ओर्लिन्स ORLEANS काउन्टी अब फेमा FEMA सहायताको लागि योग्य छ [https://www.fema.gov/ne/press-release/20230727/orleans-county-now-eligible-fema-assistance] Release Date: जुलाई 27, 2023 विलिस्टोन भरमोंट. – संघीय कोष सहयोग अब थप भर्मन्ट काउन्टीका व्यक्तिहरूलाई जुलाई ७, २०२३ को  गम्भीर आँधी, बाढी, पहिरो र माटोपहिरोबाट पुनर्स्थापन हुन मद्दत गर्न उपलब्ध छ। ओर्लिन्स ORLEANS काउन्टीमा बासिन्दाहरूले आफ्नो घर वा व्यक्तिगत सम्पत्तिमा क्षति बेहोरेकाहरूले फेमा FEMA सँग विपद् सहायताको लागि आवेदन दिन सक्छन।  यदि क्षति मुल्यांकन परिणामहरूद्वारा आवश्यक देखिएमा वा राज्यले अनुरोध गरेको खण्डमा यो सुबिधा थप अरु काउन्टीहरू पछिको मितिमा उपलब्ध गराउन सकिन्छ। ओर्लिन्स ORLEANS काउन्टी पहिले नै व्यक्तिगत सहायताका लागि तोकिएका आठ काउन्टीहरू : क्यालेडोनिया, चिटेनडेन, लामोइल, ओरेन्ज, रुटल्याण्ड, वाशिंगटन, विन्डहम र विन्डसर संगै जोडिएको नया काउन्टी  हो। सहायतामा अस्थायी आवास र घर मर्मतका लागि अनुदान, बीमा नगरिएको सम्पत्ति हानि पुनर्स्थापन गर्न कम ब्याज ऋण र व्यक्ति र व्यवसाय मालिकहरूलाई विपद्को प्रभावबाट पुन: प्राप्ति गर्न मद्दत गर्न अन्य कार्यक्रमहरू समावेश हुन सक्छन।  फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले फेमाको सहयोगी लाइन ८००-६२१-३३६२ मा बिहान ७ देखि बेलुका ११ सम्म सम्पर्क गर्न सक्नु हुन्छ( पुर्बिय समय); वा DisasterAssistance.gov [http://www.disasterassistance.gov]; मा अनलाइन आवेदन अथवा FEMA App [https://www.fema.gov/about/news-multimedia/mobile-products]. डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस। पछिल्लो जानकारीको लागि यो लिंकमा जानुहोस:  fema.gov/disaster/4720. [https://www.fema.gov/disaster/4720] टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 [http://www.twitter.com/FEMARegion1] र फेसबुकमा facebook.com/FEMA. [http://www.facebook.com/FEMARegion1.com] भर्मन्ट राज्यको पुनर्स्थापन प्रक्रियाका अद्यावधिक खबरहरूको लागि, भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सीलाई पछ्याउनुहो twitter.com/vemvt  [http://www.twitter.com/vemvt]टुइटरमा र फेसबुकमा  facebook.com/vermontemergencymanagement [https://m.facebook.com/vermontemergencymanagement/].  फेमा (FEMA) जाति, रंग, राष्ट्रियता, लिङ्ग, उमेर, अशक्तता, अंग्रेजी प्रवीणता, वा आर्थिक स्थितिको आधारमा भेदभाव नगरी विपद सहायता समतामुलक  रूपमा पूरा भएको सुनिश्चित गर्न प्रतिबद्ध छ। कुनै पनि प्रकोपबाट बाँचेका वा सर्बसाधारणले आफु  भेदभावको शिकार भएको महसुस गर्छन भने फेमा (FEMA) नागरिक अधिकार कार्यालयमा सम्पर्क गर्न सक्छन। फेमा (FEMA) को नागरिक अधिकार कार्यालयलाई ८३३ -२८५ -७४४८  मा टोल-फ्री सम्पर्क गर्न सकिन्छ। बहुभाषी अपरेटरहरू उपलब्ध छन।