गर्न योग्य हुनुहुन्छ भन्ने  सुनिश्चित गर्न फेमा FEMA ले तपाइँको पहिचान प्रमाणित गर्नुपर्दछ। यदी FEMA ले सार्वजनिक रेकर्डहरू मार्फत तपाईंको पहिचान प्रमाणित गर्न असमर्थ छ भने, तपाईंले थप कागजातहरू पेश गर्न आवश्यक हुन सक्छ। पहिचान प्रमाणित गर्न स्वीकार्य कागजातहरू आफ्नो पहिचान पुष्टि गर्न,फेमा  FEMA लाइ तल लिखित प्रतिलिपिहरू पठाउनुहोस: * सामाजिक सुरक्षा प्रशासन वा अन्य संघीय निकायबाट जारि कागजात जसले तपाईंको सामाजिक सुरक्षा नम्बरको पुरा  वा अन्तिम चार अंकहरू देखाउँछ; * संघीय वा राज्य द्वारा जारी गरिएको परिचय पत्र  र तपाईंको सामाजिक सुरक्षा कार्ड; * तपाईंको सामाजिक सुरक्षा नम्बरको पुरा वा अन्तिम चार अंकहरू समावेश  रोजगारदाताले दिएको तलबको  कागजात; * सैन्य परिचय पत्र;; * विवाह इजाजतपत्र (तपाईंको बिबाह अघिको थर पुष्टि गर्न); वा * अमेरिकी पासपोर्ट। यदी १८ वर्ष मुनिका अमेरिकी नागरिक बालबालिकाको तर्फबाट आवेदन दिनुहुन्छ भने, फेमा FEMA लाई निम्न पठाउनुहोस्:  * बच्चाको नाममा जारि गरिएको  माथि सूचीबद्ध कागजातहरू मध्ये कुनै पनि; वा * बच्चाको जन्म प्रमाणपत्र र उनीहरूको सामाजिक सुरक्षा कार्डको प्रतिलिपि, वा सामाजिक सुरक्षा प्रशासन वा अन्य संघीय निकायबाट जारी कागजात जसमा बच्चाको सामाजिक सुरक्षा नम्बर SSN को पुरा वा अन्तिम चार अंकहरू छन। तपाईंको कागजातहरू कसरी पेश गर्ने सबै कागजातहरू यी मध्ये कुनै एक तरिकाले फेमा  FEMA मा पठाउन सकिन्छ: * अपलोड गर्नुहोस  DisasterAssistance.gov [https://www.disasterassistance.gov/] को खातामा ; * यो ठेगानामा चिठी पठाऊनु होस : FEMA National Processing Service Center, P.O. Box 10055, Hyattsville, MD 20782-7055; * यो नम्बरमा फ्याक्स ८००-८२७-८११२ गर्नुहोस, अथवा;Submit in-person at a Disaster Recovery Center.  * व्यक्तिगत रुपमा प्रकोप पुनर्स्थापन केन्द्रमा जानुहोस।आफु नजिकैको केन्द्र पत्ता लगाउन यो वेबपेजमा जानुहोस fema.gov/drc [http://www.fema.gov/drc]. फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।