पुनर्स्थापनमा अमेरिकी साना व्यवसाय प्रशासनको भुमिका [https://www.fema.gov/ne/fact-sheet/us-small-business-administrations-role-recovery] Release Date: अगस्ट 4, 2023  फेमा FEMA ले प्रायः कम ब्याजको विपद ऋणको लागि आवेदन दिनको लागि अमेरिकी साना व्यवसाय प्रशासन(SBA) लाई प्रकोपबाट बचेकाहरूलाई बुझाउँछ। विपद ऋणहरू संघीय सहायताको एक महत्त्वपूर्ण भाग हो, र यसले घर मालिकहरू, भाडामा लिनेहरू, सबै आकारका व्यवसायहरू र केही गैर-नाफामुखीहरूलाई पुन: प्राप्ति गर्न मद्दत गर्न सक्छ। जब तपाइँ फेमा FEMA विपद सहायताको लागि आवेदन गर्नुहुन्छ, तपाइँलाई अमेरिकी साना व्यवसाय प्रशासन SBA मा पठाउन सकिन्छ। * अमेरिकी साना व्यवसाय प्रशासनको SBA विपद् ऋणहरू प्रकोप बाट बाँचेकाहरूका लागि संघीय प्रकोप पुनर्स्थापन कोषको सबैभन्दा ठूलो स्रोत हो। अमेरिकी साना व्यवसाय प्रशासन SBA ले सबै आकारका व्यवसायहरू, निजी गैर-नाफामुखी संस्थाहरू, घरधनीहरू र भाडामा लिनेहरूलाई दीर्घकालीन, कम ब्याजको विपद ऋणहरू प्रदान गर्दछ। * अमेरिकी साना व्यवसाय प्रशासनको SBA विपद ऋणहरूमा निश्चित ब्याज दरहरू, पहिलो 12 महिनाको लागि 0% ब्याजको साथ  12-महिना भुक्तानी स्थगनको साथ धेरै अनुकुल सर्तहरू छन।  अमेरिकी साना व्यवसाय प्रशासनको SBAऋण तपाईंको पुनर्स्थापना को एक महत्वपूर्ण भाग हुन सक्छ।  * अमेरिकी साना व्यवसाय प्रशासनको SBA ऋणको लागि आवेदन दिनाले फेमा FEMA ले तपाईलाई अन्य प्रकारको सहायताको लागि विचार गर्न अनुमति दिन्छ, जसमा सवारी साधनको क्षति, आवश्यक घरायसी वस्तुहरू र अन्य प्रकोप सम्बन्धी खर्चहरू समावेश छन। * यो निशुल्क छ र पारित भएमा तपाईले ऋण लिनै पर्छ भन्ने छैन। * यदि तपाईंले ऋण स्वीकार नगर्ने निर्णय गर्नुभयो भने, तपाईंले छ महिना भित्र  पुन:स्वीकृति अनुरोध गर्न सक्नुहुन्छ। यदि तपाईंले थप क्षति पत्ता लगाउनुभयो वा तपाईंको बीमा मार्फत बेहोरिने रकम मर्मत  गर्न पर्याप्त छैन भने तपाईंले आफ्नो आवेदन पुन: सक्रिय गर्न सक्नुहुन्छ।  * यदि अमेरिकी साना व्यवसाय प्रशासन SBA ले तपाईलाई अयोग्य पाएको छ भने, उसले तपाईलाई फेमा FEMA मा फिर्ता पठाउन सक्छ, जसले तपाईलाई थप सहायताको लागि मुल्यांकन गर्न सक्छ।   बलियो पुनर्निर्माण गर्नुहोस * फेमा FEMA अनुदान र अमेरिकी साना व्यवसाय प्रशासनको SBA विपद ऋण क्षतिको मर्मत गर्न र तपाईंको पुनर्स्थापनलाइ  अगाडि बढाउन सँगै काम गर्दछ। * अमेरिकी साना व्यवसाय प्रशासन SBA विपद ऋणहरू भविष्यमा हुने क्षतिलाई हटाउन वा जीवन बचाउन सक्ने सम्पत्ति सुधार गर्न प्रयोग गर्न सकिन्छ। भवन स्तरवृद्धि गर्न वा भविष्यमा हुने क्षतिलाई कम गर्न सुधार गर्न विपद ऋणहरू २०% सम्म बढाउन सकिन्छ। * थप जानकारीको लागि अमेरिकी साना व्यवसाय प्रशासन SBA को ग्राहक सेवा केन्द्र मा १-८००-६५९-२९५५ ( ७-१-१- थिच्नुहोस दुरसंचार रिले सुबिधाको लागि ) अथवा यो ठेगानामा इमेल गर्नुहोस DisasterCustomerService@sba.gov  * अमेरिकी साना व्यवसाय प्रशासन SBA को विपद सहायता ऋण आबेदनको लागि यो वेबपेजमा जानुहोस DisasterLoanAssistance.sba.gov [https://disasterloanassistance.sba.gov/ela/s/]  * अनलाइन आवेदन दिनको लागि DisasterAssistance.gov [http://www.disasterassistance.gov], वा  फेमा मोबाइल एप [https://www.fema.gov/about/news-multimedia/mobile-products] डाउनलोड गर्नुहोस । फेमा FEMA सहयोग लाइन ८००-६२१-३३६२ मा सम्पर्क गर्न पनि सक्नु हुन्छ । भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।  * प्रकोप पुनर्स्थापन केन्द्र जहाँ तपाईलाइ फेमा FEMA विशेषज्ञहरुले आवेदन दिन सहयोग र तपाईको प्रश्नको व्यक्तिगत जवाफ दिन सक्छन, उक्त बिबरणको लागि यो वेबपेज मा जानुहोस  fema.gov/drc [https://egateway.fema.gov/ESF6/DRCLocator].rc [https://egateway.fema.gov/ESF6/DRCLocator].