फेमा FEMA को  प्रकोप पुनर्स्थापन केन्द्र  (DRC) लन्डनडेरीमा LONDONDERRY मा खुलेको छ [https://www.fema.gov/ne/press-release/20230728/fema-disaster-recovery-center-drc-opens-londonderry] Release Date: जुलाई 28, 2023 विलिस्टोन भरमोंट. – बाढीबाट प्रभावित भर्मन्टका बासिन्दाहरूलाई उनीहरूको पुनर्स्थापन सुरु गर्न मद्दत गर्न जुलाई २८  मा लन्डनडेरीमा प्रकोप पुनर्स्थापन केन्द्र खुल्नेछ। संयुक्त प्रकोप पुनर्स्थापन केन्द्र DRC, लन्डनडेरी, भर्मन्ट राज्य र FEMA बीचको साझेदारीमा स्थापना गरिएको अस्थायी केन्द्र हो र यसले प्रकोप बाट बाँचेकाहरूलाई फेमा FEMA सहायताको लागि आवेदन दिन, कागजातहरू अपलोड गर्न र व्यक्तिगत रूपमा प्रश्नहरूको जवाफ दिन मद्दत गर्नेछ। लन्डनडेरी केन्द्रको ठेगाना निम्न छ : Flood Brook School 91 Vermont – 11 Londonderry, VT 05148 केन्द्रहरु निम्न ठेगानामा खुली सकेका छन: Waterbury Armory 294 Armory Drive Waterbury, VT 05676 ASA Bloomer Building 88 Merchants Row Rutland, VT 05701 Barre Auditorium 16 Auditorium Hill Barre, VT 05641 सबै केन्द्रहरु हफ्तामा ७ दिन बिहान ८ देखि बेलुका ७ सम्म खुल्ला रहन्छन  पुनर्स्थापन केन्द्रहरु अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयोग्य छन् र पहुँच र कार्यात्मक आवश्यकताहरूका लागि  सहायक प्रविधि उपकरणहरूले सुसज्जित छन्।प्रकोपबाट बचेकाहरूले उचित आवास सुबिधा वा सांकेतिक भाषा अनुवादक चाहेमा  ८३३ -२८५ -७४४८  मा कल गर्न सक्छन् (स्पेनिशको लागि २ थिच्नुहोस्) स.रा. अमेरिका साना व्यवसाय प्रशासनका प्रतिनिधिहरु  (SBA) उपरोक्त केन्द्रहरुमा आएर  साना व्यवसाय प्रशासन मार्फत घरधनीहरुले, भाडामा बस्नेहरुले,ब्यबसायहरुले र निजी गैर नाफामुलक संस्थाहरुले कम ब्याजदरमा प्रकोप राहत ऋण कसरि लिन कसरी आबेदन दिने र घरहरूलाई प्रकोप प्रतिरोधी हुनेगरी कसरी पुनर्निर्माण गर्ने भन्ने बिषयमा सरसल्लाह दिनेछन।  फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले विपद ब्यबस्थापन केन्द्रहरुमा जानै पर्छ भन्ने छैन।केन्द्रहरुमा नगई आवेदन दिनको लागि फेमाको सहयोगी लाइन ८००-६२१-३३६२ मा बिहान ७ देखि बेलुका ११ सम्म सम्पर्क गर्न सक्नु हुन्छ( पुर्बिय समय); वा DisasterAssistance.gov [http://www.disasterassistance.gov]; मा अनलाइन आवेदन अथवा  फेमा FEMA एप  [https://www.fema.gov/about/news-multimedia/mobile-products]. डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस।. सहायता धेरैजसो भाषाहरूमा उपलब्ध छ।   फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा टोल-फ्री सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।