ढुसी : समस्या र समाधान [https://www.fema.gov/ne/fact-sheet/mold-problems-and-solutions] Release Date: जुलाई 29, 2023 यदी तपाईंको घर बाढी आएको थियो भने, ढुसी लाग्न सक्छ  र स्वास्थ्य जोखिम हुन सक्छ। तपाईंले कपडा, पर्खाल वा फर्निचरमा ढुसी देख्न वा सुघ्न   सक्नुहुन्छ, र यो भुइँ, उपकरण वा पर्खाल जस्ता वस्तुहरू मुनि वा पछाडि लुकेको हुन सक्छ। तपाईंको घर सुकाउने र पानीले क्षतिग्रस्त वस्तुहरू हटाउने ढुसी क्षतिको कम गर्न सबैभन्दा महत्त्वपूर्ण कदम हो। ढुसीले निम्न समस्या निम्त्याउन सक्छ : * स्वास्थ्य जोखिम: ढुसीका बीजाणुहरू हावामा तैरने सूक्ष्म जीवहरू हुन् र एलर्जी, दम, संक्रमण, र अन्य श्वासप्रश्वास समस्याहरूको समस्या निम्त्याउँछन्। ढुसीले कसैको लागि पनि चिकित्सा समस्याहरू निम्त्याउन सक्छ - तर शिशुहरू, बालबालिकाहरू, वृद्धहरू, र कमजोर प्रतिरक्षा प्रणाली भएकाहरूले थप गम्भीर समस्याहरू अनुभव गर्न सक्छन्। दम वा कमजोर प्रतिरक्षा प्रणाली जस्ता सास फेर्न समस्या भएका मानिसहरू ढुसीबाट टाढा रहनुपर्छ।  *  संरचनात्मक क्षति: यदि तपाइँकोमा कुनै प्रतक्ष्य देखिने क्षति छैन भने पनि ढुसीको  क्षति हुन सम्भव छ। यदि तपाईंको घरमा ढुसी छ भने, दुषित भएका सबै चीजहरू सफा गर्ने  र सुकाउनु पर्छ। २४ -४८  घण्टा भित्र राम्ररी सफा र सुकाउन नसकिने वस्तुहरू, निर्माण सामग्री र व्यक्तिगत सम्पत्तिहरू सहित नष्ट गर्नुपर्छ। बालबालिकाले प्रकोप सरसफाई कार्यमा भाग लिनु हुँदैन। ढुसी कसरी हटाउने  ढुसी  हटाउने र घर मर्मत गर्न गाह्रो वा खतरनाक हुन सक्छ, त्यसैले यस्तो कार्य गर्दा  एक पेशेवर संग मद्दत प्राप्त गर्न राम्रो हुन सक्छ। यदि तपाईंले ढुसी आफैं हटाउनु पर्छ भने, यी चरणहरू पालना गर्नुहोस: * सुरक्षात्मक सामग्रीहरु प्रयोग गर्नुहोस : सुरक्षात्मक आँखाको मास्क वा चश्मा, फिल्टर फेस मास्क (N95 रेस्पिरेटर जस्तै), पन्जा, लामो बाहुला भएको  शर्ट, लामो प्यान्ट, र पानिले नभिज्ने  बुटले तपाईंलाई ढुसीको सम्पर्कबाट बच्न मद्दत गर्नेछ। * संरचनाहरु सुकाउनु होस:  सकेसम्म चाँडो संरचना सफा गर्नुहोस  र सुकाउनुहोस्। यदी तपाईंको घर धेरै दिनदेखि खाली छ भने, घरको ढोका र झ्यालहरू खोल्नुहोस् ताकि तपाईं कुनै पनि समय बस्नु अघि कम्तिमा ३०  मिनेटको लागि हावा बाहिर जान दिनुहोस्। भित्री ढोकाहरू खोल्नुहोस्, विशेष गरी कोठाहरू र भित्री कोठाहरू। किचन क्याबिनेट र बाथरूमका ढोकाहरु  खोल्नुहोस्, र तिनीहरूलाई साबुन र पानीले सफा गर्नुहोस्। जब बिजुली चलाउन सुरक्षित हुन्छ, हावा घुमाउन र चिसो हटाउन पंखा र डिह्युमिडिफायरहरू प्रयोग गर्नुहोस्। ढोका र झ्यालहरू बाहिर हावा उडाउन फ्यानहरू राख्नुहोस। तपाइँको तताउने, हावा जाने, र वातानुकूलित प्रणाली खोल्नु अघि यसले  तपाइँको घरमा ढुसी नफैलियोस् भनेर जाँच गर्नुहोस। * सबै दुषित सामाग्री हटाउनुहोस: भिजेको र सफा गर्न नसकिने र पुर्ण रूपमा सुकाउन नसकिने कुनै पनि चीजलाई हटाउनुहोस र नष्ट गर्नुहोस। * सरसफाई: साबुन र पानीले सरसफाई गर्नुहोस्। तपाईंले देख्न सक्ने सबै ढुसी  हटाउनुहोस्। तुरुन्तै सुकाउनुहोस्। सफाई सामाग्रीहरु सँगै नमिसाउनुहोस्। ब्लीच र अमोनिया नमिसाउनुहोस् - त्यसो गर्दा विषाक्त वाष्पहरू सिर्जना हुनेछ। तपाईंले घर सफा गरिसकेपछि, नुहाउनुहोस् र सकेसम्म चाँडो आफ्नो लुगा फेर्नुहोस ताकि तपाईबस्ने ठाउहरुमा ढुसीको संक्रमण नफैलियोस। * मर्मत गर्न तयारी गर्नुहोस: ढुसीमा पेन्टिङ वा कल्किङले (एउटा बिशेस सिल गर्ने उपकरण) यसला बढ्नबाट रोक्दैन। पानी वा आर्द्रताको समस्यालाई पुर्ण रूपमा समाधान गर्नुहोस र  पेन्ट वा कलक गर्नु अघि सबै ढुसी  सफा गर्नुहोस। तपाईंले मर्मत सुरु गर्नु अघि सबै ढुसी हटाउनुहोस र जता ढुसी थियो त्यो ठाउँ राम्रो संग सफा गर्नुहोस। फेमा FEMA सहायताको लागि आवेदन यदि सम्भव छ भने, तपाईंले आफ्नो घरको मर्मत गर्नु अघि क्षतिको फोटोहरू लिनुहोस्।फेमा  FEMA इन्स्पेक्टरलाई देखाउनको लागि आफैले गरेको  मर्मत खर्चहरूको रसिदहरू राख्नुहोस - यसले उनीहरूको रिपोर्टमा  तपाईंको क्षति र खर्चहरूको सबैभन्दा सही रेकर्ड छ भनी सुनिश्चित गर्नेछ। फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले, फेमाको सहयोगी लाइन ८००-६२१-३३६२  सम्पर्क गर्न सक्नु हुन्छ वा DisasterAssistance.gov [http://www.disasterassistance.gov]; मा अनलाइन आवेदन अथवा  FEMA App [https://www.fema.gov/about/news-multimedia/mobile-products]. डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस। व्यक्तिगत मद्दतको लागि, प्रकोप पुनर्स्थापन  केन्द्रमा जानुहोस्, जहाँ फेमा FEMA विशेषज्ञहरूले निबेदनहरूमा मद्दत गर्न, प्रश्नहरूको जवाफ दिन र स्रोतहरूमा समरका सहयोग प्रदान गर्न सक्छन। तपाईको नजिकको केन्द्र फेला पार्न, यो वेबपेज भ्रमण गर्नुहोस fema.gov/drc [https://egateway.fema.gov/ESF6/DRCLocator]. फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा निशुल्क सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।