क्यालेडोनिया, ओरेन्ज काउन्टीका बासिन्दाहरू अब फेमा(FEMA) सहायताका लागि योग्य छन। [https://www.fema.gov/ne/press-release/20230722/caledonia-orange-counties-residents-now-eligible-fema-assistance] Release Date: जुलाई 22, 2023 WILLISTON, VT. – संघीय कोष मार्फत भर्मन्टका दुई अतिरिक्त काउन्टीका व्यक्तिहरूलाई जुलाई ७, २०२३ बाट गम्भीर आँधी, बाढी, पहिरो र माटोको पहिरोबाट पुनर्स्थापन हुन मद्दत गर्न उपलब्ध छ।  क्यालेडोनिया र ओरेन्ज काउन्टीका बासिन्दाहरू जसको घर वा व्यक्तिगत सम्पत्तिमा क्षति पुगेको छ उनीहरुले  फेमा (FEMA) सँग प्रकोप सहायताको लागि आवेदन दिन सक्छन्।यदि राज्यले अनुरोध गरेको खण्डमा वा क्षति मूल्याङ्कनका परिणामहरूको आधारमा थप काउन्टीहरू पछिको मितिमा थप्न सकिने  छ।  यी दुई काउन्टीहरू व्यक्तिगत सहायताका लागि पहिले नै तोकिएका छ वटा काउन्टीहरूका अतिरिक्त हुन। चिटेनडेन, लामोइले ,रुटल्याण्ड, वाशिंगटन, विन्डहाम  र विन्डसोर। सहायतामा अस्थायी आवास र घर मर्मतका लागि अनुदान, बिमा नगरिएको सम्पत्ति हानि आवरण गर्न कम ब्याज ऋण, र व्यक्ति र व्यवसाय मालिकहरूलाई प्रकोपको प्रभावबाट पुन:स्थापना गर्न मद्दत गर्ने अन्य कार्यक्रमहरू समावेश हुन सक्छन। फेमा(FEMA) सहयोगको आवेदनको लागि तपाईले विपद ब्यबस्थापन केन्द्रहरुमा जानै पर्छ भन्ने छैन।केन्द्रहरुमा नगई आवेदन दिनको लागि फेमाको सहयोगी लाइन ८००-६२१-३३६२ मा बिहान ७ देखि बेलुका ११ सम्म सम्पर्क गर्न सक्नु हुन्छ( पुर्बिय समय); वा DisasterAssistance.gov [http://www.disasterassistance.gov]; मा अनलाइन आवेदन अथवा FEMA App [https://www.fema.gov/about/news-multimedia/mobile-products]. डाउनलोड गरि आवेदन दिनुहोस। यदि तपाइँ भिडियो रिले सेवा (VRS), क्याप्शन टेलिफोन सेवा वा अन्य कुनै सेवा प्रयोग गर्नुहुन्छ भने, तपाइँले आवेदन गर्दा फेमा(FEMA) लाई उपरोक्त सेवाको तपाइँको नम्बर दिनुहोस। भर्मन्टको विपद ब्यबस्थापनको नवीनतम जानकारीको लागि यता जानुस fema.gov/disaster/4720 [https://www.fema.gov/disaster/4720]. टुइटरमा फेमा(FEMA) क्षेत्र १को खातालाई पछ्याउनको लागि twitter.com/FEMARegion1 [https://www.twitter.com/FEMARegion1], फेमाको फेसबुक खाता facebook.com/FEMA [https://www.facebook.com/FEMA/], वा भर्मन्ट आपतकालीन व्यवस्थापन एजेन्सी ट्विटरमा  twitter.com/vemt [https://www.twitter.com/vemt] र फेसबुकमा   facebook.com/vermontemergencymanagement [https://www.facebook.com/vermontemergencymanagement].